Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युएईमा रहेका अवैध कामदारलाई वैधता प्राप्त गर्ने अवसर
३१ डिसेम्बरसम्म थपियो ‘एम्नेस्टी २०२४’को अवधि युएईमा रहेका अवैध कामदारलाई वैधता प्राप्त गर्ने अवसर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ६, २०८१

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) सरकारले लामो समयदेखि अवैधरुपमा बसिरहेका आप्रवासी कामदार र विदेशी नगारिकलाई आममाफी दिनेगरी घोषणा गरेको ‘एम्नेस्टी २०२४’ को समयावधि दुई महिना थप गरेको छ । युएईले विशेषः गरेर अवैधरुपमा रहेका आप्रवासी कामदारहरुलाई लक्षित गर्दै उनीहरुलाई घर फिर्ती वा वैधरुपमा बस्ने अवस्था सिर्जना गर्न गत सेप्टेम्बर १ देखि अक्टोबर ३० सम्म दुई महिनाको समयावधि दिएर आममाफी कार्यक्रम ल्याएको थियो ।

युएईस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै युएई सरकारले घोषणा गरेको एम्नेस्टी २०२४ को समयावधि दुई महिना थप गरी डिसेम्बर ३१ सम्म लागू हुने बताएको छ । दूतावासका अनुसार युएईमा अवैधरुपमा रहेका नेपाली कामदारहरुले वैधता प्राप्त गर्न अझै थप दुई महिनाको समय पाउने छन् । आममाफी दिने व्यवस्था लागू गरेसँगै लामो समयदेखि अवैधरुपमा रहेका आप्रवासी कामदारहरुले वैधता प्राप्त गर्ने बाटो खुलेको दूतावासले जनाएको छ । दूतावासले निर्धारित समयमा तोकिएको प्रक्रिया पूरा नगर्ने कामदारहरु जुनसुकै बेला कारबाहीमा पर्न सक्नेतर्फ सचेत गराएको छ ।

विभिन्न कारणबाट रोजगारीको सिलसिलामा वा भिजिट भिसामा आइ ‘ओभर स्टे’ भई जरिवाना बुझाउन नसकी स्वदेश फर्कन नसकेका आप्रवासी कामदारहरुलाई लक्षित गरि एम्नेस्टी २०२४ ल्याएको दूतावासले उल्लेख गरेको छ । अतः थपिएको समयावधि भित्र वर्किङ भिसा÷भिजिट भिसामा आएर रन अवे (कम्पनी छोडेर भाग्ने)÷ओभर स्टेलगायतका जरिवाना तथा अध्यागमनसम्बन्धी समस्या भोगिरहेका नेपाली कामदारहरु एम्नेस्टीमा सहभागी भई लाभान्वित हुनसक्ने बताइएको छ । तोकिएको प्रक्रिया पूरा गरी नेपाल फर्कन वा युएईभित्रै बस्न कानुनी आधार निर्माण गर्न पनि दूतावासले आग्रह गरेको छ ।

आममाफी कार्यक्रममा सहभागी जो कोहीले युएईको अध्यागमनसँग सम्बन्धित जरिवाना वा कुनै शुल्क तिर्नु नपर्ने बताइएको छ । एम्नेस्टीमा सहभागी भई युएईमा नै रहन चाहने व्यक्तिले त्यहाँको मानव संशाधन मन्त्रालयबाट जारी ‘जब अफर लेटर’ लिई आफ्नो ‘स्टाटस’ परिवर्तन गर्नुपर्ने छ । एम्नेस्टीका निम्ति आवेदन दिन आफ्नो भिसा भएको इमिरेट्सभित्रका अध्यागमनमा मात्र सम्पर्क गर्नुपर्ने दूतावासले उल्लेख गरेको छ । 
आममाफीको सुविधा उपयोग गरी नेपाल फर्कन चाहने व्यक्तिहरुका लागि ट्राभल डकुमेन्ट उपलब्ध गराउन दुबईस्थित अल अवीर इमिग्रेसनमा रहेको ‘नेपाल हेल्प डेस्क’बाट प्रत्येक हप्ता बुधबारका दिनमात्र दूतावासका कर्मचारीले सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । यस्तै २०२४ सेप्टेम्बर १ देखि जरिवानामा परेका तथा अध्यागमन नियम उल्लंघन गरेका व्यक्तिहरुलाई आममाफी सुविधा लागू हुने छैन ।  

एम्नेस्टी २०२४ मा सहभागी भएका नेपाली कामदारले सम्बन्धित अध्यागमन कार्यालयले दिएको ‘फाइन क्लियरेन्स’ तथा प्रहरी रिपोर्ट पेस गरेमा दूतावासले उनीहरूलाई नेपाल फर्कन निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) उपलब्ध गराउने छ । यद्यपि, नेपाल फर्कने हवाई टिकटको व्यवस्था कामदार स्वयंले गर्नुपर्ने बताइएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘श्रमसंसार अब डिजिटलक्रेसीको अवधारणामा’
‘श्रमसंसार अब डिजिटलक्रेसीको अवधारणामा’ मंगलबार, साउन २७, २०८२
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार मंगलबार, साउन २७, २०८२
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’ सोमबार, साउन २६, २०८२
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै आइतबार, साउन २५, २०८२
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय शुक्रबार, साउन २३, २०८२
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान बिहीबार, साउन १५, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ बुधबार, साउन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP