Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा घरेलु कामदारले ‘स्पोन्सर’ परिवर्तन गर्न पाउने
साउदीमा घरेलु कामदारले ‘स्पोन्सर’ परिवर्तन गर्न पाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ४, २०८१

काठमाडौं– साउदी अरेबियाले विदेशी घरेलु कामदारलाई स्पोन्सर परिवर्तनको सुविधा दिने भएको छ । साउदी सरकारले विदेशी घरेलु कामदारसम्बन्धी भएका नियमहरुमा सुधार गर्दै उक्त सुविधा दिने निर्णय गरेको बताइएको छ ।

विदेशी घरेलु कामदारले आफूले गरेको काम चित्त नबुझे दुई महिनाभित्र स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) परिवर्तन गर्न सक्ने नयाँ व्यवस्था लागू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ नीतिका कारण कामदार र रोजगारदाताबीचको सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ ।

साउदीको मानव संशाधन मन्त्रालयले तय गरेको नीतिअनुसार घरेलु कामदारहरुले साउदीमा आएको पहिलो दुई वर्षभित्र सम्झौता भंग गरेमा ६० दिनभित्र देश छोड्नुपर्ने छ भने दुई वर्षपछि स्वेच्छाले काम छाडे ६० दिनभित्र नयाँ रोजगारदाता खोजी गर्ने अवसर पाउने छन् । जसले स्पोन्सर परिवर्तन गर्न सहयोग पुग्ने बताइएको छ । 

साउदीमा विभिन्न स्रोत मुलुकबाट अवैधरुपमा ठूलो संख्यामा घरेलु कामदार जाने गरेको विभिन्न अध्ययनले पनि देखाएका छन् । सांउदी सरकारको उक्त व्यवस्थाले विदेशी घरेलु कामदार लाभान्वित हुने बताइएको बिबिसीले जनाएको छ ।

यद्यपि, अन्य क्षेत्रमा कामदार पठाउने नेपाललगायतका देशहरुले विशेषगरी घरेलु कामदारको रुपमा महिला जाने भएकाले उनीहरुको श्रम तथा सामाजिक सुरक्षाप्रति प्रश्न उठाउँदै साउदीमा घरेलु कामदार पठाउन बन्देज लगाउँदै आएका छन् ।

नेपाल सरकारले विगत नौ वर्षदेखि घरेलु श्रमका लागि जाने कामदारहरुमाथि हुने असुरक्षा र शोषणका कारण साउदीमा घरेलु कामदार पठाउन बन्देज लगाएको छ । घरेलु कामदारलाई श्रम तथा सामाजिक सुरक्षाको ग्यारेन्टी नभएसम्म नेपालले साउदीमा कामदार नपठाउन अडान लिँदै आएको छ । यसका लागि नेपाल सरकारले श्रमसम्बन्धी द्विपक्षीय वार्ताहरुमा घरेलु कामदारका लागि सुरक्षा र अधिकार सुनिश्चित गर्न विभिन्न सर्तहरु राख्दै आएको छ । 

यद्यपि, साउदी सरकारका प्रतिनिधिहरुले नेपालबाट जाने घरेलु कामदारको सुरक्षा र अधिकारको प्रतिवद्धता जनाउँदै कामदार आपूर्ति सुचारु गर्न आग्रह गरे पनि नेपाल सरकारले हालसम्म कुनै निर्णय गरेको छैन । तर गैर कानुनी माध्यमबाट थुप्रै नेपाली महिलाहरु रोजगारीको लागि साउदी पुगेको सरकारी निकायकै स्वीकारोक्ति छ । साउदीले ल्याएको नयाँ व्यवस्थाका कारण घरेलु श्रमका लागि पुगेका नेपालीहरुले करार अवधि सकिएपछि स्पोन्सर परिवर्तन गर्न पाउने भएकाले समस्यामा परेकाहरुलाई सहयोग पुग्ने विश्वास गरिएको छ । 

नेपाल सरकारले घरेलु श्रमका लागि विदेश जान बन्देज लगाए पनि पछिल्लो समय अवैधरुपमा काम गरिरहेका वा गरेर स्वदेश फर्की पुनः रोजगारीमा जाने घरेलु कामदारलाई वैधानिकीकरण गर्दै श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसबाट साउदीलगायत अन्य मुलुकमा काम गरिरहेका घरेलु कामदारले सहजै श्रम स्वीकृति लिएर पुनः रोजगारीमा फर्किने अवसर पाउने छन् । 

 


प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP