Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • सरकारको काम !
सरकारको काम !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, मंसिर ४, २०८१

आइतबार दिउँसो पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको पुष्टि गर्दै कसैले सामाजिक सञ्जालमा सन्देश प्रकाशन गर्यो । केही समयपछि डिजिटल पत्रिकामा प्रकाशन भए । त्यसैलाई देशदेखि विदेशसम्मकैले कपी पेस्ट गर्न भ्याए ।

राजनीतिज्ञ, कानुनकर्मी, मानवअधिकारकर्मी र नेपालको संसद्लाई प्रतिपक्षको बलियो स्थान बनाउने योद्धाका रुपमा चित्रण गर्न थालियो । ढुंगानाको निधन एक कान, दुई कान, मैदान भैगो । अझ अरुले लेखिदिएको समाचारलाई स्मार्ट मोबाइलमा भिडियो खिचेर टिकटक, रिलदेखि युट्युब चलाउनेहरुले त अझ सनसनीजस्तै बनाइहाले ।

प्रजातान्त्रिक आन्दोलनका एक सिपाही । कांग्रेसभित्रका महत्वपूर्ण मान्छे । ४६ सालमा युवाहरुलाई अगाडि जिन्दावाद र मुर्दावादको नारा घन्काउँदै चाबहिल, चुच्चेपाटी गर्दै पञ्चायतका विरुद्ध फन्को मार्ने व्यक्ति भन्दै चाबहिल गणेशस्थानको पूर्वपट्टिको गल्लीमा रहेको चियापसलमा झुस्स दारी पालेका सेतै भएका एउटा वृद्ध कसैलाई भन्दै थिए ।

चन्द्रविनायक र भैरव जात्राको रौनकमा स्थानीय बाजाको चर्को आवाज घन्किरहेको थियो । सयौं स्थानीय नेवारी समुदायका बालबालिका, युवा युवतीमात्र होइन उमेर पाकेकाहरु पनि चर्को स्वरमा उफ्रँदै नाचिरहँदा झुस्स दारी पालेका सेते बूढाको कुरा उनले सुनेकी सुनेनन् तर हो मा हो मिलाइरहेका थिए । 

Hardik health

झुसेदारी पालेका बूढा चारुमति विहारतर्फ खट बोकेको ठाउँतिर आँखा डुलाउँदै भन्दै थिए । ‘विचरा गयो ! नाम दमन तर पदमा हुँदा कसैलाई पनि दमन गरेन । काम पनि केही गरेन,’ बूढा मुस्कुराउँदै भन्दै थिए । अर्कोले भन्दै थिए । होइन कसले पो के गरेर । सात सालमा हामीले पनि त गरेकै थियौं क्यार जिन्दावाद र मुर्दावाद । बाँचुञ्जेल कसैले केही गर्दैन मरेपछि जे–जे गरे पनि के काम ।

झुसे बूढाले मुख खोले, ‘त्यही त अब यिनका पनि छोरा विदेश अरे, नेम्वाङकै जस्तै लासले मलामी कुर्नुपर्ने त होला नि !’देशमा प्रजातन्त्र ल्याउनेहरुले नै आफ्नो सन्तान स्वदेशमा राख्न सकेका छैनन्, अरु हामीजस्ता प्रजाका भएनन भनेर के आँसु खसाल्नु र खै ? हो नि । तिम्रा हाम्रा पालासम्म मात्र हो । छोराछोरी विदेश छन् भन्ने । अब तिनका त उतै बस्छन् उतै रमाउँछन् । हामी रहुञ्जेल त हो ! त्यसपछि खै कसले खान्छ यो देश ? 

झुसेले भन्यो, हेर देशका लागि राजनीति गर्नेहरुले नैै युवाहरु देशमा बस्ने वातावरण बनाए । स्वास्थ्यमा व्यापार, शिक्षामा व्यापार अनि उमेर पुगेपछि बेरोजगार । अनि को बस्छन् त ? नेताका छोराछोरी विदेश, प्रशासकका छोराछोरी विदेश । तिमी हाम्रा छोराछोरी विदेश । अनि हामीलाई नै चाहिएको छ । सेता हात्ती पाल्ने प्रदेश । कसलाई लागि राजनीति गर्ने हो ? सरकार छ भन्ने अनुभूति नै भएन हो झुसे । लौ यस्तै  हो जति गन्थन गरेपछि भावी पुस्ता पलायन हुने पक्का भो ।


सोमबार बिहान झुसे त्यही गल्लीमा चिया पिउँदै थिए । अर्का बूढा पनि चुरोटको सर्को तान्दै काठको बेञ्चमा टुक्रुक्क बस्दै, ‘आज अलि ढिलो भो । केही छैन, कहिलेकाहीँ यस्तै हुन्छ । के नै गर्नु छ र दिन कटाउने त हो नि ?अर्कोले भने, ‘त्यही त, साँच्चै आज सुनसान छ त ?’गए होलान् नि श्रदाञ्जली दिन !अर्काले भने, ‘खै अहिलेसम्म अत्तोपत्तो छैन क्यार ।’

गर्लान् नि के को हतार छ र ? सरकार भएको देश भए पो ? टुप्पाबाट पलाएका आफूलाई नाइके ठान्नेहरु पुगेका छन् । ‘जो हेर्यो उही चोर’।आज बिहानैदेखि झुसे अलि कडा भाका छन् । गाली गरेकै गर्यै छन् । ‘हैन आज अलि मुडमा हुनुहुन्छ जस्तो छ नि ?’  ‘अँ, आज त्यस्तै भाको छ भन्या, किन किन रिस उठिराको छ ।’  
‘ए साउजी चिया बनाउनू त,’ विमल चिया अर्डर गर्दै बस्छ । अनि झुसेलाई, अँ थाहा पाउनु भो ? अहँ केही पनि थाहा छैन ! के भो र ? झुसेले उत्तर दिन्छन् । 

‘कसरी चल्छ हो देश’ कसले चलाउँछ हो देश । बेला न कूबेला घोषणा गरिदिएको छ भन्या,’ नबुझ्ने तरिकाले विमलले सुनाउँछ ।  झुसे अलमल्ल पर्छन्, ‘के भो र ?’ के घोषणा गरे फेरि नयाँ केही आयो कि क्या हो ? झुसेले विमललाई सोध्छन् । अर्का बूढाले भाषा मिलाउँदै त्यही त के भए हो ? विमल हाँस्छ... ‘ल हेर्नूस् त कर्मचारी कार्यालय पुगिसकेपछि सरकारले सार्वजनिक बिदा घोषणा गर्यो नि ’

झुसे हाँस्यो । ‘ए हो र ? बिहानसम्म त चाइँचुइँ थिएन । एक्कासि कसरी आयो फेरि सार्वजनिक बिदा ? विमल भन्यो, ‘त्यही  त कति कर्मचारी अफिस पुगिसके, कति बाटैमा छन् । अब सार्वजनिक बिदा दिएर । न यता न उता कस्तो हो यो सरकारको काम ?’

झुसे, त्यत्ति ढंग पुग्ने भइदिएको भए त यिनीहरुले कायापलट नै गरिसक्थे नि । केको अपर्झट बिदा हो ? विमलले फ्याट्टै जवाफ फर्काए, ‘के हुनु ढुंगानाको निधनमा राष्ट्रिय शोकका लागि सार्वजनिक बिदा रे !’झुसे, ‘ल गज्जब नै गरेछन् त ? आजको बिदा आजै निर्णय । अफिस जान हिँडेका कहाँ जाने, बाटोमा भएका कसरी फर्कने ? अनि अफिस पुगेर हाजिर गरिसकेका सरकारी कर्मचारीहरुले कार्यालयमा बसेर काम गर्ने कि घर फर्कने । नकचरो सरकारको बिदा ? 

विमल रुष्ट हुँदै भन्यो, ‘उनको निधनमा शोक मनाउन बिदा दिएको भए आज निर्णय गरेर भोलि दिनु नि ! कू समयमा सार्वजनिक बिदा भनेर घोषणा गर्दा जनतालाई कम्ती मर्का पर्छ । आजको आजै बिदा दिएर कसरी सहज हुन्छ ? कस्तो हो सरकारको काम ? देशलाई व्यक्तिको घर ठानेका छन् कि क्या हो ? ‘त्यस्तै छ । वर्षौं  यिनको बाउको बिर्ताजस्तो भाको छ देश । जे गर्न मन लाग्छ त्यही गरून् । जुन जोगी आए पनि कान चिरेका नै देखिए क्यार,’ झुसेले वाण हान्दियो ।‘होइन हो साउजी, चिया पनि बिदामा पर्यो कि क्या हो ?’ अफिस जाउ कि घर फर्को भनेको जस्तै भो त ? सबै खलल्ल हाँस्छन् । सरकारी काम कहिले जाला घाम !


प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP