Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • भिजिट भिसाको दुरुपयोग रोक्न अध्ययन समिति गठन
भिजिट भिसाको दुरुपयोग रोक्न अध्ययन समिति गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ३, २०८१

काठमाडौं– वैदेशिक रोजगारीमा भिजिट भिसामार्फत विदेश जाने नेपालीको संख्या बढेपछि सरकारले यसबारे आवश्यक अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिजिट भिसाको दुरुपयोग रोक्न यस्तो निर्णय गरेको हो ।

सरोकारवाला निकाय अध्यागमन विभागका महानिर्देशक, वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसँगको छलफलपछि श्रममन्त्री शरतसिंह भण्डारीले अध्ययन समिति गठन गरेकोको मन्त्रालयले जानकारी दिएको छ ।

वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख जीवलाल भुसालको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सदस्य रहनेगरी गठन गरिएको समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ । अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा थप निर्णय लिइने मन्त्रालयले जनाएको छ । बिचौलिया, ट्राभल एजेन्सी र कन्सल्टेन्सीहरुले भिजिट भिसामार्फत वैदेशिक रोजगारीमा पठाउने गरेका तथ्य बहिरिएको भन्दै यसको दुरुपयोग रोक्न अध्ययन समिति गठन गर्नुपरेको बताइएको छ ।

वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जानेहरु विभिन्न कठिनाइमा पर्ने गरेको र भोलिका दिनमा अझै यो समस्या बढ्ने देखिएपछि यसको निराकरण होस् भन्ने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । ‘यताबाट भिजिट भिसामा विभिन्न मुलुकमा जाने र उता पुगेपछि रोजगारीमा संलग्न रहेको पाइएपछि यस्तो गतिविधि रोक्नका लागि अध्ययन गर्न समिति गठन गरिएको हो,’ उनले भने ।

पछिल्लो समय विशेषगरी महिलाहरुलाई भिजिट भिसामा युएई, कतारलगायतका मुलुकमा पु¥याउने र घरेलु कामदारको रुपमा लैजाने गिरोह सक्रिय रहेको पनि मन्त्रालयले जनाएको छ । नेपाल सरकारले झण्डै एक दशकदेखि महिलाहरुलाई घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाउँदै आएको छ । 

प्रतिबन्धकाबीच पनि विभिन्न माध्यमबाट महिलाहरू भिजिट भिसामार्फत वैदेशिक रोजगारीमा जाने गरेका कारण सरकारको टाउको दुखाइ बनेको छ । दुई हप्ताअघि मात्रै भिजिट भिसामा कुवेत उडाइन लागेका २२ जना नेपाली महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले फिर्ता गरेको थियो । उनीहरु भिजिट भिसामार्फत अवैधरुपमा श्रमजन्य कार्यका लागि जान लागेको खुलेपछि फिर्ता गरिएको अध्यागमन कार्यालयले जनाएको छ ।
 
 


प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अबुधाबीमा वैधानिकीकरण सेवा नियमित बनाइँदै
अबुधाबीमा वैधानिकीकरण सेवा नियमित बनाइँदै बिहीबार, साउन २९, २०८२
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै बिहीबार, साउन २९, २०८२
सभामुख र श्रम समिति सभापतिलाई प्रगतिशील मञ्चको ध्यानाकर्षणपत्र
सभामुख र श्रम समिति सभापतिलाई प्रगतिशील मञ्चको ध्यानाकर्षणपत्र बुधबार, साउन २८, २०८२
‘श्रमसंसार अब डिजिटलक्रेसीको अवधारणामा’
‘श्रमसंसार अब डिजिटलक्रेसीको अवधारणामा’ मंगलबार, साउन २७, २०८२
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार मंगलबार, साउन २७, २०८२
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’ सोमबार, साउन २६, २०८२
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै आइतबार, साउन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP