Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #रेमिट्यान्समा रेकर्ड
  • #गाजा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावर व्यवसायीको गुनासो
म्यानपावर व्यवसायीको गुनासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २८, २०८१

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारबाट व्यवसायीहरुले राख्दै आएको न्यायोचित मुद्दा सम्बोधन गर्न सधैं आलटाल गर्ने गरेको बताएको छ । व्यवसायीहरुले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा नेपाली कामदारलाई पठाउँदा लिइने सेवा शुल्क र कामदारको लागत खर्च निर्धारण गर्न सरकारसँग वर्षौंदेखि माग गर्दै आए पनि अझै सम्बोधन हुन नसकेको संघले उल्लेख गरेको छ ।

संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुको तर्फबाट सेवा शुल्क र कामदारको लागत खर्च निर्धारण मात्र नभई विभिन्न छ बुँदे समस्या निराकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले माग सम्बोधनमा आलटाल गरेका कारण व्यवसायीसँगै रोजगारीका लागि विदेश जाने विपन्न वर्गका नागरिकहरुसमेत पीडित हुनुपरेको संघले उल्लेख गरेको छ । 

संघले हरेक वर्ष वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुका लागि लागत शुल्क निर्धारण गर्नुपर्ने माग राख्दै आएको छ । सरकारले २०७२ सालयता मलेसिया र खाडीका केही मुलुकहरुमा ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था गरेको । यो व्यवस्था पूर्ण कार्यान्वयन नहुँदा रोजगारीका लागि विदेश जाने कामदार नै मर्कामा पर्ने गरेको संघको दाबी रहेको छ । 

Hardik health

संघले लिने सेवा शुल्क र कामदारको लागत निर्धारण, युरोपको मागपत्र प्रमाणीकरण, हाल हवाई कम्पनीहरुले लिइरहेको चर्को भाडा घटाउनुपर्ने, जापान, इजरायल र कोरियामा व्यवसायीमार्फत कामदार पठाउन पाउनुपर्ने, घरेलु महिला कामदार पठाउन अनुमति दिनुपर्ने र म्यानपावरले वर्षमा १०० जना कामदार विदेश पठाउनैपर्ने बाध्यकारी व्यवस्था हटाउनुपर्ने उल्लेख गरेको छ । संघले विदेश जाने कामदारसँग लिने सेवा शुल्क र लागत खर्च एक लाख ३२ हजार रुपैयाँ निर्धारण गरेको छ । यसमा समयसापेक्ष हवाइभाडामा हुने वृद्धिका कारण लागत शुल्क बढ्ने बताइएको । ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधानले कामदार र राज्यलाई नै घाटा भइरहेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । उक्त प्रावधान सात प्रतिशतमात्रै कार्यान्वयन भएको र ९३ प्रतिशत कामदारले लाखौं रकम तिर्न बाध्य भएको वास्तविकता अध्यक्ष भण्डारीले सार्वजनिक गरेका छन् । सेवा शुल्क र लागत खर्च निर्धारण गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै युरोपका विभिन्न देशहरुबाट प्राप्त भएको मागपत्र प्रमाणीकरण हुन नसक्दा रोजगारीको अवसर गुम्दै गएको संघले जनाएको छ । युरोपबाट आएका मागपत्र १८ महिनादेखि प्रमाणीकरण हुन नसकेको भन्दै पछिल्लो समय बिचौलिया र कन्सल्टेन्सीहरुले भिजिट भिसामार्फत युरोप पुर्‍याएर अस्वाभाविक रकम असुल गरी वेरोजगार युवामाथि चर्को आर्थिक भार थोपरिएको संघले उल्लेख गरेको छ । भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतमार्फत कन्सल्टेन्सीले युरोपलगायत जापान र कोरियासम्म कामदार पठाइरहेका कारण म्यानपावर व्यवसायीहरु धराशायी बन्न पुगेको संघका अध्यक्ष भण्डारीले बताए ।

संघले हाल हवाई टिकटमा कृत्रिम मूल्यवृद्धि गरिएको भन्दै वैदेशिक रोजगारीमा जाने कामदारहरुले अत्यन्त महँगो दरमा टिकट खरिद गर्नुपरेको अवस्थाप्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्दा दैनिक १० घण्टा बन्द हुने कारण देखाइ सीमित एयरलाइन्सहरुले सिण्डिकेट लागू गरी ३०÷३५ हजारमा पाइने टिकटको मूल्य ७० देखि ८० हजार रुपैयाँसम्म पुर्‍याइएको संघले उल्लेख गरेको छ । यसको नियन्त्रणमा सरकारले तत्काल कदम चाली नियमित भाडादरमा उड्ने व्यवस्था मिलाउन संघले सरकारसँग आग्रह गरेको छ । 

यसैगरी सरकारले जापान, इजरायल र कोरियामा कृषि, उद्योग, निर्माणलगायतका क्षेत्रमा म्यानपावर कम्पनीमार्फत कामदार पठाउनेगरी कार्यविधि बनाएको भए पनि सो कार्यविधि कार्यान्वयन नभएकोमा संघले असन्तुष्टि जनाएको छ । उक्त कार्यविधि स्वीकृत भई कार्यान्वयनमा ढिलाइ भएको हुँदा सरकार सहजकर्ता भएर व्यवसायीलाई व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरी व्यवसाय गर्ने व्यवस्था मिलाउन पनि संघले माग गरेको छ ।

यस्तै सरकारले तोकेबमोजिम धरौटी राखेर व्यवसाय गरिरहेका व्यवसायीलाई महिला कामदार पठाउन अनुमति दिनुपर्ने संघको माग छ । मलेसियालगायत खाडी मुलुकबाट ठूलो संख्यामा महिला कामदारको माग भएको हुँदा सरकारले आवश्यक अध्ययन गरी तत्कालै संस्थागत रुपमा पठाउने व्यवस्था गर्नुपर्ने संघको भनाइ छ । साथै म्यानपावर कम्पनीले वर्षमा १०० जना कामदार रोजगारीका लागि विदेश पठाउनैपर्ने र नसकेको खण्डमा खारेज हुने व्यवस्था हटाउनुपर्ने संघले माग गरेको छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एक वर्षमै भित्रियो १७ खर्ब २३ अर्ब
एक वर्षमै भित्रियो १७ खर्ब २३ अर्ब सोमबार, भदौ ९, २०८२
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक आइतबार, भदौ ८, २०८२
दक्षिण कोरियामा विदेशी कामदारमाथि हुने दुव्र्यवहार बढ्दो
दक्षिण कोरियामा विदेशी कामदारमाथि हुने दुव्र्यवहार बढ्दो शुक्रबार, भदौ ६, २०८२
साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो 
साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो  बिहीबार, भदौ ५, २०८२
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा बुधबार, भदौ ४, २०८२
कोरियाली प्रहरीले थाल्यो विशेष कारबाही
कोरियाली प्रहरीले थाल्यो विशेष कारबाही मंगलबार, भदौ ३, २०८२
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन सोमबार, भदौ २, २०८२
लोकप्रिय
  • Week
  • Month
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP