Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अवैध कामदारलाई सम्बन्धित देशमै श्रम स्वीकृति दिँदै सरकार
अवैध कामदारलाई सम्बन्धित देशमै श्रम स्वीकृति दिँदै सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं– सरकारले अवैधानिकरुपमा विदेश गएर काम गरिरहेका नेपाली कामदारहरुलाई वैधानिकता प्रदान गर्न श्रम स्वीकृति दिने निर्णय गरेको छ । अवैधानिक तवरबाट गन्तव्य मुलुकमा पुगेर काम गरिरहेका घरेलु महिला कामदार र भिजिट भिसामा गएर सम्बन्धित मुलुकमा भिसा परिवर्तन गरी काम गर्ने नेपालीहरुलाई विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाउने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

सरकारले यसअघि गत सेप्टेम्बर महिनाको अन्तिमसम्म रोजगारीका लागि अवैधानिकरुपमा विदेश गएका नेपालीहरुलाई वैधानिकता दिन आवश्यक निर्णय गरिसकेको श्रममन्त्री शरतसिंह भण्डारीले बताए । सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटमा मन्त्री भण्डारीले नेपालबाट जाँदा अवैधानिकरुपमा गए पनि गन्तव्य मुलुकमा वैधानिकरुपले काम गरिरहेका नेपाली नागरिकलाई अवैधानिक बनाइराख्न नहुने मान्यताका साथ विदेशबाटै श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको बताए ।

‘हामीले अवैधानिक भनेर के गर्ने ? काम लगाउने देशले नै वैधानिकरुपमा काम लगाइरहेको छ,’ मन्त्री भण्डारीले भने, ‘यस्तो अवस्थामा हाम्रा नागरिकलाई अवैधानिक बनाइराख्नु हुँदैन भनेर दूतावास र कूटनीतिक नियोगहरुमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको हो ।’ बायोमेट्रिक नभएका कामदारलाई गन्तव्य मुलुकहरुबाटै श्रम स्वीकृति दिन केही प्राविधिक समस्या देखिए पनि यसको निराकरण गर्न आवश्यक तयारी भइरहेको मन्त्री भण्डारीले बताए । ‘राष्ट्रिय परिचयपत्र र पासपोर्टको प्रणालीमा भएको बायोमेट्रिकका आधारमा पनि श्रम स्वीकृति दिन सकिन्छ कि भनेर तयारी गरिरहेका छौं,’ उनले भने ।

मन्त्री भण्डारीले घरेलु श्रमिकहरुलाई बिदामा स्वदेश आएर पुनः गन्तव्य मुलुकमा जान पाउने वातावरण मिलाउन पनि श्रम स्वीकृति दिने निर्णय गरिएको हो । ‘बिदामा नेपालमा आएर फेरि काममा फर्किन नपाइने हो कि भन्ने डरले थुप्रै मान्छे घर आउन सकेका छैनन्, सकस भोगिरहेका छन्, चाहना हुँदाहुँदै पनि आफ्नो घरपरिवार छोराछोरीसँग मिलन हुन पाएका छैनन्, यी सबै समस्याको समाधान गर्नु सरकारको दायित्व हो, त्यसका लागि पनि योे निर्णय भएको हो,’ मन्त्री भण्डारीले भने ।

अवैधानिकरुपमा विदेश गएर काम गर्ने घरेलु महिला कामदार र भिजिट भिसामा गएर कामदार भिसामा परिवर्तन गरी काम गर्ने नेपालीहरुको यकीन तथ्यांक नभए पनि सरकारको निर्णयबाट ठूलो संख्यामा त्यस्ता कामदारले लाभ उठाउनसक्ने बताइन्छ । श्रम स्वीकृति नलिई विभिन्न माध्यमबाट विदेश जाने घरेलु कामदार र भिजिट भिसामा पुगेर कामदार भिसा लिने नेपालीको संख्या तीन लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ । नेपालबाट विशेषगरी भिजिट भिसामा दुबई गएर अन्य मुलुकमा कामदार भिसामा जाने गरेको जानकारहरु बताउँछन् । मलेसिया, साउदी अरब, कुवेत, ओमानलगायतका मुलुकमा अवैधानिक तरिकारले घरेलु कामदार पुग्ने गरेका छन् । विद्यमान कानुनअनुसार विदेशमा त्यसरी काम गरिरहेका नेपालीहरु अवैधानिक कामदार हुन् ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP