Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएस परीक्षामा १० प्रतिशतमात्रै सफल
इपिएस परीक्षामा १० प्रतिशतमात्रै सफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २५, २०८१

काठमाडौं– वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा कामदार पठाउन सञ्चालन गरेको भाषा परीक्षामा सहभागीमध्ये करिब १० प्रतिशतमात्रै सफल हुने देखिएको छ ।

सन् २०२४ सुरु भएयता हालसम्म करिब एक लाख २५ हजारले उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिइसकेका छन् । जसमा १३ हजार ९०४ जना उत्तीर्ण भएका छन् । बाँकी ३६ हजार परीक्षार्थीको परीक्षा सोमबारबाट सुरु हुँदै छ । परीक्षा दिने ३६ हजारबाट पनि २५ सयको हाराहारीमा मात्रै उत्तीर्ण हुने इपिएस शाखाले जनाएको छ । यसरी सन् २०२४ का लागि इपिएस शाखाले लिएको भाषा परीक्षामा उत्तीर्ण भएको संख्या र आगामी परीक्षामा उत्तीर्ण हुने संख्याको आधारमा १० प्रतिशतमात्रै परीक्षार्थी सफल हुने देखिएको हो । 

इपिएस शाखाको तथ्यांकअनुसार जनवरी २० बाट सुरु भएको पहिलो चरणको परीक्षामा सहभागी भएका ४८ हजारमध्ये पाँच हजार ७५३ जनामात्रै उत्तीर्ण भए भने मे महिनामा सुरु भएर जुलाई अन्तिममा सकिएको दोस्रो चरणको परीक्षामा सहभागी झण्डै ७९ हजारमध्ये आठ हजार १५१ जनामात्रै उत्तीर्ण भए । अब तेस्रो चरणको परीक्षामा दुई हजार ४९६ जनामात्रै उत्तीर्ण हुने भएका छन् । इपिएस शाखाले भाषा परीक्षाका लागि ठूलो संख्यामा आवेदन परेका कारण वर्षभरि लगाएर तीन चरणमा परीक्षा सञ्चालन गरेको छ ।

maiya-kandel-1731215663.png
कोरियाले लैजाने कामदारको संख्या पहिले नै तोकेको हुन्छ । यस वर्ष नेपालको कोटाभन्दा १० गुणा बढीले भाषा परीक्षाका लागि आवेदन दिएका कारण झण्डै ९० प्रतिशत छनोटमा नपर्ने अवस्था छ ।
मैया कँडेल
निर्देशक, इपिएस कोरिया शाखा

यस वर्ष उत्पादनमूलक क्षेत्रमा जान आवेदन दिएका परीक्षार्थीहरुको संख्या ठूलो भएकाले परीक्षा सक्न वर्षभरि लाग्ने अवस्था सिर्जना भएको इपिएस शाखाले जनाएको छ । यस वर्ष एक लाख ६३ हजारले कोरिया रोजगारीका लागि आवेदन दिएका थिए । जसअन्तर्गत सञ्चालन भएका दुई चरणको परीक्षा सम्पन्न भइसकेको छ । तेस्रो अर्थात् अन्तिम चरणको परीक्षा यही नोभेम्बर ११ ट सुरु भएर डिसेम्बर १५ मा सकिने बताइएको छ ।

कोरियाले नेपालबाट वर्षभरिमा लैजाने कामदारको कोटा पहिले नै निर्धारण गर्ने भएकाले ठूलो संख्यामा परीक्षा दिए पनि सफल हुनेको संख्या थोरै हुने इपिएस कोरिया शाखाकी निर्देशक मैया कँडेलले बताइन् । ‘कोरिया लैजाने संख्या पहिले नै तोकेको हुन्छ,’ उनले भनिन्, ‘यस वर्ष नेपालको कोटाभन्दा १० गुणा बढीले भाषा परीक्षाका लागि आवेदन दिएका कारण झण्डै ९० प्रतिशत छनोटमा नपर्ने अवस्था आएको छ ।’ यस वर्ष कोरियाले उत्पादनमूलक क्षेत्रमा १५ हजारको कोटा तोके पनि पछि थप गरेर १६ हजार ४०० जना लैजानेगरी परीक्षा लिन इपिएस शाखालाई पत्राचार गरेको थियो । 

दक्षिण कोरियाले सबैभन्दा बढी अंक ल्याउनेहरुमध्येबाट आफूलाई आवश्यक कामदारमात्रै छनोट गरेका कारण पनि भाषा परीक्षामा सफल नहुनेको संख्या धेरै देखिएको बताइन्छ । आगामी वर्ष हुने भाषा परीक्षामा तोकिएको कोटाभन्दा तीन गुणा बढीलाई मात्रै परीक्षामा सहभागी गराउनेगरी व्यवस्था मिलाउन एचआरडी कोरियाले अहिले नै औपचारिक आग्रह गरिसकेको शाखाले जनाएको छ । कोरियाले इपिएस प्रणालीबाट नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, कम्बोडिया, म्यान्मारलगायत १६ मुलुकबाट कामदार लैजाने गरेको छ । कोरियाले सन् २०२४ का लागि सबै मुलुकबाट एक लाख ६५ हजार कामदार आपूर्ति गर्नेगरी कोटा निर्धारण गरेको छ ।

कोरियाले पछिल्ला वर्षहरुमा सबैभन्दा धेरै कामदार नेपालबाट आपूर्ति गर्दै आएको छ । गत वर्ष इपिएस प्रणालीअन्तर्गत १९ हजार २१४ जना नेपाली कामदार रोजगारीका लागि कोरिया जान छनोट भएका थिए । त्यसअघि सन् २०२२ मा १४ हजार नेपालीले इपिएसमार्फत कोरियामा रोजगारी पाएका थिए । यस वर्ष पनि तोकिएको कोटाभन्दा बढी नै नेपालीले कोरियामा रोजगारी पाउने सम्भावना रहेको  इपिएस शाखाका अधिकारीहरुको अपेक्षा रहेको छ । कोरियाले कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रका साथै शिप बिल्डिङ, रुट इन्डस्ट्री, फरेस्ट्री र सेवामूलक क्षेत्रमा पनि नेपाली कामदार लैजान थालेको छ ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP