Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेश जाने कामदारलाई विनाधितो ऋण दिने कार्यविधिको मस्यौदा तयार
विदेश जाने कामदारलाई विनाधितो ऋण दिने कार्यविधिको मस्यौदा तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २१, २०८१
  •  विपन्न वर्गका नागरिकले महँगो ब्याजदरमा व्यक्तिसँग ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रयास
  •  बैंकबाट ऋण कामदारको खातामा नभई सीधै म्यानपावर कम्पनीको खातामा पठाउने व्यवस्था प्रस्ताव
  •  सरोकारवालासँग आवश्यक छलफल गरेर कार्यविधिलाई टुंगोमा पुर्‍याइने मन्त्रालयको भनाइ

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि जाने कामदारलाई विनाधितो ऋण दिने कार्यविधिको मस्यौदा तयार पारेको छ । मन्त्रालयले काम गर्न विदेश जान चाहने कामदारलाई लागत खर्च बैंकमार्फत विनाधितो ऋण उपलब्ध गराउनेसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको हो । 

विपन्न वर्गका नागरिकले महँगो ब्याजदरमा व्यक्तिसँग ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै विनाधितो नै ऋण उपलब्ध गराउने व्यवस्था लागू गर्न कार्यविधि ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । कार्यविधिको अन्तिम मस्यौदा तयार भइसकेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

‘मन्त्रालयले तयार पारेको मस्यौदालाई पूर्णरुप दिन विभिन्न सरोकारवालासँग छलफल अगाडि बढाउने तयारी भएको छ,’ उनले भने, ‘चाडवाडका कारण ढिलाइ भए पनि अबका केही दिनमा सरोकारवालासँग आवश्यक छलफल गरेर कार्यविधिलाई टुंगोमा पुर्‍याइने छ ।’

कार्यविधिको मस्यौदाअनुसार बैंकले दिने उक्त ऋण कामदारको खातामा नभई सीधै म्यानपावर कम्पनीलाई पठाउने व्यवस्था गर्न लागिएको छ । विदेश जाने कामदारले जुन बैंकबाट विनाधितो ऋण प्राप्त हुन्छ सोही बैंकमार्फत आफ्नो परिवारलाई पैसा पठाउने र ऋणको किस्ता पनि तिर्दै जाने व्यवस्था लागू गर्न खोजिएको छ । कामदारले प्राप्त गर्ने ऋणको धितोको रुपमा बिमालाई लिइने र सरकार जमानी बस्नसक्ने बताइएको छ । 

वैदेशिक रोजगारीमा जाने कामदारलाई विनाधितो ऋण दिन सके चर्को ब्याजदरमा व्यक्तिसँग ऋण निकाल्नुपर्ने बाध्यता अन्त्य गर्न र म्यानपावरले तोकिएभन्दा बढी शुल्क लिन नसकून् भन्ने मनशायले मन्त्रालयले मस्यौदा तयार पारेको प्रवक्ता घिमिरेले बताए । ‘यसका लागि ग्लोबल आइएमई, सिटिजन्स, प्रभुलगायतका बैंकसँग छलफलसमेत भई सकारात्मक प्रतिक्रिया आएको छ,’ उनले भने । 

कामदारले वैदेशिक रोजगारीमा गइसकेपछि जुन बैंकबाट ऋण लिएको हो सोही बैंकमार्फत स्वदेशमा पैसा पठाउनुपर्ने व्यवस्थाले हुण्डीलगायत अवैध कारोबारमा कमी आउने, रेमिट्यान्समा वृद्धि हुने र सामाजिक सुरक्षा कोषमा पनि मासिकरुपमा योगदान पुग्ने मन्त्रालयको विश्वास छ । यसका लागि मन्त्रालयले नीतिगत व्यवस्था गरिसकेको जनाएको छ ।

श्रममन्त्री शरतसिंह भण्डारीले पनि आफ्नो पहिलो १०० कार्यदिनको प्रगति विवरण सार्वजनिक गर्दै महँगो ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न मन्त्रालयले बैंकमार्फत विनाधितो ऋणको व्यवस्था गर्न लागेको बताएका थिए । यही कात्तिक ९ गते पत्रकार सम्मेलन गरेर मन्त्रालयले गरेको उपलब्धि र गतिविधिहरुबारे जानकारी दिँदै विपन्न वर्गका नगारिकलाई राहत पुग्नेगरी वैदेशिक रोजगारीमा जाँदा विनाधितो ऋण दिने व्यवस्था छिट्टै कार्यान्वयनमा ल्याइने उनले बताएका थिए ।
 
 


प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP