Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा आप्रवासी श्रमिकमाथि चरम शोषण
साउदीमा आप्रवासी श्रमिकमाथि चरम शोषण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक ७, २०८१

काठमाडौं– साउदी अरेबियाको ‘क्यारेफोर स्टोर’हरुमा काम गर्ने नेपालीसहित विभिन्न मुलुकका आप्रवासी श्रमिकमाथि चरम श्रम शोषण भइरहेको खुलासा भएको छ । साउदीमा रहेको ठूलो फ्रान्सेली कम्पनीको फ्रेञ्चाइज क्यारेफोर स्टोरहरुमा काम गर्ने नेपाली, भारतीय तथा पाकिस्तानी श्रमिकलाई दैनिक १६ घण्टाभन्दा बढी काममा लगाउने गरेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले भर्खरै सार्वजनिक गरेको रिपोर्टमार्फत खुलासा गरेको हो । 

श्रमिक भर्ती गर्ने एजेन्टहरुले आप्रवासी श्रमिकहरुलाई ठगी गर्ने, लामो समयसम्म काममा लगाउने, बिदा दिन अस्वीकार गर्ने तथा उनीहरुको कमाइमाथिसमेत ठगी हुने गरेको एमनेस्टीको रिपोर्टमा उल्लेख गरिएको छ । ‘क्यारेफोरका कार्यस्थलहरुमा श्रम शोषण’ नामक रिपोर्टमा श्रमिकहरुलाई फोहोरी आवासहरुमा बस्न लगाउने, अतिरिक्त समय काम गर्न नमान्नेलाई कामबाट बर्खास्त गर्ने चेतावनी दिने गरेको तथ्यलाई उजागर गरेको छ । स्टोरहरुमा काम गरिरहेका केही श्रमिकले भोगेका दुव्र्यवहार श्रम शोषणको उद्देश्यले गरिएको जबर्जस्ती श्रमकै मानक भएको एमनेस्टीले ठहर गरेको छ ।

नेपाल, भारत र पाकिस्तानका १७ जना पुरुष श्रमिकले दिएका अन्तर्वार्ता र जानकारीका आधारमा रिपोर्ट तयार गरिएको बताइएको छ । ती श्रमिकहरु सबैले रियाद, दमाम र जेद्दाहका विभिन्न क्यारेफोर साइटहरुमा सन् २०२१ देखि २०२४ सम्म काम गरेको उल्लेख छ । उनीहरुलाई माजिद अल फुट्टैमसँग करार अनुबन्धित गराई श्रमिक आपूर्ति कम्पनीहरुद्वारा काममा लगाइएको पाइएको छ । यसरी काम गर्नेहरुले नियमितरुपमा दैनिक २० किलोमिटरभन्दा बढी हिँड्नुपर्ने र हप्तामा ६० घण्टासम्म काम गर्नुपर्ने, कहिलेकाहीँ विशेषगरी ‘तलब सप्ताह’ र रमजानको महिनाजस्तो व्यावसायिक कारोबार धेरै हुने समयमा दिनको १६ घण्टाभन्दा बढी काम गर्नुपरेको बताएको रिपोर्टमा उल्लेख छ ।

‘क्यारेफोर स्टोरभित्र श्रमिकहरुलाई मानवजस्तो व्यवहार गरिँदैन, उनीहरु श्रमिकलाई जनावरजस्तै व्यवहार गर्छन् । उनीहरु खाली चाँडो गर, चाँडो गरमात्र भन्छन् । हामीलाई छिटो काम गराउन हाम्रो टि–सर्टमा समात्छन्,’ आनन्द (नाम परिवर्तन) गरेका एक जना पूर्वस्टोरकिपरले एम्नेस्टीलाई भनेका छन् । त्यस्तै अर्का एक श्रमिक बाबुराम (नाम परिवर्तन) गरेकाले पनि धेरै लामो समयसम्म काम गर्न गाह्रो भएको, प्रबन्धकले ढिलोसम्म पनि कामबाट निस्कन नदिएको, अर्डर प्रक्रिया पूरा गरेपछि मात्र जान सक्छस् भनेर रोक्ने गरेको र १५/१६ घण्टा काम नगरे कामबाट निकलिदिने चेतावनी दिने गरेको एम्नेस्टीसँग बताएका छन् ।

क्यारेफोरको फ्रेञ्चाइज सञ्चालन गर्ने साझेदार माजिद अल फुट्टैमले श्रमिकहरुमाथि भइरहेको दुव्र्यवहार रोक्न र उनीहरुलाई उपचार प्रदान गर्न पर्याप्त कदम नचालेको पनि रिपोर्टमा उल्लेख गरिएको छ । ‘क्यारेफोरमा काम गर्नेहरुले राम्रो जीवनको ढोका खोलिरहेको सोचेका थिए, तर यसको सट्टा धेरै जना भयावह शोषण र दुव्र्यवहारको सिकार भए, क्यारेफोरको अकर्मण्यताको अर्थ भनेको यसले श्रमिकहरुले भोगेको पीडालाई रोक्न सकेन, जुन पीडा केही अनुबन्धित श्रमिकहरुको हकमा सम्भवतः मानव बेचबिखनसमेतको जबर्जस्ती श्रमको तहसम्म पुगेको हुन सक्छ,’ एम्नेस्टी इन्टरनेसनलको जलवायु, आर्थिक तथा सामाजिक न्याय र व्यवसायहरुको जवाफदेहिता कार्यक्रम निर्देशक मार्ता शाफले भनिन् ।

क्यारेफोरले आफूले सञ्चालन गरेको र आफ्नो फ्रेञ्चाइजहरुबाटसमेत  कार्यस्थलहरुमा दुव्र्यवहारहरु नहोउन् भन्ने कुरा सुनिश्चित गर्नुपर्नेमा त्यस्तो नगरिएको भन्दै उनले अब क्यारेफोर र माजिद अल फुट्टैमले प्रभावितहरुलाई तुरुन्त क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुव्र्यवहारहरुको उपचार गर्नुपर्ने बताइन् । निर्देशक शाफले कार्यस्थलहरुमा श्रमिकहरुलाई फेरि कहिल्यै हानि नहोस् भन्ने कुरा सुनिश्चित गर्नुपर्नेमासमेत जोड दिइन् ।

एमनेस्टीले सार्वजनिक गरेको रिपोर्ट अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को गभर्निङ वडीले ज्यालामा ठगी, जबर्जस्ती श्रम र ट्रेड युनियनहरुमाथिको प्रतिबन्धलगायतका विषयमा साउदी सरकारविरुद्ध रहेको ऐतिहासिक उजुरीउपर सुनुवाइ गर्नुभन्दा ठीक दुई हप्ताअघि आएको छ । विश्वव्यापी ट्रेड युनियन बिल्डिङ एन्ड वुड वर्कर्स इन्टरनेसनल (बिडब्ल्युआई)ले जुन २०२४ मा उक्त उजुरी पेस गरेको थियो । जसलाई एमनेस्टीलगायत अन्य संघ संस्थाहरुले समर्थन गरेका थिए । 
 


प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP