Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जालझेलको राजनीति बन्द गर
जालझेलको राजनीति बन्द गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ६, २०८१

राजनीतिक दलको प्रमुख विश्वास आधार हो, जनता । यसैका लागि तोकिएको समयमा जनताबाट मत लिने गरिन्छ । सोही मतका आधारमा सरकारको नेतृत्व गर्न पाउने वा प्रतिपक्षमा बस्ने निर्धारण हुन्छ । जनपक्षीय काम गर्ने दल जनताबाट पुरस्कृत हुन्छन् नगरे दण्डित ।

तर बेलाबेला जनताले बलिया बनाएका दलहरु जनमत छल्नतिर लाग्छन् । जननिर्वाचित संसद् भएकै बेला नियमित सदन नभएको मौका छोपी सरकार हाँकिरहेका दलहरु अध्यादेश ल्याउन पछि पर्दैनन् । आफ्नो स्वार्थका लागि जुनसुकै दल अध्यादेश नामक हतियार चलाउँछन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहकालमा होस् या अहिलेका प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकालमा । मुलुकले पटक–पटक अध्यादेशको सामना गरिसकेको छ । २०४७ सालयता २७१ पटक विभिन्न खाले अध्यादेश आइसकेका छन् । संसद्बाट पार नलाग्ने देखेपछि सत्तारुढ दलले बजेटसमेत अध्यादेशबाट ल्याएका घटना पनि छन् । अहिले

सरकारमा सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको साझेदारी छ । यो सरकारलाई झण्डै दुईतिहाइको मत छ । तर यस्तो बलियो सरकार कमजोर प्रतिपक्षीलाई अध्यादेशको डर देखाएर तर्साउन उद्धत देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली पटक–पटक अध्यादेश ल्याएर प्रतिनिधिसभा नै भंग गरिदिने पात्र हुन् । उही विवादित पात्रलाई न्यायपालिकाले मात्र मेलोमा ल्याउन सकेको थियो कुनै बेला ।

Hardik health

उनै ओलीको हातमा अहिले शासनसत्ता छ । यही बेला ओलीले आफ्नो पार्टी चोइटाएको झोँक फेर्ने नियत बनाएर अध्यादेश ल्याउने तयारी गरेको बुझिएको छ । माधवकुमार नेपाल कुनै बेला नेकपा एमालेका कमान्डर थिए । उनैले पार्टी फुटाउँदा एमालेलाई नोक्सानी पुगेको छ । यो क्षतिपूर्ति लिन ओलीले अध्यादेशको बाटो रोज्न लागेका हुन् । प्रजातन्त्र र संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भनिन्छ । तर, सत्तापक्षले प्रतिपक्षीलाई नियमित सदन नभएको बेला यसरी हायलकायल बनाउन खोज्नु सन्देहपूर्ण छ । 

प्रजातान्त्रिक शासन व्यवस्थामा यस्तो जालझेल अस्वीकार्य छ । आफू बलियो भएको मौका छोपी कमजोरमाथि मैमत्ता लाद्नु अशोभनीय छ । जनमतको कदर गर्नु नै प्रजातन्त्रको सुन्दर पक्ष हो । आफ्नो कुर्सी ढल्ने डरमा साना दलमाथि घन हान्नु सरासर निरंकुशतावादी कदम हो । कुनै दल अध्यादेशबाट फुटाइरहनु आवश्यक छैन । यो व्यवस्थामा चुनावमै दलहरु जाँचिन्छन् । अध्यादेश ल्याएर कानुनी राज उल्लंघन गर्ने दलहरुले पनि सोचुन् कि– जाँचिने ठाउँ चुनाव नै हो । 
 


प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सभामुख अर्यालका चुनौती
सभामुख अर्यालका चुनौती सोमबार, चैत २३, २०८२
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो आइतबार, चैत २२, २०८२
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर शुक्रबार, चैत २०, २०८२
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP