Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #रवि लामिछाने
  • #विदेसिनेको संख्या
  • #लिपुलेक
  • #मट्यांग्राे
  • #विपद्का घटना
  • #जिप दुर्घटना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ओमानसँग श्रम सम्झौताको तयारी 
ओमानसँग श्रम सम्झौताको तयारी 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं– सरकारले नेपालीहरुको श्रम गन्तव्य मुलुकहरुमध्येको एक ओमानसँग द्विपक्षीय श्रम सम्झौताको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २५ हजारको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको ओमानसँग पहिलोपटक श्रम सम्झौताको तयारी गरेको हो । 

ओमानसँग गरिने श्रम सम्झौताका लागि सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । पटक–पटकको प्रयासपछि ओमानसँग श्रम सम्झौता गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले बताए । ‘द्विपक्षीय श्रम सम्झौताका लागि उच्चस्तरीय छलफल भई प्रारम्भिक सहमतिसमेत भइसकेको छ,’ उनले भने, ‘सम्झौताका लागि ओमान सरकारलाई आवश्यक मस्यौदा पठाइएको छ, त्यहाँबाट कानुनी प्रक्रिया पूरा गरेर आएपछि द्विपक्षीय हस्ताक्षर हुन्छ ।’ 

नेपाल सरकारले पनि कानुनी प्रक्रिया बढाउने र ओमानले पनि मन्त्रिपषद्मा पठाउने तयारी गरिरहेको जानकारी पाएको उप्रेतीले बताए । उनका अनुसार द्विपक्षीयरुपमा सम्बन्धित मन्त्रालयबीच सहमति भइसके पनि कानुनीरुपमा टुंगो  लाग्न बाँकी रहेकाले श्रम सम्झौताको मिति तोक्न सकिएको छैन । ओमानसँग हुने सम्झौता ‘इम्प्लोयर पे मोडल’मा हुने र नेपालबाट जाने कामदारको लाग्ने खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम मन्त्रालयले जनाएको छ ।

साथै, कामदारको हकहितका विषयमा आवश्यकताअनुसार दुवै देशको संयुक्त बैठक (ज्वाइन्ट कमिटी) बसेर थप छलफल गरिने विषय सम्झौताको मस्यौदामा समावेश गरिएको छ । त्यस्तै ओमानमा मृत्यु भएका नेपाली श्रमिकको शव जतिसक्दो चाँडो नेपाल पठाउने विषयसमेत मस्यौदामा राखिएको छ । कामदारले पाउने पारिश्रमिक भने बैंकिङ च्यानलमार्फत नै भुक्तानी गर्नुपर्ने विषय राखिएको छ । तर, कामदारको न्यूनतम पारिश्रमिक कति हुने भन्ने सम्बन्धमा पछि बस्ने संयुक्त बैठकले निर्णय गर्ने बताइएको छ ।

श्रममन्त्री शरतसिंह भण्डारीले पनि आफ्नो पहिलो १०० दिने कार्यकालको प्रगति विवरणमा पनि ओमानसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन् । त्यसैगरी दक्षिण कोरियाको (इपिएस) र मलेसियासँगका द्विपक्षीय श्रम सम्झौताको नवीकरण गर्ने तयारी भइरहेको मन्त्री भण्डारीले उल्लेख गरेका छन् । नेपालले कतारसँगसमेत श्रम सम्झौता नवीकरणको प्रक्रियालाई अगाडि बढाउन ताकेता गरिरहेको बताइएको छ ।

सरकारले नयाँ गन्तव्य खोज्ने र सुरक्षित रोजगारीका लागि भन्दै ओमानसँगै पोर्चुगल, टर्की, लेबनान, कुवेत, कतार, स्पेन, ब्रुनाइ, पोल्याण्डलगायतका मुलुकसँग पनि श्रम सम्झौताको गृहकार्य गरिरहेको सहायक प्रवक्ता उप्रेतीले बताए ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
दक्षिण कोरियामा विदेशी कामदारमाथि हुने दुव्र्यवहार बढ्दो
दक्षिण कोरियामा विदेशी कामदारमाथि हुने दुव्र्यवहार बढ्दो शुक्रबार, भदौ ६, २०८२
साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो 
साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो  बिहीबार, भदौ ५, २०८२
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा बुधबार, भदौ ४, २०८२
कोरियाली प्रहरीले थाल्यो विशेष कारबाही
कोरियाली प्रहरीले थाल्यो विशेष कारबाही मंगलबार, भदौ ३, २०८२
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन सोमबार, भदौ २, २०८२
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग आइतबार, भदौ १, २०८२
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP