Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • औपचारिकतामा सीमित ‘प्रगति’ विवरण
श्रममन्त्री भण्डारीको १०० दिन औपचारिकतामा सीमित ‘प्रगति’ विवरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ४, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा कार्य सम्पादन तथा अपेक्षित उपलब्धिको समीक्षा विवरण सार्वजनिक गरेका छन् । गत असार ३१ गते श्रममन्त्रीमा नियुक्त भएका भण्डारीले उक्त अवधिमा गरेका कार्यसम्पादन र अगामी योजना समेटेर सय दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

कुनै पनि मन्त्रालय सम्हालेको सय दिनलाई मन्त्रीहरुले महŒव दिँदै आगामी कार्यकालको दिशानिर्देश हुनेगरी प्रगति विवरण सार्वजनिक गर्ने चलन छ । यसलाई मन्त्रीहरुको ‘हनिमुन पिरियड’ पनि भन्ने गरिन्छ । सत्तामा लामो अनुभव भएका मन्त्री भण्डारीले हनिमुन अवधिमा वैदेशिक रोजगार क्षेत्रमा देखिनेगरी ठोस काम गर्न नसकेको पाइएको छ । जसकारण उनको प्रगति विवरण औपचारिकतामा सीमित देखिएको छ । यद्यपि, श्रम तथा वैदेशिक रोजगारीका क्षेत्रमा केही कार्य सम्पन्न गरेको र केही कार्य प्रक्रियामा नै रहेको उनले उल्लेख गरेका छन् । 

मन्त्री भण्डारीले कार्यस्थलमा आधारित सुरक्षा बिमाको काम सम्पन्न गरेको जनाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका आयोजनामा खटिने श्रमिक र रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारी गरी ६५ हजारको सामूहिक सुरक्षा बिमा गरी सामाजिक सुरक्षाको प्रत्याभूति गराएको उल्लेख गरेका छन् । जसमध्ये ६२ हजार २५९ जनाको सामूहिक सुरक्षा बिमा भएको बताइएको छ ।

त्यस्तै, वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्शका लागि थप ३३ जिल्लामा आप्रवासी स्रोत केन्द्रको स्थापना गर्ने कार्य अघि बढेको जनाइएको छ । हाल ४४ जिल्लामा सञ्चालित आप्रवासी स्रोत केन्द्र विस्तार भई ७७ वटै जिल्लामा स्थापना गरी सेवा प्रवाह गर्ने लक्ष्य लिइएको उनले बताएका छन् । आप्रवासी स्रोत केन्द्र स्थापनाका लागि ३३ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । यसबाट जिल्लास्तरबाट नै वैदेशिक रोजगारसम्बन्धी सूचना र परामर्श प्रदान हुने मन्त्रालयले जनाएको छ ।

मन्त्री भण्डारीले आफ्नो कार्यकालको पहिलो सय दिनमा मधेस प्रदेशमा निर्माण हुने व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको तालिम केन्द्र निर्माण कार्यलाई प्राथमिकतामा राखेर जग्गा प्राप्ति गर्ने प्रक्रिया अघि बढेको उल्लेख गरेका छन् । त्यस्तै, सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताहरुको थप सूचीकरण गर्ने कार्यलाई पनि मन्त्री भण्डारीले सय दिने कार्यकालको उपलब्धिभित्र राखेका छन् ।

यस अवधिमा ३०० रोजगारदाता थप सूचीकरण गर्ने अपेक्षा गरे पनि त्यो संख्या बढेको छ । जसमा ४६६ रोजगारदाता थपिएर हालसम्म १९ हजार ६७६ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । त्यस्तै एक लाख ५० हजार योगदानकर्ता थप गर्ने लक्ष्य लिएकोमा एक लाख ९८ हजार ५६३ जना सूचीकरण भएका छन् । हाल सूचीकरण हुने योगदानकर्ताको संख्या १६ लाख ९० हजार १०३ पुगेको प्रगति विवरणमा समेटिएको छ ।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र क्षेत्रीय विमानस्थल पोखराबाटै श्रम स्वीकृति प्रदान गर्ने कार्य अघि बढाइएकोमा सबै सरोकारवालाहरुसँग छलफल गरी प्रतिबद्धता प्राप्त भई सेवा प्रवाह गर्न तयारी पूरा गरिएको उल्लेख छ । मन्त्री भण्डारीले आफ्नो सय दिने कार्यावधिको उपलब्धिमा तीन देशसँग द्विपक्षीय श्रम सम्झौता तथा नवीकरण गर्ने तयारीलाई समेत राखेका छन् । जसमा दक्षिण कोरिया (इपिएस) र मलेसियासँगका द्विपक्षीय श्रम सम्झौताको नवीकरण र ओमानसँग द्विपक्षीय श्रम सम्झौताको प्रक्रिया अगाडि बढाइएको मन्त्री भण्डारीले जनाएका छन् । 

कोरियासँग इपिएस नवीकरणका लागि रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेर कार्यदलले काम गरिरहेको जनाइएको छ । एचआरडी कोरियासहितको सहभागितामा संयुक्त बैठक भई अन्तिम रुप दिन बाँकी रहेको बताइएको छ ।

यस्तै, नेपालको तर्फबाट मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रुप दिई परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारसमक्ष पठाइएको र जवाफ प्राप्त हुन बाँकी रहेको उल्लेख छ । त्यस्तै ओमानसँगको द्विपक्षीय श्रम सम्झौताका लागि नेपालमा उच्चस्तरीय छलफल भई प्रारम्भिक सहमति भई ओमान पठाइएको र ओमान सरकारको तर्फबाट कानुनी प्रक्रिया पूरा गरी नेपालले पाएपछि नेपाल सरकार मन्त्रिपरिषद् पठाउनेगरी अन्तिम तयारी भइरहेको बताइएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई विनाधितो कर्जा (ऋण) उपलब्ध गराउने योजनालाई मूर्तरुप दिन कार्यविधिको अन्तिम मस्यौदा तयार भएको र स्वीकृतिको चरणमा रहेको विषयलाई मन्त्री भण्डारीले सय दिने कार्यसम्पादन तथा उपलब्धि मानेका छन् ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP