Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘रुट इन्डस्ट्री’ तर्फको भाषा परीक्षा ९ कात्तिकमा
‘रुट इन्डस्ट्री’ तर्फको भाषा परीक्षा ९ कात्तिकमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ४, २०८१

काठमाडौं– वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले ‘रुट इन्डस्ट्री’ क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुका लागि सञ्चालन गर्ने भाषा परीक्षाको मिति तय गरेको छ । शाखाले यही कात्तिक ९ गते (अक्टोबर २५) मा परीक्षा सञ्चालन गर्ने भएको हो । 

उक्त भाषा परीक्षाका लागि आवेदन दिएकाहरुको नामावाली र रोल नम्बर कोरियाको एचआरडी सेवाबाट प्राप्त भएसँगै परीक्षाको मिति सार्वजनिक गरिएको हो । इपिएस शाखाले शुक्रबार एक सूचना जारी गरी भाषा परीक्षामा सहभागीलाई तोकिएको मिति र समयमा अभिमुखीकरण समयभन्दा एक घण्टाअगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ । 

‘निर्धारित मिति, समय र सेसनमा सक्कल राहदानी, रंगीन प्रवेशपत्रसहित उपस्थित हुन नसकेमा निजलाई कुनै पनि अवस्थामा परीक्षामा समावेश गराइने छैन,’ सूचनामा भनिएको छ । उक्त भाषा परीक्षा ललितपुरको भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन हुने सूचनामा उल्लेख छ । परीक्षा हलभित्र मोबाइल फोन, पिडिए, विद्युतीय शब्दकोश, स्मार्ट वाचलगायतका अन्य विद्युतीय साधनहरु लैजान पूर्ण निषेध गरिने जानकारी गराइएको छ । ‘परीक्षामा चिट चोरेमा, कसैको कपी गरेको भेटिएमा परीक्षा रद्द गरी चार वर्षका लागि परीक्षामा समावेश हुन निषेध गरिने छ,’ शाखाद्वारा जारी सूचनामा उल्लेख छ । 

परीक्षा सञ्चालनका लागि तोकिएको समयभन्दा एक घण्टा अगाडि अभिमुखीकरण सुरु हुने र उक्त अभिमुखीकरणमा अनिवार्य उपस्थित हुनेपर्ने जनाइएको छ । साथै, परीक्षाको मितिभन्दा एक दिन अगावै आफ्नो सिफ्टअनुसार इपिएस शाखाको कार्यालयमा वायोमेट्रिक (फिंगर प्रिन्ट) दिनुपर्ने सूचनामा उल्लेख छ । परीक्षाको दिन  फिंगर प्रिन्ट प्रमाणीकरण (भेरिफाई) गरिने हुँदा वायोमेट्रिक अनिवार्य हुने छ ।

नेपालीहरुको आकर्षक रोजगार गन्तव्य कोरियाले इपिएस प्रणालीमार्फत कामदार लगिरहेको छ । दुई देशका सरकारबीचभएको जिटुजी सम्झौताका आधारमा नेपाली कामदारले कोरियामा अवसर पाउँदै आएका छन् । कमाइको हिसाबले कोरिया आकर्षक गन्तव्य हो । कोरियाले पछिल्लो समय नेपाली कामदारको संख्या बढाउँदै लगेको छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP