Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकको परिवारलाई दिने राहत रकम १० लाख पुर्‍याइयो
श्रमिकको परिवारलाई दिने राहत रकम १० लाख पुर्‍याइयो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २३, २०८१

काठमाडौं– सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ । सरकारले वैदेशिक रोजगार नियमावली, २०६४ को छैटौं संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको हो ।

यही असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट नियमावली संशोधनको निर्णय भएको हो ।हाल वैदेशिक रोजगार बोर्डमार्फत विदेशमा मृत्यु हुने कामदारका परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । सोही रकमलाई बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

यसअघि वैदेशिक रोजगार नियमावली, २०६४ अनुसार तीन लाख रुपैयाँ दिने व्यवस्था गरिए पनि पछि संशोधन गरेर सात लाख रुपैयाँ दिने व्यवस्था गरिएको थियो । नियमावलीमा संशोधन भएसँगै अबदेखि वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारका परिवारले १० लाख रुपैयाँ आर्थिक सहायता पाउने प्रवक्ता घिमिरेले बताए । 

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृतकको परिवार वा नजिकको हकवालाले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिनसक्ने व्यवस्था छ । यसका लागि कामदारको मृत्यु भएको एक वर्षभित्रै मृत्यु भएको प्रमाणित हुने कागजातसहित सहायताका लागि दाबी गर्नुपर्ने छ ।

Hardik health

त्यस्तै नियमावलीअनुसार बोर्डले रोजगारीकै क्रममा दुर्घटनामा परी अंगभंग भएका कामदारलाई पुगेको भौतिक क्षतिको आधारमा पनि सात लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । यसैगरी काम गर्ने क्रममा मृत्यु भएका कामदारको शव नेपाल झिकाउन र शवलाई घरपरिवारसम्म पुर्‍याउनसमेत बोर्डले आर्थिक सहायता प्रदान गर्दै आएको छ । दाहसंस्कारका लागि पनि परिवारले २५ हजार रुपैयाँ पाउने व्यवस्था छ ।

श्रममन्त्री शरतसिंह भण्डारीले यसअघिको आफ्नो कार्यकालमा विदेशमा मृत्यु हुने कामदारको परिवारलाई प्रदान गरिने आर्थिक सहायता रकम बढाउनुपर्ने बताउँदै उनकै अध्यक्षतामा बसेको बोर्डको २१औं बैठकमा रकम वृद्धि गर्ने प्रस्ताव गरेका थिए । राहत रकम १० लाख रुपैयाँमात्र नभई दोब्बर बढाउने सैद्धान्तिक सहमति गरेर त्यसबारे अध्ययन गर्न समितिसमेत गठन गरिएको थियो ।

यद्यपि, वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा दिइने सहायता रकम थोरै भएको भन्दै चौतर्फी आलोचना भएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले स्रोत जुटाएर दोब्बर रकम दिने व्यवस्था मिलाउन श्रम मन्त्रालयलाई निर्देशन दिएका थिए । सोही आधारमा श्रम मन्त्रालयले तत्कालीन सचिव केवलप्रसाद भण्डारीको संयोजकत्वमा बनाएको अध्ययन समितिले सहायता रकम वृद्धि गर्ने योजना ल्याएको थियो । 

तत्कालीन सचिव भण्डारीको अध्ययन समितिले राहत रकम १४ लाख रुपैयाँ पुर्‍याउने योजना ल्याए पनि स्रोत व्यवस्थापनमा समस्या देखिने भन्दै मन्त्रालयले अहिले नियमावलीको छैठौं संशोधन गरेर १० लाख रुपैयाँ कायम गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो । सरकारले विदेशमा काम गर्ने कामदारको मृत्युपश्चात दिने सहायता रकम छुट्टै कोषबाट दिने नभई श्रम स्वीकृति लिएर रोजगारीको लागि विदेश गएका कामदारले अनिवार्यरुपमा कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट राहत प्रदान गर्ने गरेको छ ।

खाडी मुलुक र मलेसियामा जाने कामदारले कल्याणकारी कोषमा एक हजार ५०० रुपैयाँ र जापान, कोरिया, इजरायल, बेलायतलगायतका मुलुकका लागि दुई हजार ५०० रुपैयाँ अनिवार्यरुपमा जम्मा गर्नुपर्ने व्यवस्था छ । यही कल्याणकारी कोषबाट गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीको क्रममा एक वर्षमा मृत्यु भएका एक हजार ३४६ जनाका परिवारलाई ६९ करोड ९९ लाख पाँच हजार रुपैयाँ हस्तान्तरण गरेको बोर्डले जनाएको छ ।

बिरामी एवं अंगभंग भएका कामदारलाई स्वास्थ्य उपचार खर्चबापत १९ करोड ४६ लाख ८५ हजार रुपैयाँ र कामदारको परिवारको सदस्यलाई स्वास्थ्य उपचार खर्च एक करोड २२ लाख ६५ हजार रुपैयाँ प्रदान गरेको बताइएको छ । यस्तै शव बहान सेवामा तीन करोड ४१ लाख ५८ हजार, विदेशमा अलपत्र शव नेपाल ल्याउन र समन्वय गर्न तीन करोड ७३ लाख १२ हजार, अलपत्र कामदारको उद्धार तथा समन्वयमा तीन लाख २० हजार रुपैयाँ खर्च भएको बोर्डको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
 


प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प शुक्रबार, भदौ २७, २०८२
साउदीको सेन्दान इन्टरनेसनलमा कार्यरत श्रमिक आठ महिनादेखि तलबविहीन
साउदीको सेन्दान इन्टरनेसनलमा कार्यरत श्रमिक आठ महिनादेखि तलबविहीन बिहीबार, भदौ २६, २०८२
दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा
दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा मंगलबार, भदौ २४, २०८२
युएईमा धमाधम वैधानिकीकरण श्रम स्वीकृति दिइँदै 
युएईमा धमाधम वैधानिकीकरण श्रम स्वीकृति दिइँदै  सोमबार, भदौ २३, २०८२
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन आइतबार, भदौ २२, २०८२
बोर्डबाट आर्थिक सहायता लिने बढ्दै
बोर्डबाट आर्थिक सहायता लिने बढ्दै आइतबार, भदौ २२, २०८२
दुई लाख तिरेर क्रोएसिया उड्नै लाग्दा भिजा नक्कली ठहरिएपछि... 
दुई लाख तिरेर क्रोएसिया उड्नै लाग्दा भिजा नक्कली ठहरिएपछि...  शुक्रबार, भदौ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP