Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
समाचार
  • Home
  • समाचार
  • भूत मेलाको तयारी पूरा
भूत मेलाको तयारी पूरा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २१, २०८१

जलेश्वर- बडादसैंका बेला अनादी कालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा यस वर्ष पनि भूत मेलाको तयारी पूरा भएको छ । जिल्लाको औरही नगरपालिकामा–७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात रहेको छ ।

प्रत्येक वर्ष दसैंका दश दिनसम्म करीब आठदेखि १० लाख जति व्यक्तिले दर्शन गर्ने यस शक्तिपीठमा चार दिनसम्म चल्ने भूत मेलामै सहभागी हुन मात्रै करीब दुई लाख  व्यक्ति आउने हुँदा त्यस दिनका लागि यहाँ धामी झाक्री बस्ने ठाउँ, भजन किर्तन स्थल, भक्तजनको रात्रि विश्राम, भूत पिसाच, बोक्साबोक्सी र जादु टुनाबाट पीडित व्यक्ति खेल्ने स्थान र आम भक्तजनले भूत खेलेको हेर्ने स्थानका साथै सूरक्षाको भरपर्दो तयारी गरिएको पूजारी कामेश्वर झाले बताए । 

हरेक वर्ष बडादसैको सप्तमीदेखि सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि निक्कै धुमधामका साथ लाग्ने तथा सोही मेलाका लागि युवाहरुको एक दस्ताले सबै तयारी पूरा गरिसकेको पूजारी झाले बताए । बडा दसैंको सप्तमीदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौ पीडित (कारनी) र दर्शनार्थीको भिड लाग्ने गर्दछ ।

Hardik health

भूत प्रेत, बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौं पीडित प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जन विश्वास रहेको छ । वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै निको भई आ–आफ्ना घर फर्कने गरेको सहायक पुजारी अरुण झा बताए । 

भूत मेलाका लागि टाढा टाढासम्म प्रख्यात यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका हेटौंडा, धरान, विराटगर र काठमाडौंदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौ पीडित महिला तथा पुरुष पुग्ने गरेको अर्का पूजारी झगरु झा बताए

घर घरमा भूतप्रेतले रातदिन दूःखी र पीडित भएका कारनी (पीडित )हरु आ–आफ्ना घरबाट रुँदै कराउँदै यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट पीडामूक्त भई हाँस्दै जाने गरेको कुरा झाँक्रीहरु बताउँछन् । सोनामाई शक्तिपीठमा दर्जनौं धामी झाँक्री रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितको पीडा हरण गर्ने गरेको कुरा अर्का पूजारी रमेश झा बताए । 

माताको दरबारमा एक पटक पुग्ने पीडितको शरिरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ । प्रत्येक वर्ष लाखौं दर्शनार्थी मेला भर्न आउने यस सोनामाई शक्तिपीठमा यसवर्ष सोनामाईको भूत मेलामा करीब दुई लाख भक्तजन सहभागी हुने अनुमान रहेको सोनामाईका अर्का पूजारी घनश्याम झाले बताए । 


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के?
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के? मंगलबार, कात्तिक १८, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड शुक्रबार, असोज ३१, २०८२
शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित
शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित मंगलबार, साउन ६, २०८२
अनिच्छुक 'टाइम ट्राभलर'  : भविष्यमा बिउँझिएका एक मानिस
अनिच्छुक 'टाइम ट्राभलर' : भविष्यमा बिउँझिएका एक मानिस मंगलबार, असार ३१, २०८२
नेपालमै पहिलोपटक लिंग परिवर्तनको सफल शल्यक्रिया
नेपालमै पहिलोपटक लिंग परिवर्तनको सफल शल्यक्रिया आइतबार, जेठ २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP