Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि युरोप जानेको संख्या बढ्दो
रोजगारीका लागि युरोप जानेको संख्या बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १७, २०८१

काठमाडौं– रोजगारीका लागि युरोप जाने नेपालीको संख्या दिनानुदिन बढ्दै गएको देखिएको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकमा यस्तो देखिएको हो । यद्यपि, युरोपमा मागपत्र प्रमाणीकरणको समस्या रहेकाले व्यक्तिगत श्रम स्वीकृतिमा जानेको संख्या बढेको पाइएको छ ।

युरोपेली मुलुक रोमानिया नेपालीहरुको आकर्षक श्रम गन्तव्य रहे पनि त्यहाँ संस्थागत (म्यानपावरबाट) भन्दा पनि व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीका लागि जाने गरेको देखिएको छ । नेपाल र रोमानियाबीच द्विपक्षीय श्रम सम्झौता भए पनि पछिल्लो समय व्यक्तिगतरुपमा जाने कामदारको संख्या बढेपछि सरकारले निगरानीसमेत बढाएको छ ।

व्यक्तिगत श्रम स्वीकृतिले जोखिम बढाउने भन्दै म्यानपावरबाट भन्दा पनि व्यक्तिगतरुपमा जानेको संख्या बढ्नुको कारण खोजी गर्नुपर्ने अवस्था आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । व्यक्तिगतरुपमा रोमानिया जाने नेपालीको संख्या उच्च देखिएकाले यसलाई सूक्ष्मरुपमा हेर्न खोजिएको छ,’ उनले भने, ‘व्यक्तिगतरुपमा जानेहरु चर्को आर्थिक भारमा नपरून्, नठगिऊन् र सुरक्षित रोजगारीको प्रत्याभूति हुनुपर्छ भनेर केही प्रोटोकल व्यवस्था गर्न खोजिएको छ ।’ 

Hardik health

विभागको तथ्यांकअनुसार रोजगारीका लागि रोमानिया जाने नेपालीको संख्या उच्च दरले बढेको छ । विभागका अनुसार आव २०७८/७९ मा व्यक्तिगत श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या एक हजार २४५ जना थियो । आव २०७९/८० मा यो संख्या पाँच हजार ४२९ पुग्यो भने गत आव २०८०/८१ मा झनै बढेर आठ हजार ४६४ पुगेको छ । पछिल्लो तीन वर्षको विवरण हेर्ने हो भने पनि व्यक्तिगतरुपमा रोमानिया जाने कामदारको संख्या ठूलो देखिन्छ ।

व्यक्तिगतरुपमा रोमानिया जाने नेपालीको संख्या बढ्दै गए पनि म्यानपावरमार्फत जाने संख्यामा कमी आएको छ । आव २०७८/७९ मा म्यानपावरले पाँच हजार १६६ जनालाई रोमानिया पठाएका थिए । आव २०७९/८० मा यो संख्या बढेर सात हजार ७०८ पुगे पनि गत आवमा चार हजार २३६ जनामात्रै म्यानपावरबाट रोमानिया पुगे ।व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको संख्या बढ्दै गएका कारण आगामी दिनमा समस्या नआओस् भनेर सरकारले रोमानिया रोजगारीलाई व्यवस्थित गर्न खोजिरहेको प्रवक्ता घिमिरेले बताए । युरोपबाट आएका मागपत्र प्रमाणीकरणमा समस्या भएका कारण पनि व्यक्तिगतरुपमा जानेको संख्या बढेको हुनसक्ने भन्दै यसरी जाँदा ठगिने र जोखिममा परिने संभावना रहेकाले सम्बन्धित पक्षलाई सचेत रहन घिमिरेले आग्रह गरे ।
  

 


प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह शुक्रबार, जेठ १५, २०८३
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो शुक्रबार, जेठ १५, २०८३
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट शुक्रबार, जेठ १५, २०८३
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न शुक्रबार, जेठ १५, २०८३
चुनावमा जान संघलाई प्रशासनको अनुमति
चुनावमा जान संघलाई प्रशासनको अनुमति बिहीबार, जेठ १४, २०८३
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं'
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं' बिहीबार, जेठ १४, २०८३
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP