Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्राविधिक समस्याले रोकियो ‘फेसटाइम’ र ‘आइरिस’ प्रणाली
प्राविधिक समस्याले रोकियो ‘फेसटाइम’ र ‘आइरिस’ प्रणाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १६, २०८१

काठमाडौं– वैदेशिक रोजगारीमा जानुपूर्व लिइने अभिमुखीकरण तालिममा मंगलबारबाट लागू गर्न खोजिएको ‘फेसटाइम एटेन्डेन्स’ र ‘आइरिस रिकग्निसन’ प्रणाली रोकिएको छ । अभिमुखीकरण तालिमप्रदायक संस्थाहरुले उक्त प्रणाली जडान गर्न प्राविधिक समस्या आएको भनी गुनासो गरेपछि मिति सारिएको वैदेशिक विभागले जनाएको छ । 

विभागले मंगलबार नै एक सूचना जारी गर्दै दशैँअघि अर्थात् यही असोज १६ देखि २३ गतेसम्म बायोमेट्रिक फिंगरप्रिन्ट सिस्टमले काम गर्ने उल्लेख गरेको छ । यद्यपि दसैं बिदा सकिएलगत्तै असोज २९ गतेबाट फेसटाइम र आइरिस रिकग्निसन प्रणाली अनिवार्य लागू हुने बताइएको छ । यसका लागि आवश्यक पूर्वतयारी गर्न सबै अभिमुखीकरण व्यवसायीहरुलाई जानकारी दिइएको विभागले जनाएको छ ।  

यसअघि विभागले असोज ११ गते सूचना जारी गर्दै असोज १५ गतेदेखि अनिवार्यरूपमा फेसटाइम र आइरिस प्रणाली लागू गर्न निर्देशन दिएको थियो । विभागले गत वर्षदेखि नै उक्त प्रणाली लागू गर्न खोजे पनि पटक–पटक स्थगित हुँदै आएको छ । अहिले पुनः प्राविधिक समस्या आएको तथा व्यवसायीहरुको अनुरोधमा केही दिनपछि लागू गर्नेगरी पर सारिएको विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले बताए ।

‘व्यवसायीहरुले तत्काल सामग्री जुटाउन र जोड्न कठिनाइ भएको भन्दै केही समय पछि सार्न माग गर्नुभयो,’ उनले भने, ‘टेक्नोलोजी परिवर्तन गर्दा अलिअलि समस्या हुने नै भयो, त्यसलाई सम्बोधन गर्न पनि समय चाहिने भएकाले केही दिन थप गरेका हौं ।’विभागले अभिमुखीकरण तालिमप्रदायक संस्थाहरुलाई देखाएर आइरिस प्रणाली अहिलेलाई स्थगित गर्नुपरेको बताए पनि विभागकै कारण रोकिएको व्यवसायीहरु बताउँछन् ।

विभागले मंगलबारदेखि आइरिस प्रणाली लागू गर्ने सम्बन्धमा सबै अभिमुखीकरण तालिमप्रदायक संस्थाहरुलाई परिपत्र गरेको थियो । तर, लागू हुने दिन (मंगलबार) बिहान गरेको डेमो (नमूना) परीक्षणमा नै समस्या आएपछि एक्कासि समय सार्ने निर्णय आएको नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले बताए । ‘व्यवसायीसँग समय सार्ने सम्बन्धमा कुनै सल्लाह भएको छैन, हामीले नौ महिना अगाडि नै सबै सिस्टम जडान गरेर बसेका छौं,’ उनले भने, ‘सिस्टम लागू गर्नुपर्ने निकायले नै व्यवसायीलाई देखाएर आफ्नो कमजोरी ढाकछोप गर्नु राम्रो होइन ।’

२०८० असोज ७ गते मन्त्रीस्तरीय निर्णयबाट अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ मा दोस्रो संशोधन गरिएको थियो । संशोधनपश्चात् विभागले आवश्यक पूर्वाधार थप्न ३५ दिने सूचना जारी गरेको थियो । सोही आधारमा सबै  व्यवसायीले ठूलो खर्च गरेर पूर्वाधार निर्माण गरेको अध्यक्ष गौतमले बताए । ‘हामीले उही बेला १३ करोडभन्दा बढी लगानी गरेर आवश्यक पूर्वाधारसहित आइरिस सिस्टमसमेत जडान गरेका थियौं,’ उनले भने । अहिले व्यवसायीको आग्रहमा समय सार्नुपरेको कुरा झूठो भएको अध्यक्ष गौतमले दाबी गरे ।
अभिमुखीकरण तालिमप्रदायक संस्थाहरूले विदेश जाने कामदारहरुलाई तालिम नै नदिई प्रमाणपत्र दिने गरेको भन्दै चौतर्फी आलोचना भएपछि यसको सुधारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि, २०७६ संशोधन गरेर मापदण्ड थप गरेको थियो । जसमा प्रत्येक प्रशिक्षण कक्षामा ८४ इञ्चको (एन्ड्रोइड १३, र्‍याम आठ जिबी, एचडिडी १२८ भएको) स्मार्ट बोर्ड दुईवटा, कम्प्युटर, प्रिन्टर र विभागको फेइम्स प्रणालीसँग मेल खाने आइरिस रेटिना हाजिर मेसिन (आइरिस स्क्यानर) अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । 
 


प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP