Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बाढीपहिरोका कारण कोरिया जाने श्रमिकको स्वास्थ्य परीक्षण स्थगित
बाढीपहिरोका कारण कोरिया जाने श्रमिकको स्वास्थ्य परीक्षण स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १४, २०८१

काठमाडौं– दक्षिण कोरियामा जान रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षण उत्तीर्ण गरेका श्रमिकहरुको स्वास्थ्य परीक्षण स्थगित भएको छ । भारी वर्षाका कारण देशका अधिकांश भू–भागमा आएको बाढीपहिरोले यातायात आवागमन अवरुद्ध भएपछि स्वास्थ्य परीक्षण कार्य हाललाई स्थगित गरिएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी दिएको छ ।

शाखाले आइतबार एक सूचना जारी गर्दै अब यातायातको सहज अवस्था भएपछि मात्रै स्वास्थ्य परीक्षण गराउन सकिने उल्लेख गरेको छ । शाखाले इपिएस भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षा र सीप परीक्षणमा पास भएकालाई स्वास्थ्य परीक्षणका लागि असोज १४ गतेसम्मको समय दिइएको थियो । तर, बाढीपहिरोका कारण यातायातमा भएको समस्या सुधार र सुरक्षित नभएसम्म स्वास्थ्य परीक्षण नगराउने निर्णय गरिएको शाखाले जनाएको छ ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठाउँ–ठाउँमा बाटो अवरुद्ध भई जनजीवन प्रभावित भएकाले तोकिएको समयमा स्वास्थ्य परीक्षण गर्न नसकेकालाई यातायात सहज र सुरक्षित भएपछि स्वास्थ्य परीक्षण गराउँदा हुने बताइएको छ । यद्यपि, स्वास्थ्य परीक्षण कहिलेसम्म गरिसक्नुपर्ने भन्ने उल्लेख नगरेको शाखाले दसैंअघि नै गर्नुपर्ने संकेत गरेको छ । स्वास्थ्य परीक्षण कार्य सम्पन्न भएपछि दसैं बिदा सकेर अर्थात् यही असोज २९ पछिमात्रै रोजगार आवेदन फाराम इपिएस शाखाबाट एचआरडी कोरियाको सफ्टवेयरमा इन्ट्री गरी पठाउने शाखाले जनाएको छ ।

उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो सिफ्टको कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका आठ हजार ९३२ जनामध्ये आठ हजार १५१ जना सीप परीक्षणबाट छानिएका थिए । उनीहरुलाई असोज १४ गतेभित्र तोकिएको अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउन शाखाले गत ६ गते एक सूचना जारी गरेको थियो । यद्यपि, शाखाले बाढीपहिरोका कारण तोकिएको अस्पतालमा सम्पर्क गर्न नसकेका व्यक्तिहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य परीक्षण गर्ने कार्य पछि गराउन सकिने व्यवस्था गरेको बताएको छ ।

रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियामा जिटुजी सम्झौताअनुसार सन् २००८ देखि इपिएस प्रणालीमार्फत सरकारले नेपाली कामदार पठाउँदै आएको । त्यसका लागि भाषा परीक्षा अनिवार्य उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था छ । पछिल्लो समय भाषा परीक्षा उत्तीर्ण गरी सीप परीक्षणसमेत उत्तीर्ण भएकालाई मात्र कोरिया रोजगारीको रोस्टरमा राख्ने गरिएको शाखाले जनाएको छ ।
 


प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP