Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ८, २०८१

एएफपी -  न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल शिकार खोज्ने गर्दछ ।

वेलिङ्टनस्थित नेसनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमोस्फेरिक रिसर्च (एनआइवाइए) का वैज्ञानिकहरूका अनुसार अस्ट्रेलेसियन न्यारो–नोज्ड–स्पुकफिस अस्ट्रेलिया र न्युजिल्यान्डको गहिरो पानीमा बस्ने पाइएको छ । 

 यी नमूनाहरू चाथम राइज क्षेत्रमा गरिएको अनुसन्धानका क्रममा पत्ता लगाइएको थियो । चाथम राइज प्रशान्त महासागरको एक भाग हो र यो न्युजिल्यान्डको दक्षिणी टापू नजिक पूर्वतर्फ करिब एक हजार किलोमिटर फैलिएको छ ।

Hardik health

घोस्ट सार्क वा किमेरा सार्क र किरणहरूसँग सम्बन्धित छन् तर यी माछाको त्यस्तो समूहका अङ्ग हुन् जसको कङ्काल पूर्ण रूपमा नरम हाडले बनेको हुन्छ । स्पुकपिस नामले पनि चिनिने घोस्ट सार्कका काला आँखा र चिल्लो, हल्का खैरो र कत्लारहित छाला हुन्छ । 
    
 तिनीहरूले आफ्नो विशिष्ट चुच्चो जस्तो मुख प्रयोग गरेर दुई हजार छ सय मिटरसम्मको गहिराइमा क्रस्टेसियनहरू खान्छन् । अनुसन्धान वैज्ञानिक ब्रिट फिनुक्सीले भन्नुभयो, “यस्ता प्रकारको घोस्ट सार्क धेरै हदसम्म समुद्रको पिँधमा सीमित हुन्छन् ।” उहाँले यस नयाँ प्रजातिलाई आफ्नी हजुरआमाको सम्झनामा ‘हेरियोटा एभिया’ वैज्ञानिक नाम दिनुभयो । 

“तिनीहरूको वासस्थानका कारण तिनीहरूलाई अध्ययन र अनुगमन गर्न कठिन हुन्छ, यसको अर्थ हामी तिनीहरूको जीवविज्ञान वा खतराको स्थितिबारे धेरै जान्दैनौँ तर यसले यस्ता खोजहरूलाई अझ रोमाञ्चक बनाउँछ”, उनले भने । वैज्ञानिकहरूले स्पुकफिस आनुवांशिक रूपमा र आकारका आधारमा फरक छ भन्ने पत्ता लगाउनुअघि यसलाई विश्वव्यापी रूपमा वितरित एकल प्रजातिको हिस्सा मानिन्थ्यो ।


प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता मंगलबार, कात्तिक २५, २०८२
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार बुधबार, कात्तिक १९, २०८२
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के?
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के? मंगलबार, कात्तिक १८, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP