Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विना प्रमाण उजुरी दर्ता नगर्न व्यवसायीको माग 
विना प्रमाण उजुरी दर्ता नगर्न व्यवसायीको माग 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २८, २०८१

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुले विना प्रमाण उजुरी दर्ता गर्न नहुने माग गरेका छन्  । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनमा आवद्ध व्यवसायीहरुको प्रतिनिधि मण्डलले वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीसँग बिहीबार भेट गरी उक्त माग गरेका हुन् । 

लोकतान्त्रिक एशोसियसनले महानिर्देशक खत्रीलाई सफल कार्यकालको शुभकामना दिंदै पछिल्लो समय विना प्रमाण उजुरी दर्ता गर्दा नकारात्मक परिणामहरू देखा परेको उल्लेख गरेको छ । विशेष गरी व्यक्तिगत लेनदेन र अन्य विभिन्न प्रकारका घटनालाई समेत वैदेशिक रोजगारीको नाममा उजुरी दर्ता गरिनुले विभागको कार्य क्षमतासमेत असर पर्न गएको भन्दै महानिर्देशक खत्रीको ध्यानाकर्षण गराइएको छ । तसर्थ ईजाजतवाला संस्थाहरु (म्यानपावर कम्पनी)का बिरुद्धमा उजुरीहरू दर्ता गर्नु अघि प्रमाणको आधार अनिवार्य बनाउनु पर्नेमा एशोसियसनले जोड दिएको छ । 

त्यस्तै केही व्यक्ति तथा समुहहरुले आफ्नो स्वार्थ पूर्ति गर्नको लागि पनि अनाधिकृत उजुरी दर्ता गर्दा व्यवसायीहरु समस्यामा पर्ने गरेको बताइएको छ । एशोसियसनले महानिर्देशक खत्रीलाई बुझाएको अनुरोधपत्रमा केहि व्यक्तिहरु मिडियाकर्मी, सामाजिक अभियन्ता, वा अन्य तेस्रो पक्षका नातेदारका रूपमा विभागमा प्रवेश गरेर उजुरी दर्ता गर्ने गरेकाले रोक्नुपर्ने उल्लेख गरिएको छ । उजुरीका कारण  व्यवसायीहरुले मानसिक तनावका साथै आर्थिक नोक्सानी खेप्नु परेको भन्दै त्यस्ता उजुरीहरुमा विभागलेसमेत अनावश्यक समय र स्रोत खेर फाल्नु परेको एशोसियसनको जिकिर छ । 

Hardik health

अनाधिकृत तथा व्यवसायी लक्षित उजुरी लिंदा प्रमाणका आधारमा लिई समस्या समाधानको लागि विभागले सम्बन्धी व्यक्तिहरुको पहिचान गर्न परिचयपत्र, पिडितहरुसँगको सम्बन्ध यकिन तथा अनिवार्य गर्नुपर्नेमा जोड दिइएको छ । जसका कारण श्रमिकहरुको समस्याको निष्पक्ष समाधानलाई सुनिश्चित गर्न र व्यवसायीहरुलाईसमेत कानूनी सुरक्षा प्रदान गर्न मद्दत पुग्ने एशोसियसनले विश्वास लिएको छ । 

त्यसैगरी कुनै पनि व्यवसायीविरुद्ध उजुरी दर्ता गर्नु अघि अनिवार्यरुपमा मेलमिलापको प्रक्रियालाई अघि बढाउन विभागसँग माग गरिएको छ । सम्बन्धित पक्षहरुसँग प्रारम्भिक छलफल नगरी उजुरी दर्ता गर्दा लामो कानूनी प्रक्रियामा फस्नुपर्ने स्थिति आउने भएकाले विना आधार र प्रमाण उजुरी दर्ता नगर्न विभागका महानिर्देशक खत्रीलाई आग्रह गरिएको एशोसियसनका महासचिव महेश कुमार बस्नेतले बताए ।  

‘विभाग परिसरमा नै मेलमिलाप कक्ष छ र त्यहाँ गरिने छलफलबाटै समस्याको समाधान गराउन सकिन्छ,’ उनले भने, ‘महानिर्देशक (सूर्य बहादुर खत्री) ज्यूको सफल कार्यकालको शुभकामना व्यक्त गर्न र विना प्रमाण व्यवसायीविरुद्ध पर्ने उजुरीहरुको न्यायोचित सम्बोधन हुन सकोस् भन्ने उदेश्यले विभागमा गएका हौं ।’ मेलमिलाप प्रक्रियामा नजाँदै उजुरी दर्ता गर्दा, सम्बन्धित पक्षहरुलाई थप समस्या सिर्जना हुने उनको भनाई छ । मेलमिलापको प्रयासले उजुरीहरुको संख्या घटाउन, कानूनी प्रक्रियालाई सहजीकरण गर्न, र व्यवसायीक वातावरणलाई शान्तिपूर्ण बनाउन सघाउ पुग्ने बस्नेतले बताए ।

आगामी दिनमा यस्ता परिस्थितिहरुलाई रोक्न र उजुरी दर्ता गर्नु अघि मेलमिलाप कक्षमा अनिवार्य छलफल गराउनुपर्ने व्यवस्था मिलाउन एशेसियसनले आग्रह गरेको छ । वैदेशिक रोजगार क्षेत्रको समय अनुकुलको सुधारले देशको दिगो विकास र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसमा संलग्न व्यवसायीहरुलाई आवश्यक नीतिगत सहजीकरण र कानूनी संरक्षण प्रदान गर्नुपर्नेमा एशोसियसनले जोड दिएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या र व्यवसायीहरुको कठीनाई हल गर्न सबै सरोकारवालासँग समन्वय र सहकार्यका साथ आफु अघि बढ्ने विभागका महानिर्देशक खत्रीबाट प्रतिवद्धता व्यक्त भएको महासचिव बस्नेतले जानकारी दिए ।  

 


प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सीप सिकेर जापान जाने बढी, साइप्रसमा सिपबिनै
सीप सिकेर जापान जाने बढी, साइप्रसमा सिपबिनै आइतबार, मंसिर २८, २०८२
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध शुक्रबार, मंसिर २६, २०८२
१३ वर्षमा वैदेशिक रोजगारीमा पुगे ७६ लाख युवा 
१३ वर्षमा वैदेशिक रोजगारीमा पुगे ७६ लाख युवा  शुक्रबार, मंसिर २६, २०८२
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने बिहीबार, मंसिर २५, २०८२
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ बुधबार, मंसिर २४, २०८२
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP