Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मृतक श्रमिकका परिवारलाई ७० करोड हस्तान्तरण, उपचारमा साढे १९ करोड खर्च
वैदेशिक रोजगार बोर्डको प्रगति विवरण मृतक श्रमिकका परिवारलाई ७० करोड हस्तान्तरण, उपचारमा साढे १९ करोड खर्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २७, २०८१

काठमाडौं– वैदेशिक रोजगार बोर्डको सचिवालयले ढिलोगरी गत आर्थिक वर्ष २०८०÷८१ को कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । बोर्डले प्रगति विवरणमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेदेखि श्रमाधान कल सेन्टर सञ्चालनसम्म उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा एक वर्षमा मृत्यु भएका एक हजार ३४६ जनाका परिवारलाई ६९ करोड ९९ लाख पाँच हजार रुपैयाँ रुपैयाँ हस्तान्तरण गरेको बोर्डले जनाएको छ । बिरामी एवं अंगभंग भएका कामदारलाई स्वास्थ्य उपचार खर्चबापत १९ करोड ४६ लाख ८५ हजार रुपैयाँ र कामदारको परिवारको सदस्यलाई स्वास्थ्य उपचार खर्च एक करोड २२ लाख ६५ हजार रुपैयाँ प्रदान गरिएको बताइएको छ ।

यस्तै शवबहान सेवामा तीन करोड ४१ लाख ५८ हजार, विदेशमा अलपत्र शव नेपाल ल्याउन र समन्वय गर्न तीन करोड ७३ लाख १२ हजार, अलपत्र कामदारको उद्धार तथा समन्वयमा तीन लाख २० हजार रुपैयाँ खर्च भएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।


यसैगरी वैदेशिक रोजगारीका लागि जाने महिलाहरुलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पिडिओटी)मा शोधभर्नाबापत १० लाख ९० हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । वैदेशिक रोजगारबाट फर्किएका वा जान चाहने कामदारलाई लक्षित गरी १९ वटा संस्थासँग १३ वटा सीपमूलक तालिम सञ्चालन गरिएको र त्यसमा छ हजार १३ जनालाई एक महिने निःशुल्क सीप तालिम उपलब्ध गराइएको बोर्डको भनाइ छ ।

साथै, वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भएका कामदारको परिवारका बालबालिकाहरुको विवरण संकलन गरी दुई हजार २३३ जनालाई आर्थिक सहयोग भुक्तानी गरिएको उल्लेख छ । ती बालबालिकालाई भुक्तानी गरिएको रकम भन्ने खुलाइएको छैन । यस्तै वैदेशिक रोजगारीमा गएका कामदारका सन्ततीलाई प्रदान गरिने छात्रवृत्ति कार्यक्रमलाई प्रगतिको ‘माइलस्टोन’ (कोशेढुंगा) मानिएको छ । जसमा एक हजार ८७४ जनाले छात्रवृत्ति पाएका बोर्डले उल्लेख गरेको छ ।

बोर्डले श्रमाधान कल सेन्टर सञ्चालनलाई पनि प्रगति विवरणमा समेटेको छ । गत आर्थिक वर्षमा ८६ हजार ८४९ जना सेवाग्राहीलाई श्रम मन्त्रालय र मातहतका सबै निकायहरुसँग सम्बन्धित जिज्ञासा, गुनासा, सुझाव र उजुरीका सम्बन्धमा सेवा प्रदान गरिएको उल्लेख छ । यस्तै एक वर्षको अवधिमा रोजगारीका लागि विदेशमा रहेका तीन हजार ३१ जनाले स्वास्थ्य सेवासम्बन्धी टेलिमेडिसिन सेवा लिएको बताइएको छ । बोर्डको प्रगति विवरणमा धेरै संख्यामा नेपाली कामदार कार्यरत मुलुकमा स्वास्थ्य शिविर सञ्चालन गरेको पनि उल्लेख छ । छ वटा मुलुकमा स्वास्थ्य शिविर चलाइएको भनिए पनि कुन–कुन देश भनेर खुलाइएको छैन ।

बोर्डले विदेशी भूमिमा विभिन्न कारणले अप्ठ्यारोमा परेका, जेल सजाय पाएका नेपाली कामदारको कानुनी प्रतिरक्षा गरेको, विभिन्न नियोगहरुका सुरक्षित गृह सञ्चालनमासहयोग गरेको, नेपाली दूतावासहरुमा श्रमसँग सम्बन्धित जनसम्पर्क सहायक कर्मचारी व्यवस्थापन गरेको, वैदेशिक रोजगारीबाट फर्केका र वैदेशिक रोजगारीमा गएका कमदारको परिवारका सदस्य गरी एक हजारलाई सीप विकास तथा वित्त विकास तालिम दिएको, समय–समयमा अभिमुखीकरण तालिमप्रदाय संस्थाहरुसँग अन्तरक्रिया तथा छलफल गरेको, अभिमुखीकरण तालिम तथा मोबाइल एप निर्माण गरिएको, प्रशिक्षक प्रशिक्षण तालिम दिइएको र वैदेशिक रोजगारीमा गएका कामदारका परिवारसँग गरिएको भेटघाट तथा अन्तरक्रियालाई पनि प्रगति विवरणमा समेटेको छ । 

यस्तै वैदेशिक रोजगार सचेतना अभिवृद्धिका लागि श्रव्यदृष्य सामग्री उत्पादन तथा प्रसारण, स्थानीय तहमा वैदेशिक रोजगारसम्बन्धी नागरिक वडापत्र राख्ने, आप्रवासी कामदार दिवस मनाउने, मनोपरार्श सेवा सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका कामदारको स्वास्थ्य परीक्षण गराइएको, विदेशबाट फर्किएका तीन हजारलाई उद्यमशीलता विकास गर्न सीप विकास तालिम दिइएको, नयाँ तथा आकर्षक श्रम गन्तव्यको खोजीका लागि समिति गठन तथा परिचालन गरिएको, वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन भएको, वैदेशिक रोजगारसम्बन्धी मेला प्रदर्शनीमा भाग लिएकोलाई प्रगति विवरणमा उल्लेख छ ।
 


प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP