Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • केयर गिभरका लागि आवेदन दिएका सयभन्दा बढीको प्रमाणपत्रमा कैफियत 
केयर गिभरका लागि आवेदन दिएका सयभन्दा बढीको प्रमाणपत्रमा कैफियत 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २६, २०८१

उच्च शिक्षाको प्रमाणपत्र प्रस्ट नदेखिएको, चारित्रिक प्रमाणपत्र नभएको, पूरा अवधि तालिम नगरेको, तालिम प्रदायक संस्था सूचीकृत भएको नपाइएको, तालिम लिएको प्रमाणपत्रमा उल्लेख गरिएको मितिभन्दा पछि राहदानी जारी भएकोलगायतका कैफियत

काठमाडौं– इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर)मा जान आवेदन दिएर लक्की ड्रमा सहभागी गराइएका १०० जनाभन्दा बढीको प्रमाणपत्रमा कैफियत भेटिएको छ । केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये वैदेशिक रोजगार विभागले छनोट गरेका तीन हजार ४६१ जनामाथि पनि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले गरेको छानबिनमा १०० जनाभन्दा बढीको प्रमाणपत्रमा कैफियत भेटिएको हो ।

केयर गिभरमा जान दिएको आवेदनमा नक्कली कागजात पेस गरेको भन्दै चौतर्फी प्रश्न उठेपछि मन्त्रालयले गत साउन २५ गते उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले तयार पारेको प्रतिवेदन मन्त्रालयमा बुझाउँदै छानबिनको क्रममा आवेदन दिएर छनोट सूचीमा परेका १०० जनाभन्दा बढीको प्रमाणपत्रमा कैफियत भेटिएको उल्लेख गरेको छ । प्रतिवेदन गत बिहीबार मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई बुझाइएको थियो ।

प्रतिवेदनमा कतिपयको उच्च शिक्षाको प्रमाणपत्र प्रस्ट नदेखिएको, चारित्रिक प्रमाणपत्र नभएको, पूरा अवधि तालिम नगरेको, तालिम प्रदायक संस्था सूचीकृत भएको नपाइएको, तालिम लिएको प्रमाणपत्रमा उल्लेख गरिएको मितिभन्दा पछि राहदानी जारी भएकोलगायतका कैफियत भेटिएको बताइएको छ । समितिले दिएको प्रतिवेदनअनुसार सामान्य त्रुटि भएकाहरुको संख्या १५० कै हाराहारीमा रहेको र गम्भीर त्रुटि गर्ने १०० जनाभन्दा बढी हुनसक्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

‘संख्या यत्ति नै भन्ने छैन, छानबिन समितिले दिएको प्रतिवेदनमाथि थप अध्ययन गरेपछि निश्चित संख्या छुट्याइने छ,’ उनले भने । प्रवक्ता घिमिरे विभागको महानिर्देशक हुँदा इजरायल रोजगारीका लागि दुई हजार केयर गिभरको आवेदन माग भएको थियो । जसमा चार हजार २४ जनाको आवेदन परे पनि कागजात अपुग भएका र शंकास्पद कागजात पेस गरेका ५६३ जनाको आवेदन रद्द गरिएको थियो । तत्पश्चात् विभागले तीन हजार ४६१ जनाको नाम छनोट गरेर गत साउन २१ गते ‘नेमचेक’ का लागि इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिबा)लाई पठाएको थियो ।

विभागले पठाएको सूची समावेश गरी पिबाले लक्की ड्रमार्फत दुई हजार २०० जनाको नामावली छनोट भएको सार्वजनिक ग¥यो । यद्यपि मन्त्रालयको छानबिन चलिरहेकै समयमा पिबाले लक्की ड्र घोषणा गरे पनि छनोटमा परेकाहरुको सूची हालसम्म पनि नेपाललाई औपचारिकरुपमा उपलब्ध गराएको छैन । मन्त्रालयबाट प्रतिवेदनमाथि आवश्यक निर्णय गरेपछि पिबाले लक्की ड्रमार्फत छनोटमा परेकाहरुको सूची पठाउने प्रवक्ता घिमिरेले बताए । पिबाले लक्की ड्रबाट २२ सय जनाको नाम छनोट गरेकोमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहेको उल्लेख गरेको छ । 

मन्त्रालयले इजरायलमा केयर गिभरमा जान दिएका आवेदनहरुमा कैफियत देखिएको भन्दै छानबिन चलिरहेको बताएको छ । रोजगार व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव गोविन्दप्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै केयर गिभरका लागि परेका केही आवेदकहरुले पेस गरेका कागजातमा कैफियत देखिएकाले हाल छानविनको प्रक्रियामा रहेको उल्लेख गरेका छन् । छानबिन प्रक्रिया सम्पन्न भएपश्चात्मात्रै थप प्रक्रिया अगाडि बढाइने रिजालले बताए । 

 


प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
दक्षिण कोरियामा विदेशी कामदारमाथि हुने दुव्र्यवहार बढ्दो
दक्षिण कोरियामा विदेशी कामदारमाथि हुने दुव्र्यवहार बढ्दो शुक्रबार, भदौ ६, २०८२
साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो 
साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो  बिहीबार, भदौ ५, २०८२
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा बुधबार, भदौ ४, २०८२
कोरियाली प्रहरीले थाल्यो विशेष कारबाही
कोरियाली प्रहरीले थाल्यो विशेष कारबाही मंगलबार, भदौ ३, २०८२
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन सोमबार, भदौ २, २०८२
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग आइतबार, भदौ १, २०८२
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP