Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संविधान संशोधन गर्न बृहत् छलफल
सत्ता गठबन्धनको निर्णय संविधान संशोधन गर्न बृहत् छलफल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, भदौ २५, २०८१
  • राजनीतिक दल र सम्बन्धित पक्षको सहभागितामा संविधान संशोधनका लागि बृहत् छलफल गरिने
  • प्रमुख प्रतिपक्षी दल माओवादी पनि संविधान संशोधनका लागि सकारात्मक 
  • संशोधन के–के मा गर्ने भन्ने विषय टुंगो लाग्न बाँकी
  • समानुपातिक निर्वाचन प्रणाली फाल्ने पक्षमा कांग्रेस र एमाले, माओवादी विपक्षमा

काठमाडौं– सत्ता गठबन्धनले संविधान संशोधन गर्न बृहत् छलफल गर्ने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको गठबन्धनमा सहभागी दलहरुको बैठकले प्रमुख राजनीतिक दल र सम्बन्धित पक्षको सहभागितामा संविधान संशोधनलाई प्राथमिकतामा राखेर छलफल गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच १७ असारमा सत्ता सहकार्यका लागि भएको सातबुँदे सहमतिबमोजिम संविधान संशोधनका लागि बृहत् छलफल गर्ने निर्णय भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् । ‘संविधान संशोधन गर्न सबै दलसँग बृहत् छलफल गर्ने कुरा भएको छ । सबै दलको विचार विमर्श बुझेर संविधान संशोधनको विषयलाई निष्कर्षमा पु¥याउन बैठक केन्द्रित भयो,’ सत्ता गठबन्धनमै रहेको दल नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बैठकपछि भनिन् । 

उनले संविधान जारी हुँदा धेरै पक्ष असन्तुष्ट रहेको बताइन् । असन्तुष्टिलाई सम्बोधन गर्दै संविधानको सर्वस्वीकार्यता बढाउन पनि संशोधन अनिवार्य रहेको उनको भनाइ छ । ‘राजनीतिक दल र असन्तुष्ट पक्षसँग छलफल गरी अघि बढ्ने निष्कर्षमा हामी पुगेका छौं । यसका साथै सरकारलाई बलियो र कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले जोड दिनुभयो,’ अध्यक्ष श्रेष्ठको बताइन् । 


कांग्रेस–एमाले सम्मिलित सत्ता गठबन्धन बनेपछि संविधान संशोधनको सन्दर्भलाई लिएर सोमबार पहिलोपटक बैठक बसेको हो । यसअघि संविधान संशोधनकै मुद्दालाई लिएर बैठक बसेको थिएन । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत प्रतिपक्षी दलहरूले भने यसअघि कांग्रेस–एमालेले भ्रष्टाचारजन्य काण्डको अनुसन्धानलाई प्रभावित पार्न सत्ता गठबन्धन बनाएको आरोप लगाउँदै आएका थिए । यहीबेला दुई दलले साना सत्ता घटकहरूको उपस्थितिमा संविधान संशोधनार्थ बृहत् छलफल आयोजना गर्ने समझदारी गरेका हुन् ।

Hardik health

बालुवाटार बैठकपछि एमाले प्रमुख सचेतक महेशकुमार बर्ताैलाले संविधान संशोधनका अलवा सरकार र संसद्को कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट अघि बढाउने विषयमा छलफल भएको बताए । उनले प्रभावसँग भने, ‘सरकारका समग्र काम प्रक्रियाहरूमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? भन्नेबारेमा पनि छलफल भयो ।’

कांग्रेस–एमालेले निर्वाचन प्रणाली संशोधनलाई प्राथमिकतामा राखेका छन् । हाल मिश्रित निर्वाचन प्रणाली कायम छ । अर्थात् प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणाली कार्यान्वयनमा छन् । यी दुईमध्ये समानुपातिक प्रणालीलाई हटाउन दुई दलले चाहेका छन् । समानुपातिक प्रणाली कायम रहँदा कुनै पनि दलको एकल बहुमत नआएको भन्दै यो प्रणालीलाई हटाउनुपर्ने पक्षमा दुई दल छन् । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रियसभामा समानुपातिक प्रणालीलाई कायम राखेर प्रतिनिधिसभामा हटाउँदा उपयुक्त हुने बताएका छन् । ‘पूरापुर समानुपातिक निर्वाचन प्रणालीलाई फालौं भनेको होइन । तर, यसको व्यवस्थापन गरौं भनिएको हो, मतलव माथिल्लो सदनमा राखौं, तल्लोमा हटाऔं,’ उनले भने । प्रवक्ता महत समानुपातिक कोटाबाटै सांसद मनोनीत भएका हुन् । तर, उनको दल कांग्रेससहित एमाले समानुपातिक प्रणालीलाई हटाउने पक्षमा देखिएका छन् । यहीबीच संविधान संशोधनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एउटा कार्यदल हालै बनाइसकेको छ । लोसपाले नेता लक्ष्मणकाल कर्णको नेतृत्वमा कार्यदल बनाएको हो । कांग्रेस–एमालेले पनि कार्यदल गठन गर्न बाँकी छ । 

यस्तै, संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र पनि संविधान संशोधनका लागि तयार देखिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हक अधिकार र प्राप्त उलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गरे ।उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट गरे । त्यही भएर संविधान संशोधन गरिँदा समानुपातिक निर्वाचन प्रणाली हटाउने सन्दर्भमा भने माओवादीको समर्थन नरहने दाहालले बताए । 

माओवादीले यसअघि संविधान संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान तयार हुन कांग्रेस र एमालेलाई आग्रह गरेको थियो । उसले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्वीकार्न भनेको थियो । तर, माओवादीका यी दुवै प्रस्तावबारे दुई दलको जवाफ आएन । यसअघि नागरिकतासम्बन्धी संविधानको प्रावधानमा संशोधन भएको छ । निशान छापमा लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटिएको राजनीतिक तथा प्रशासनिक नक्साका लागि संविधान संशोधन गरिएको थियो ।

संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउने सरकारको तयारी छ । स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बन्ने सम्भावना छ । समितिले दिएको राय र सुझावका आधारमा संविधान संशोधनबारे सरकारले बृहत् छलफल गरी अघि बढ्ने मनस्थिति बनाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP