Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
विचार
  • Home
  • विचार
  • आकाशजस्तै अटल ‘बा’ !
आकाशजस्तै अटल ‘बा’ !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, भदौ १८, २०८१

सेतै कपाल, क्रमश खुइलिएको तालु । चाउरिएको निधारमा ठाडो चन्दनको टीका अनि ढ्याप्रे पावरवाला चस्माले नाकको चुच्चोमा थिचिरहेको अनुहार । खासै कुनै चिन्ता लिएको हो जस्तो पनि नलाग्ने । अनि गहिरो चिन्ताले डुबाइरहेको जस्तो भाव छचल्किने ! बुढ्यौली शरीर उभिँदा आफैंले पनि सम्हाल्न कठिन भई कुप्रिएर कसैलाई हेर्न परे अग्लो घण्टाघरको घण्टीको समय हेरेजस्तो गर्नुपर्ने अवस्था छ । साँच्चै नै अधिकांश उमेर पाकेकाहरुको ‘बा’ ।

जन्मदिने बा (बुबा) । आकाश हुन् । गर्मीमा शीतल अनि जाडोमा ताप बासँगै छ । तर, आजकल धेरै बाहरुको आँखामा आँसु नछछल्किएर भित्रै लुकेर बसेको छ । बालाई आकाश भनिरहँदा आकाश भने भदौरे झरी बनेर रोइदिन्छ । कहिले पीडामा रुन्छ त कहिले खुसीमा रुन्छ । त्यो आकाशभन्दा पनि ठूला छन् बा ।
बाले जस्तै कठिन र कष्टकर अवस्थामा पनि आँसु खसालेनन् । वन डढेको त सबैले देखेकै छन् । तर बाको मन डढेको कसैले देख्दैनन् । किनकि त्यो रापिलो डढेलो सहनसक्ने हुन्, बा । खिस्स हाँसेर पीडा लुकाउनसक्ने हुन्, बा । जिम्मेवारीबाट कहिल्यै पन्छिन नसक्ने बा ।

डढेलो होस् वा वर्षाको डुबानमा निथ्रुक्कै भिजेर पनि सम्हालिने शक्तिशाली बा ! आफू महिनौं एकछाक वा भोकै बसेर पनि सन्तानका लागि खुसी देखाउनसक्ने बा । बा भोकै छन्, बा बिरामी छन् । बा चाउरी परेर सुकेको पातजस्तै भएका छन् बा । बिर्सने रोगले आफैंलाई चिन्न नसक्ने भएका छन् । रोगले ओछ्यानमा कोल्टे फेर्न नसक्ने अवस्थामा छन्, बा । पानी पिउँदा पनि घाँटीमा सर्केर अवस्थामा छन्, बा । तर पनि शक्तिशाली र खुसी देखिएका छन् बा । 

Hardik health

आखिर बा हुन् । भक्कानिएर आँसु झार्न सक्दैनन् । मनका वेदना कसैसँग पोख्न सक्दैनन् । छोरा थिए बा । नाति थिए बा । लोग्ने भए बा । ससुरा भए बा । हजुरबुवा भए बा । तर कठिन परिस्थितमा पनि विचलिन हुन सकेनन् बा । बाका लागि राज्य भएन । बाका लागि सरकार बनेन । बरु सरकारका लागि पटक–पटक कष्टकर जीवन बिताउनुपर्ने अवस्था आयो बाका लागि । दुर्भाग्य बन्दै छ । आज बाहरु विस्तारै एक्लिँदै छन् । घर रित्तो छ । बाको हातमा नीलो ठेलाका धर्साहरु खै कहिलेको हो देखिन थालेको छ । तर, पैतालामा काँडाले घोचिरहँदा पनि आँसु दबाएर हाँसो देखाउनसक्ने आकाश बा ।

आजकाल सबैका बा । खिन्न मन लिएर बसेका बा । किनकि बाको परिभाषा बदलिदिएका छन् । बाको महŒवलाई चुडालिदिएका छन् । बामाथि राजनीति गर्न थालेका छन् । बा आकाश हुन् । जसरी आकाश एउटै छ बा पनि एउटै हुन् । तर, अहिले झुण्ड–झुण्डमा बा । मण्डल–मण्डलमा बा । टोल–टोलमा बा त्यही भएर बाको मन रोएको छ । बा त कसरी सार्वजनिक होलान् र ! गाउँ रित्तो हुँदा बाले गाउँ छाडेनन् । सहर रित्तो बन्दै गर्दा पनि बाले सहर छाडेका छैनन् । देश रित्तो बनाइरहँदा पनि ‘बा’ ले देश छाडेका छैनन् । किनकि बा आकाश हुन् । 

आजकाल बाहरुको मनमा विद्रोह पलाएको छ । एक्लो महसुस गराएकै कारण पनि विद्रोह जन्माएको छ । हिमालका टाकुरामा हिउँझै शिरमा सेतो कपासजस्तै कपाल बोकेर हिँडिरहेका बाको मनभित्रको वेदनालाई मलम लगाउने छोराछोरी छैनन् । सात समुन्द्रपारिको संस्कृतिले आँखा टपक्कै टालिदिएको छ । 

चाउरी परेको निधार खडेरीले चिराचिरा परेको खेतजस्तै भएको छ । भदौरे झरीले बलेसीमा छियाछिया पारेजस्तै बाको मन पनि छिया छिया पारेको छ । सायद बाका लागि सुनिदिने नभएर पो हो कि ? बा बुझिदिने नभएर पो हो कि ? बल र शक्ति हुँदासम्म सास न बाससँग होमिएका ‘बा’ हरुले के पाएँ ? के पाउँलान् ? आकाश भन्दैमा सधैं घाममात्र लाग्नुपर्ने हो र ? वर्षा पनि त हुनुपर्छ । सिरकभित्र गुम्सिएर आफ्नो पीडा आफैंसँग पोख्नेबाहेक विकल्प छैन रे, बासँग । देशकै लागि लडेका बा हरु आज त्यही देशकै कारण एक्लो नितान्त एक्लो वन्दै गईरहेका छन् रे ? हो नि ? सव छोरा बा नै हुन् भविष्यका । तिनै भविष्यका बाहरुले बाका मनमा काँडाले घोचिरहने हो भने मनमा बिझेको काँडालाई नझिकिदिने हो भने अव के हुन्छ होला ? 

कुक्रुक्क परेर हिमालझैं अटल भन्दै शिरमा सेता हिउँ बोकेर बसिरहेका ‘बा’ का आँखामा आँसु छछल्किन थालेका छन् ! काँडा कुल्चिएर पैताला रक्ताम्मे हुँदा पनि साहस देखाएर किल्लामाथि हिँड्छु भन्ने बालाई कपासले पनि चिथोर्न थालेको छ । धमिलो आँखाले खै के ठम्याउन सक्ला र ? फेरि केटाकेटीजस्तै तोते तोते हुने बेला आएको छ । बालाई सामाजिक सञ्जालमा हैन मनभित्र रंगीन गराओस् भन्ने धोको छ । बालाई सेताम्य भएर पनि चिराचिरा परेको चाउरिएको अनुहार लिएर पनि त्यही साहसिक बा नै हुन मन छ । त्यसैले त ‘बा’ ‘बा’ नै हुन् । आकाश हुन् । नडगमाउने, सिंहझै गर्जन गर्ने बा नै हुन् ।
 


प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप विचार
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
गोली होइन, भोलि...
गोली होइन, भोलि... मंगलबार, साउन १२, २०८३
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर मंगलबार, साउन १२, २०८३
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था आइतबार, साउन १०, २०८३
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात !
ऊ बेला चुपचाप, अहिले पुर्पुरोमा हात ! मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP