Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • हवाई भाडा बढाइएकोप्रति संघको आपत्ति 
हवाई भाडा बढाइएकोप्रति संघको आपत्ति 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १७, २०८१

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय हवार्ई उडानको भाडादरमा अस्वाभाविक वृद्धि र कृत्रिम अभाव सिर्जना गरी बाध्यतावश विदेसिने नेपाली कामदारमाथि चर्को आर्थिक भार थोपरेको भन्दै आपत्ति जनाएको छ । वैदेशिक रोजगारीका मुख्य गन्तव्य मलेसियालगायत खाडी मुलुकहरुमा उडान भर्ने एयरलाइन्सहरुले एकतर्फीरुपमा हवार्ई भाडामा अस्वाभाविक वृद्धि गरेको भन्दै संघले विरोध जनाएको हो ।

संघले आइतबार एक विज्ञप्ति जारी गर्दै करिब छ महिना अगाडिदेखि नै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान नभई निरन्तर अन्तर्राष्ट्रिय हवार्ई भाडा बढिरहेकोप्रति विरोध गर्नुपरेको उल्लेख गरेको छ । संघले सम्बन्धित निकायले छानबिन गरी वास्तविक हवार्ई भाडा निर्धारण नगरे सम्पूर्ण व्यवसायीहरु टिकट काट्न बन्द गर्ने चेतावनीसमेत दिएको छ । नेपालबाट भन्दा लामो दूरी तय गर्नुपर्ने बंगलादेश, श्रीलंकाजस्ता देशहरुबाट सोही गन्तव्य पुग्न नेपालको भन्दा कम हवार्ई भाडा रहेको संघको भनाइ छ । छिमेकी मुलुक भारतबाट जानेले आधा मूल्यभन्दा कम हवार्ई भाडा तिर्ने गरेको संघले जनाएको छ ।

गन्तव्य मुलुकहरुबाट नेपाल आउँदा एकतिहाइभन्दा कम भाडामा नेपाल आइन्छ भने नेपालबाट सोही गन्तव्य जाँदा हवार्ई भाडा तीन गुणा बढी मूल्य तिर्नुपर्ने अवस्थाले नेपाली कामदार मारमा परेको संघका महासचिव मेघनाथ भुर्तेलले बताए । ‘सीमित ट्राभल एजेन्सीहरु, एयरलाइन्सहरु र त्यसलाई नियमन गर्ने निकायको मिलेमतोमा अस्वाभाविक हवार्ई भाडा बढेको त होइन भन्ने प्रश्न उब्जिएको छ,’ उनले भने । दैनिक १५ सयभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको अवस्थामा उनीहरुलाई आर्थिक भारमा पर्न नदिन हवार्ई भाडामा गरिएको मनोमानीविरुद्ध छानबिन गरी न्यायोचित भाडदर निर्धारण गराउन पनि महासचिव भुर्तेलले सरकारसँग माग गरे ।

एक महिनाअघिसम्म २५ देखि ३० हजार रुपैयाँ गन्तव्य मुलुकको हवार्ई भाडा रहेकोमा अहिले कामदारले ६४ हजार रुपैयाँसम्म तिर्नुपरेको भुर्तेलको भनाइ छ । सोही गन्तव्यबाट नेपाल आउँदा अहिले पनि १८ हजारमा आइपुग्ने उनले बताए । ‘सरकारले विदेश जाने कामदारलाई सकभर कम खर्चमा पठाइनुपर्छ भने पनि हवार्ई भाडा वृद्धिमा मौन रहेको छ,’ महासचिव भुर्तेलले भने, ‘सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइसकेका छौं, कतैबाट सुनुवाइ गरिएको छैन ।’

 


प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग आइतबार, भदौ १, २०८२
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल शुक्रबार, साउन ३०, २०८२
अबुधाबीमा वैधानिकीकरण सेवा नियमित बनाइँदै
अबुधाबीमा वैधानिकीकरण सेवा नियमित बनाइँदै बिहीबार, साउन २९, २०८२
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै बिहीबार, साउन २९, २०८२
सभामुख र श्रम समिति सभापतिलाई प्रगतिशील मञ्चको ध्यानाकर्षणपत्र
सभामुख र श्रम समिति सभापतिलाई प्रगतिशील मञ्चको ध्यानाकर्षणपत्र बुधबार, साउन २८, २०८२
‘श्रमसंसार अब डिजिटलक्रेसीको अवधारणामा’
‘श्रमसंसार अब डिजिटलक्रेसीको अवधारणामा’ मंगलबार, साउन २७, २०८२
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार
आप्रवासी श्रमिकका लागि हाउजिङ कम्प्लेक्स बनाउँदै कुवेत सरकार मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP