Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तोकिएको संख्या नपु¥याउने म्यानपावरमाथि विभागको अनुगमन 
तोकिएको संख्या नपु¥याउने म्यानपावरमाथि विभागको अनुगमन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १२, २०८१

काठमाडौं– वैदेशिक रोजगार विभागले वार्षिक न्यूनतम् १०० जना कामदार रोजगारीका लागि विदेश पठाउन नसकेका म्यानपावर कम्पनीमाथि अनुगमन सुरु गरेको छ । गत साउन ३१ गते बसेको मन्त्रिपरिषद् बैठकबाट वार्षिक १०० कामदार पठाउन नसकेका म्यानपावरहरुलाई चालु आवका लागि नवीकरणको बाटो खोलिदिने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि विभागले स्थलगत अनुगमन सुरु गरेको हो । 

न्यूनतम् संख्या पु¥याउन नसकेका म्यानपावर ३१७ वटा रहेका छन् । लगातार दुई आर्थिक वर्षसम्म तोकिएको संख्यामा कामदार पठाउन नसक्ने ती म्यानपावर कम्पनी विभागको खारेजी सूचीमा परेको थियो । मन्त्रिपरिषद्को निर्णयले यो वर्षलाई खारेजीबाट जोगिएका छन् । विभागले आइतबार एक सूचना जारी गर्दै उक्त सूचीमा रहेका म्यानपावर कम्पनीलाई नवीकरणका लागि आवेदन दिन आह्वान गरेको थियो । आवेदन दिएका म्यानपावरहरुको अनुगमनपछि मात्रै नवीकरण हुने विभागले जनाएको छ ।

विभागले चारजना उपसचिव (निर्देशक)को नेतृत्वमा चारवटै टोली बनाएर मंगलबारबाट अनुगमन थालेको छ । एक हप्ताभित्र अनुगमन सकेर नवीकरणको प्रक्रियामा जानेगरी अनुगमन टोली खटिएको विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।‘अनुगमनको क्रममा म्यानपावर कम्पनीको भौतिकरुपमा कार्यालय रहे÷नरहेको, नागरिक बडापत्र रहे÷नरहेको, बोर्ड राखे÷नराखेको, कर्मचारी रहे÷नरहेको विषयलाई ध्यान दिइने छ,’ उनले भने, ‘१०० संख्या किन पु¥याउन सकेनन्, यसको अन्तरिक अवस्थाबारे आवश्यक जानकारी पनि लिइने छ ।’

व्यक्तिगतरुपमा कामदार पठाएका कारण पनि तोकिएको संख्या पु¥याउन नसकेको कुरा पनि आएको हुँदा त्यसको वास्तविकता पत्ता लगाउन अनुगमन गर्नुपरेको निर्देशक सुवेदीले बताए । ‘जघन्य कार्य गर्नेबाहेक न्यूनतम् मापदण्ड पूरा गर्नेहरुको नवीकरण हुन्छ,’ उनले भने, ‘कतिपयले झोलामा कार्यालय राख्ने र अन्य माध्यमबाट कामदार पठाउने गरेका कारण समस्या आएको हो कि भन्ने लागेको छ, यसको यकीन गर्न पनि अनुगमन गर्नुपरेको हो ।’ 

मंगलबार भएको अनुगमनका क्रममा न्यूनतम् मापदण्ड पुरा गरेको पाइएको निर्देशक सुवेदीले बताए । उनका अनुसार १०० संख्या पु¥याउन नसक्नुमा म्यानपावर व्यवसायीले विदेशबाट कामदारको डिमाण्ड नै ल्याउन नसकेको प्रतिक्रिया दिएका छन् । वैदेशिक रोजगार ऐन, २०६४ मा व्यवस्था भएबमोजिम लगातार दुई वर्षसम्म वैदेशिक रोजगारीका लागि वार्षिक १०० जना कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजतपत्र खारेज हुने प्रावधान छ । तर, सोही ऐनमै बाधा अड्काउ फुकाऊमार्फत मन्त्रिपरिषद्ले निर्णय गरेर म्यानपावरको नवीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ । सोही व्यवस्थाका आधारमा सरकारले विगत चार वर्षदेखि वार्षिक १०० कामदार नपठाउने म्यानपावरको नवीकरण गर्ने÷गराउने निर्णय गर्दै आएको छ । सरकारको पछिल्लो निर्णयले खारेजीको अवस्थामा पुगेका ३१७ म्यानपावर कम्पनीलाई नवीकरण गर्ने बाटो खुलेको हो ।

 


प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP