Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउनमा झण्डै ६० हजार नेपाली श्रमिक विदेसिए 
साउनमा झण्डै ६० हजार नेपाली श्रमिक विदेसिए 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ९, २०८१

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउनमा वैदेशिक रोजगारीका लागि झण्डै ६० हजार नेपाली श्रमिक विदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार साउन महिनामा ५९ हजार ५७५ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् ।

विभागको तथ्यांकअनुसार साउनमा विदेसिने नेपालीहरुको संख्या गत आवको अन्तिम महिना असारको भन्दा केही वृद्धि भएको छ । असारमा ५८ हजार ७३६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।विभागको तथ्यांकअनुसार नेपाली युवाहरु ९३ वटा मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् । गत आवको अन्तिमसम्म पहिलो गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)ले चालु आवको सुरुआती महिनामा पनि पहिलो स्थान ओगटेको छ ।

विभागको तथ्यांकअनुसार युएईमा जानका लागि १७ हजार ५४१ जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको पहिलो महिना यो संख्या ११ हजार ८७८ थियो ।यस्तै साउन महिनामा रोजगारीका लागि साउदी अरेबिया जान ११ हजार ८०९ जनाले श्रम स्वीकृति लिएका छन् । संख्याको हिसावमा साउदी दोस्रो स्थानमा परेको छ । त्यसैगरी तेस्रो स्थानमा परेको कतारमा ११ हजार ७८५ जना श्रमिकले श्रम स्वीकृति लिएर रोजगारीका लागि पुगेको विभागले उल्लेख गरेको छ ।

गत आवदेखि नै साउदी र कतार जाने नेपालीको संख्या हाराहारीमा रहेको विभागको तथ्यांकले देखाएको छ । यस्तै चौथो गन्तव्यमा कुवेत रहेको छ । कुवेतका लागि चार हजार ६९५ जना रोजगारीका लागि पुगेका छन् । यस्तै युरोपेली मुलुक रोमानिया पाँचौं स्थानमा परेको छ । जहाँ साउन महिनामा दुई हजार २९८ जना गएका छन् ।यसअघि नेपालीहरुको प्रमुख गन्तव्यको रुपमा रहेको मलेसियामा भने नगन्य मात्रामा श्रमिकले श्रम स्वीकृति लिएका छन् । मलेसिया सरकारले गत मे अन्तिमबाट विदेशी कामदार लिन बन्देज गरेसँगै त्यहाँ जाने नेपालीको संख्या घट्दै आएको छ । साउनमा मलेसियाका लागि श्रम स्वीकृति लिने एक हजार ३४४ जनामात्रै रहेका छन् । विभागको तथ्यांकलाई हेर्दा उल्लिखित मुलुकहरुले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशत बढी) ओगटेको देखिन्छ ।

यसैगरी जापान एक हजार ५७२, क्रोएसिया एक हजार १३८, माल्दिभ्स जान ८७८, बहराइन ७९०, साइप्रस ७००, मोरिसस ५८९, जोर्डनका लागि ५२० र ओमान जान ४९० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउन महिनामा इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या ८१२ मात्रै रहेको छ । विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने २२ हजार ६४७ जना छन् । पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ९२८ रहेको छ ।

चालु आवको पहिलो महिनामा श्रम स्वीकृति लिनेमध्ये आठ हजार १४५ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । साउन महिनामा वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको विभागको तथ्यांकले देखाएको छ । यसरी श्रम स्वकिृति लिएर जानेहरुमा उच्च दक्षता भएकादेखि अदक्ष श्रमिक रहेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउन महिनामा उच्च दक्षता हासिल गरेका ८१ जना र पेसागत दक्षता भएका ३०९ जना नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् ।

वैदेशिक रोजगारीको क्रममा सबैभन्दा बढी दक्ष कामदार गएको विभागले जनाएको छ । यो संख्या ४२ हजार ६९४ रहेको छ । यस्तै अर्धदक्ष श्रमिकको रुपमा चार हजार ८०९ जना बाहिरिएका छन् भने ११ हजार ६८२ अदक्ष श्रमिक साउन महिनामा विदेसिएका छन् ।
  
धेरै श्रमिक गएका मुलुक

125-bairo-1724561451.jpg
 


प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP