Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • निलम्बन फुकुवा गर्न राजनीतिक लबिङमा व्यवसायी
अभिमुखीकरण तालिम प्रदायक संस्थामाथि कारवाही निलम्बन फुकुवा गर्न राजनीतिक लबिङमा व्यवसायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ३२, २०८१

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको लागि पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थामाथि गरेको निलम्बन फुकुवाको लागि व्यवसायीहरु राजनीतिक लबिङ लागेका छन् । विभागले दुईहप्ता अघि तोकिएको मापदण्ड पालना नगरेको भन्दै कारबाहीस्वरुप ४६ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थाको कारोबारमा रोक लगाउँदै निलम्बन गरेको थियो । तत्पश्चात व्यवसायीहरु विभिन्न दलका नेतादेखि मन्त्रीसम्मलाई भेटेर निलम्बन फुकुवाका लागि राजनीतिक लबिङमा जुटेका हुन् । 

विभागले तोकिए अनुसार तालिम सञ्चालन नगरेको भन्दै तालिमप्रदायक संस्थाहरुमाथि कारवाही स्वरुप तीन महिनाका लागि निलम्बन गरेको छ । विभागले गरेको निलम्बनले अन्याय भएको भन्दै व्यवसायीहरुले कारवाही फुकुवा हुनुपर्ने माग गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुनरावलोकनका लागि निवेदनसमेत दिइसकेका छन् । व्यवसायीहरु मन्त्रालयमा निवेदन दिएर मात्रै चुप बसेका छैनन्, उनीहरु विभिन्न पार्टीका नेता र मन्त्रीहरुलाई निलम्बन फुकुवाको लागि दवाव दिन भनसुनमासमेत सक्रिय रहेको एक व्यवसायीले बताए ।

यद्यपी निलम्बनमा परेका तालिम प्रदायक संस्थाका सञ्चालकहरूले केही दिन अगाडि विभाग घेराउ समेत गरेका थिए । नेपाली कांग्रेसनिकट व्यवसायीहरुले वैदेशिक रोजगार विभाग प्रमुख रहेका प्रकाश स्नेहीमार्फत गृहमन्त्री रमेश लेखकदेखि सभापति शेरबहादुर देउवासम्म आफुहरु मर्कामा परेकाले संस्थामाथि लगाइएको निलम्बन फुकुवाको लागि सम्बन्धीत मन्त्रालयलाई दवाव दिन कुरा गरिरहेको ती व्यवसायीले बताए ।

त्यस्तै एमाले निकट व्यवसायीले पनि प्रधानमन्त्री केपी ओलीसमक्ष आफ्नो समस्या हल गरिदिन खबर पु¥याइसकेको बताइएको छ । ‘अहिले सबैतिर कुरा पु¥याउने काम भइरहेको छ, यसको परिणाम छिटै आउँछ, निलम्बन फुकुवा हुन तीन महिना कुर्नु पर्दैन,’ अर्का एक व्यवसायीले भने, ‘तर अहिले सबै कारोबार रोकेर अफ्ठ्यारो पारिएको छ, तत्काल फुकुवा गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ संस्थाहरुमाथिको कारवाही फुकुवा गर्न श्रममन्त्री शरत सिंह भण्डारीसमेत सकारात्मक भएको ती व्यवसायीको भनाई छ । उनका अनुसार मन्त्री भण्डारीले केही दिन पर्खिन आग्रह गरेका छन् । 

तलिमप्रदायक संस्थाहरुले विद्यार्थीहरुलाई तोकिएको अवधिभर कक्षा नलिने, कक्षा सञ्चालन नै नगरी हाजिरी मात्रै गराउने गरेको पाइएकाले कारवाही स्वरुप निलम्बन गर्नुपरेको विभागले जनाएको छ । विभाग र यस मातहतका निकायबाट गरिएको अनुगमनका क्रममा विद्यार्थीलाई नपढाईकनै हाजिरी गर्ने गरेको पाइएपछि कारबाही गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । कारबाहीमा परेका संस्थाहरूलाई तीन महिनाका लागि निलम्बन गरिएको र उक्त अवधिभित्र सुधार गरेको पाइए निलम्बन फुकुवा गरिने बताए । अनुगमनका क्रममा तालिम लिएको भनेर हाजिरी गर्ने गरेको पाइए पनि तालिम लिने मान्छे कोही पनि नभेटिएपछि उनीहरु कारबाहीमा परेको विभागले प्रस्ट पारेको छ ।  

निलम्बन फुकुवाको लागि व्यवसायीहरु राजनीतिक लबिङमा लागेको भन्ने सन्दर्भमा आफुलाई कुनै जानकारी नभएको महानिर्देशक घिमिरेले बताए । ‘तीन महिना सम्मको लागि निलम्बन गरिएको हो, नियम नमान्ने, गल्ती गर्ने जोसुकैमाथि विभागले कारवाही गर्छ,’ उनले भने, ‘विभागले आफ्नो काम गर्छ, को कहाँ जान्छ, के गर्छ त्यो हाम्रो सरोकारको विषय नै होइन ।’ तीन महिनाको अवधिमा बायोमेट्रिक गर्ने, कक्षामा विद्यार्थी ल्याउने र पढाउने जस्ता मापदण्ड पुरा गर्नका लागि समय दिइएको भन्दै महानिर्देशक घिमिरेले तोकिएको अवधिमा सुधार गरे निलम्बन फुकुवा हुने र कतै धाउनु नपर्ने बताए ।

प्रचलित कानुन अनुसार तालिम प्रदायक संस्थाहरुले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अनिवार्य रूपमा दुई दिनको अभिमुखीकरण तालिम दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा कतिपय संस्थाहरूले तालिम नदिइ हाजिरी मात्रै गराउदै आएको व्यवसायी स्वयम्ले स्वीकार्दै आएका छन् । अभिमुखीकरण तालिम दिने १४३ वटै संस्थाले तालिम दिने तरिका एउटै भएपनि विभागले पूर्वाग्रही राखेर ४६ वटा संस्थालाई मात्रै कारबाही गरेको व्यवसायीहरुको आरोप छ । कारबाहीमा पर्नेहरुमा अधिकांश काठमाडौं उपत्यकामा तालिम सञ्चालन गर्दै आएका संस्था छन् । काठमाडौं बाहेक धनुषा, बाँके, कास्की, गोर्खालगायतका जिल्लाका संस्थाहरू समेत रहेका छन् । 

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदान गर्न १४३ वटा संस्थाहरू विभागमा सूचीकृत छन् । कारबाहीमा परेकाहरूलाई सुध्रिनका लागि विभागले मौका समेत दिएको छ । अर्को पटकको अनुगमनको क्रममा विगतकै समस्या दोहोरिएको खण्डमा ती संस्थाहरूलाई खारेज गर्ने विभागको तयारी छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP