Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कामदार लैजान प्रक्रिया छोट्याउँदै इजरायल  
कामदार लैजान प्रक्रिया छोट्याउँदै इजरायल  
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २९, २०८१

केयर गिभरमा परेका स्वीकृत आवेदनहरु नामावली परीक्षणका लागि पाठाइसकिएको छ । अब कसरी लैजाने, के गरी लैजाने त्यो गन्तव्य मुलुकको कुरा भयो, हामीले गर्नुपर्ने काममा अलमल हुँदैन ।
डण्डुराज घिमिरे
महानिर्देशक, वैदेशिक रोजगार विभाग

काठमाडौं– इजरायलले नेपालबाट दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेगरी सहायक कामदार (केयर गिभर)लाई छिट्टै लैजाने तदारुकता देखाएको छ । केयर गिभरका लागि प्राप्त आवेदनको प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागले स्वीकृत गरेका आवेदन छनोटका लागि इजरायलको सम्बन्धित निकाय पिवालाई पठाएसँगै प्रक्रिया छोट्याएरै भए पनि छिट्टै लैजाने तयारी गरिरहेको बताइएको छ । 

इजरायलले जतिसक्दो छिटो केयर गिभर लैजान पाए हुन्थ्यो भन्ने प्रतिक्रिया दिएको विभागका एक अधिकारीले बताए । उनका अनुसार छनोट प्रक्रियालाई छोटो बनाएर भए पनि इजरायलले छिट्टै कामदार लैजान खोजेको छ । ‘जति सकिन्छ चाँडो कामदार लैजान प्रक्रिया टुंग्याउन इजरायली पक्षबाटै आग्रह भएको छ,’ ती अधिकारीले भने, ‘उनीहरुकै आग्रहमा छनोट प्रक्रिया अघि बढिरहेको छ ।’

इजरायलले केयर गिभरमा जानेले थप अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने भए पनि अब ब्रिटिस काउन्सिलबाट लिएको भाषा परीक्षालाई नै मान्यता दिन तयार भएको बताइएको छ । ‘पटक–पटक बसेको द्विपक्षीय जुम मिटिङबाट छोटो प्रक्रियाबाट कसरी कामदार लैजान सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको छ,’ ती अधिकारीले भने, ‘अब इजरायल जाने कामदारले थप अंग्रेजी भाषा पास गर्नु पर्दैन ।’ अन्य प्रक्रिया पनि छोट्याउने विषयमा कुरा भइरहेको उनले बताए । अघिल्लोपटक उचाइ तथा तौल परीक्षणसँगै लिखित परीक्षा तथा अन्तर्वार्तासमेत गरिएकोमा यसपटक उचाइ तथा तौल परीक्षण स्वास्थ्य परीक्षणकै समयमा हुने बताइएको छ ।

इजरायलले प्रक्रिया छोटो बनाएरै भए पनि छिटो कामदार लैजान खोजेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । उनका अनुसार यस विषयमा सम्बन्धित शाखा (इजरायल÷जापान)ले विस्तृत रुपमा कुराकानी गरिरहेको छ । ‘केयर गिभरमा परेका स्वीकृत आवेदनहरु ‘नेम चेक’ (नामावली परीक्षण) का लागि पाठाइसकिएको छ,’ उनले भने, ‘अब कसरी लैजाने, के गरी लैजाने त्यो गन्तव्य मुलुकको कुरा भयो, हामीले गर्नुपर्ने काममा अलमल हुँदैन ।’ सबै प्रक्रिया पूरा गरेर सेप्टेम्बरको अन्तिमसम्ममा केयर गिभर लैजाने इजरायली चाहना रहेको उनले बताए ।

विभागले गत असार ११ गते इजरायल जान इच्छुक केयर गिभरको आवेदन माग गरेको थियो । जसमा चार हजार २४ जनाले आवेदन दिएकामा तीन हजार ४६१ जनाको मात्रै स्वीकृत भएको थियो । विभागले आवश्यक कागजात परीक्षण गरेर साउन २१ गते नै तीन हजार ४६१ जनाको सूची पिवालाई पठाएको छ । उक्त सूचीबाट गोलाप्रथामार्फत दुई हजार केयर गिभर छनोट हुने छन् । यसरी गोलाप्रथाबाट अन्तिम नामावली छानिएपछि विभागले कामदारलाई स्वास्थ्य परीक्षणका लागि पठाउने छ । 

इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको हेरचाह तथा स्याहार गर्न नेपालबाट केयर गिभरको माग गर्दै आएको जनाएको छ । यसअघि नेपालबाट केयर गिभरमा काम गर्न झण्डै एक हजार २०० नेपाली इजरायल गइसकेको विभागले जनाएको छ । केयर गिभरमा छनोट हुनेले मासिक पाँच हजार ८८० सेकेल इजरायली मुद्रा अर्थात् दुई लाख १० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने छन् । यसरी जाने कामदारको करार अवधि सुरुमा एक वर्षको हुने छ । त्यसपछि बढीमा पाँच वर्षसम्म थप गर्न पाइने छ ।
 

 


प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP