काठमाडौं - साताकाे अन्तिम दिन शुक्रबार सुनको मूल्य  बढेकाे छ  ।
हिजाे छापावाल सुनको मूल्य एक लाख ४६ हजार पाँच सय रुपैयाँमा काराेबार भएकोमा आज सुनको मूल्य  प्रतिताेला एक लाख ४८ हजार एक सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । आज चाँदीको मूल्य  प्रतितोला १७ सय ३० रूपैयाँ कायम भएको छ ।