Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  •  श्रमिकको मानव अधिकारको रक्षा गर्नुपर्नेमा श्रममन्त्री भण्डारीको जोड
 श्रमिकको मानव अधिकारको रक्षा गर्नुपर्नेमा श्रममन्त्री भण्डारीको जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २५, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गन्तव्य मुलुकहरूले आप्रवासी कामदारका हकहितका लागि अन्तरराष्ट्रिय अनुबन्ध र प्रोटोकल तथा द्विपक्षीय सम्झौताको पालना गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित व्यवसाय र मानव अधिकारको दृष्टिकोण: श्रम आप्रवासन व्यवस्थापनसम्बन्धी नीतिगत विषयक छलफलमा मन्त्री भण्डारीले गन्तव्य मुलुकमा आप्रवासी नेपाली कामदारलाई समान व्यवहार र सम्मान गरिनुपर्ने बताएका हुन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विकास साझेदार संस्था, सयुंक्त राष्ट्रसंघीय निकाय र विभिन्न कूटनीतिक नियोगले आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले आप्रवासी श्रमिकको मानव अधिकारको सम्मान गर्न गन्तव्य मुलुकलाई सयुंक्त राष्ट्रसंघीय निकाय र अन्य सरोकारवालाहरुले दबाब दिनुपर्ने बताए । ‘आप्रवासी श्रमिकहरुले अझै पनि विभिन्न समस्याहरु झेलिरहेका छन्,’ उनले भने, उनीहरुको हितका लागि सरोकारवाला एवं साझेदार संस्थाले आवाज उठाउन जरुरी छ ।’

वैदेशिक रोजगारी नेपालीहरुको बाध्यात्मक परिस्थितिको उपज भएकाले यसको न्युनीकरण गर्नका लागि स्वदेशमा नै रोजगारी सिर्जना हुने बतावरण निर्माण गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । तर पनि विश्वव्यापी रुपमा रोजगारीको अवसरलाई प्रयोग गरी लाभ लिन सकिनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता भएकाले अन्तर्राष्ट्रिय श्रम कानुन अनुसार नेपालीहरुले पाउने सुविधाको लागि पहल गर्नुपर्ने उनको भनाई छ । 

सोही कार्यक्रममा दिगो विकास समितिका सभापति कमला पन्तले आप्रवासनका क्षेत्रमा छरिएर भन्दा सहकार्यमा काम गर्दा नतिजा प्राप्त हुने भन्दै यस क्षेत्रमा काम गर्नेले कामको ढाँचा परिवर्तन गर्न सुझाव दिइन् । आप्रवासी श्रमिकका सन्दर्भमा सुधारको नतीजा आउन नसकेको भन्दै उनले आफ्नो मस्तिष्कलाई नेपालमै राखेर स्वदेशको उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान पु¥याउन सकिने विश्वास व्यक्त  गरिन् । 

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौलाले सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई अनुचित भर्ना गर्ने, मानव बेचविखनमा संलग्न र बाध्यकारी आप्रवासनमा पार्नेलाई कारबाहीको दायरमा ल्याउने प्रतिबद्धता जनाए । ‘अहिले पनि आप्रवासन र वैदेशिक रोजगारीको नाममा ठगी र तस्करीका घटना घटिरहेका छन्,’ उनले भने, ‘यस्ता घटनामा सरकारले तत्काल एक्सन लिन्छ, ठगीमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउँछ ।’ श्रम मन्त्रालयले पाँच वर्षे व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार गरेको भन्दै सचिव निरौलाले आप्रवासी कामदारको अधिकार सुनिश्चित गर्न विभिन्न कानुनी प्रावधानको व्यवस्था गरिएको जानकारी दिए ।

उक्त कार्यक्रममा नेपालका लागि युरोपेली संघका राजदूत  भेरोनिक लोरेञ्जो, नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आयशानी मेडागांगोडा लाबे, नेपालका लागि स्विस राजदूत डेनियल मेउली, नेपालस्थित जापानी दूतावासका उपप्रमुख ताकाहिरो तामुरा, आइओएमका प्रतिनिधि डा.ंअनुप दास कान्ति लगायतले आप्रवासन, व्यवसाय र मानव अधिकारका क्षेत्रमा नेपालको प्रयासमा निरन्तर सहकार्य र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP