Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेतमा घरेलु श्रमिकलाई भिसा परिवर्तन गर्ने अवसर
कुवेत सरकारले जुलाई १४ बाट घरेलु कामदारलाई भिसा परिवर्तन व्यवस्था कार्यान्वयन कुवेतमा घरेलु श्रमिकलाई भिसा परिवर्तन गर्ने अवसर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २४, २०८१

काठमाडौं– कुवेत सरकारले आप्रवासी घरेलु कामदारले भिसा परिवर्तन गरी निजी क्षेत्रमा पनि काम गर्न पाउने कानुनी व्यवस्था गरेको छ । कुवेतको यो निर्णयले घरेलु श्रम गरिरहेका नेपालीसहित थुप्रै आप्रवासी कामदारले लाभ लिनसक्ने बताइएको छ । 

कुवेत सरकारले घरेलु कामदारले भिसा परिवर्तन गरी निजी क्षेत्रमा काम गर्न पाउने नयाँ नियम गत जुलाई १४ बाट कार्यान्वयनमा ल्याएको छ । उक्त व्यवस्थाबाट खासगरी घरेलु कामदारको भिसामा त्यहाँ पुगेर अन्य क्षेत्रमा काम गर्न चाहने नेपालीहरुलाई लाभ पुग्ने देखिएको गैरआवासीय नेपाली संघ कुवेतले जनाएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष दिलकुमार पाख्रिनले घरेलु कामदारको भिसा हुनेले यसअघि पनि जोखिम मोलेर अन्य क्षेत्रमा आकर्षक कमाइ गरिरहेको बताउँदै कुवेत सरकारको पछिल्लो निर्णयबाट सबैभन्दा बढी फाइदा घरेलु कामदारले लिनसक्ने उल्लेख गरे । 

कुवेत सरकारले तय गरेको नियमअनुसार नेपालबाट जाने घरेलु कामदारले दर्ता भएका रोजगारदातासँग कम्तीमा एक वर्ष काम गरेपछि मात्रै भिसा परिवर्तनको सुविधा पाउन योग्य हुने उल्लेख गरिएको छ । खाडी मुलुकहरुमा श्रम कानुनअनुसारको कार्यस्थल सार्ने प्रक्रियालाई गतिशील गराउने उद्देश्यका साथ कुवेत सरकारले भिसा परिवर्तनको नियम ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ ।

भिसा परिवर्तनको नियम लागू हुनुले ठूलो संख्यामा आप्रवासी कामदार खुसी भए पनि सीमित कामदारले मात्रै उक्त अवसर पाउनसक्ने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । भिसाको वर्गीकरण परिवर्तन गर्न आफूले काम गरिरहेको मालिक वा परिवारको अनुमति अनिवार्य पारिएकाले नेपाली घरेलु कामदारलाई ठूलो फरक नपर्ने बताइएको छ । 
सन् २०२३ को अन्त्यमा सार्वजनिक गरिएको तथ्यांकअनुसार कुवेतमा एक लाख सात हजारबढी नेपालीहरु घरेलु तथा निजी क्षेत्रमा कार्यरत रहेको दूतावासले उल्लेख गरेको छ । ‘कुवेतमा नेपाली घरेलु कामदारको संख्या ३० हजारको हाराहारीमा रहेका पाएका छौं,’ दूतावासका प्रथम सचिव प्रेमराज गौतमले भने, ‘तीमध्ये ९५ प्रतिशतभन्दा बढी महिला कामदार रहेका छन् ।’

नेपालबाट घरेलु कामदारको रुपमा नेपाली महिलाहरुलाई कुवेत जान प्रतिबन्धित भए पनि गैरकानुनी बाटो हुँदै हजारौंको संख्यामा त्यहाँ पुग्ने गरेका बताइन्छ । नेपालबाट गैरकानुनीरूपमा कुवेत पुगे पनि त्यहाँ पुगेपछि व्यक्तिले प्रायोजन गरेर वैधानिक घरेलु कामदारको रुपमा परिणत हुन पाउने व्यवस्था रहेको गौतमले बताए । अनुमतिविना आफ्नो प्रायोजकलाई छाडेमात्र उनीहरू गैरकानुनी हुने उनले जानकारी दिए ।

घरेलु श्रमिकको अत्यधिक माग भइरहेको कुवेतमा भिसा परिवर्तन गरी निजी क्षेत्रमा काम गर्न दिने व्यवस्था ल्याइनु सकारात्मक कदम भएको श्रम तथा आप्रवासनविज्ञ रामेश्वर नेपालले बताए । ‘लामो समयदेखि एकै व्यक्तिको घरमा काम गर्दा आप्रवासी कामदारमा पर्नसक्ने मनोवैज्ञानिक असर कम गर्न यस्तो नियम ल्याइएको हुन सक्छ,’ उनले भने, ‘यसले नेपाली मात्र होइन समग्र आप्रवासी घरेलु कामदारहरु लाभान्वित हुन सक्छन् ।’ यद्यपि कुवेत सरकारले लामो समयदेखि नेपालबाट घरेलु कामदारको माग गरिरहेको अवस्थामा भएको भिसा परिवर्तनको निर्णय सकारात्मक भए पनि कार्यान्वयन हुनेमा उनले आशंका व्यक्त गरे । 

संसद्को तत्कालीन श्रम तथा उपभोक्ता हित समितिले २०७३ चैत २० मा सुरक्षाको प्रत्याभूति नभई नेपाली कामदार (महिला)लाई घरेलु कामदारका रूपमा नपठाउन सरकारलाई निर्देशन दिएको थियो । त्यसयता सरकारले कुवेतलगायत खाडी मुलुकमा घरेलु कामदारको रुपमा जान लगाएको बन्देज अझै कायमै छ । यद्यपि, गैरकानुनी बाटो प्रयोग गरेर घरेलु कामदारको रुपमा कुवेत जाने नेपालीको संख्या ठूलै रहेको विभिन्न अध्ययनहरुले पनि देखाएको छ । 

कुवेतीहरुले अन्य मुलुकबाट जाने घरेलु कामदारभन्दा तुलनात्मक रुपमा नेपालीहरुलाई बढी रुचाउने गरेको बताइन्छ । कुवेतमा पछिल्लो समय घरेलु कामबाहेक सरसफाइका क्षेत्र, सुरक्षा गार्ड, निर्माण क्षेत्र, सुपरमार्केट, व्युटी पार्लर, रेस्टुरेन्टलगायतका क्षेत्रमा पनि थुप्रै नेपालीहरुले काम गरिरहेका छन् । कुवेत नेपालीहरुको श्रम गन्तव्यमध्येको एक हो । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नयाँ र पुनः श्रम स्वीकृति लिएर ४० हजार ३६८ जना नेपाली रोजगारीका लागि कुवेत पुगेका छन् । जसमा महिलाको संख्या १० हजार रहेको छ । 
 
 


प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP