Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक वर्षमा ७ हजार ७६३ ठगीेका उजुरी, करिब ३१ करोड दाबी
एक वर्षमा ७ हजार ७६३ ठगीेका उजुरी, करिब ३१ करोड दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २३, २०८१

काठमाडौं– वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०८०/८१ मा रोजगारसम्बन्धी गरेको कार्यसम्पादन तथा प्रगति विवरण सार्वजनिक गरेको छ । विभागले एक वर्षमा प्रदान गरिएको श्रम स्वीकृति विवरण, प्रशासनसम्बन्धी प्रगति विवरण, उद्धार, राहत तथा समन्वय, मुद्दा तथा अनुसन्धान, संस्था दर्ता शाखाको क्रियाकलाप, अनुगमन तथा अभिमुखीकरणसम्बन्धी गतिविधिको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा सात हजार ७६३ व्यक्तिले वैदेशिक रोजगारीको नाममा ठगिएको भन्दै विभागमा उजुरी हालेका छन् । यसरी उजुरी गर्नेमध्ये तीन हजार ८३७ उजुरी फस्र्योट भएको विभागले उल्लेख गरेको छ ।

यस्तै वैदेशिक रोजगारीको नाममा ठगिएको भन्दै उजुरीकर्ताले ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ बराबरको रक असुली गर्नुपर्ने दाबी गरेका छन् । त्यसैगरी एक वर्षको अवधिमा उद्धार, राहत तथा समन्वय शाखामा एक हजार ४४२ उजुरी परेका छन् । तीमध्ये १७३ जनाको उद्धार गरिएको र दुई हजार ४४४ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ ।

Hardik health

त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ९१६ उजुरी परेका छन् । ती मध्ये ४५५ उजुरीमा मिलापत्र गराइएको छ भने ३९० वटा मुद्दा अदालतमा पठाइएको विभागले उल्लेख गरेको छ । यसैगरी प्रहरी शाखामा तीन हजार ४०५ उजुरी परेका छन् । ती मध्ये ८६ को मात्रै मिलापत्र गराइएको छ भने प्रहरीकहाँ परेका उजुरीमध्ये दुई हजार २१७ उजुरी फस्र्योट भएका छन् । जसमा क्षतिपूर्तिबापत एक करोड ७६ लाख एक हजार ६९८ रुपैयाँ असुल गरिएको छ ।

यतिमात्र नभई एक आर्थिक वर्षमा जिटुजी सम्झौतामार्फत सरकारले कोरिया, इजरायल र बेलायतमा ११ हजार ९०१ जना श्रमिक पठाएको छ भने म्यानपावरमार्फत तीन लाख ५३ हजार १६३ जना वैदेशिक रोजगारीका लागि विदेशिएको विभागले जनाएको छ । पुनः श्रम स्वीकृति लिएर जानेको संख्या दुई लाख ८१ हजार १९५ र व्यक्तिगत श्रम स्वीकृति लिएर जाने ९५ हजार ३८ जना रहेका छन् । 

यस्तै वैदेशिक रोजगार पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिने १३७ वटा संस्था नवीकरण भएका छन् । यस अवधिमा ६२ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएका छन् भने ४३ वटाको दर्ता खारेजी तथा धरौटी फिर्ता गरेको विभागले जनाएको छ । त्यसैगरी ४२७ वटा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीको नवीकरण भएको छ ।

जिटकोमा सूचीकरण भएका ४७४ वटा म्यानपावर पनि नवीकरण भएका छन् । त्यस्तै ८९ वटा म्यानपावर कम्पनीमाथि आकस्मिक अनुगमन गरिएको छ भने १४ वटालाई निलम्बन गरी कारोबारमा बन्देज लगाइएको छ । एक वर्षमा २०७ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थामाथि अनुगमन गरिएको विभागले उल्लेख गरेको छ । 
 


प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह शुक्रबार, जेठ १५, २०८३
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो शुक्रबार, जेठ १५, २०८३
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट शुक्रबार, जेठ १५, २०८३
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न शुक्रबार, जेठ १५, २०८३
चुनावमा जान संघलाई प्रशासनको अनुमति
चुनावमा जान संघलाई प्रशासनको अनुमति बिहीबार, जेठ १४, २०८३
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं'
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं' बिहीबार, जेठ १४, २०८३
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP