Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक वर्षमा ७ हजार ७६३ ठगीेका उजुरी, करिब ३१ करोड दाबी
एक वर्षमा ७ हजार ७६३ ठगीेका उजुरी, करिब ३१ करोड दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २३, २०८१

काठमाडौं– वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०८०/८१ मा रोजगारसम्बन्धी गरेको कार्यसम्पादन तथा प्रगति विवरण सार्वजनिक गरेको छ । विभागले एक वर्षमा प्रदान गरिएको श्रम स्वीकृति विवरण, प्रशासनसम्बन्धी प्रगति विवरण, उद्धार, राहत तथा समन्वय, मुद्दा तथा अनुसन्धान, संस्था दर्ता शाखाको क्रियाकलाप, अनुगमन तथा अभिमुखीकरणसम्बन्धी गतिविधिको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा सात हजार ७६३ व्यक्तिले वैदेशिक रोजगारीको नाममा ठगिएको भन्दै विभागमा उजुरी हालेका छन् । यसरी उजुरी गर्नेमध्ये तीन हजार ८३७ उजुरी फस्र्योट भएको विभागले उल्लेख गरेको छ ।

यस्तै वैदेशिक रोजगारीको नाममा ठगिएको भन्दै उजुरीकर्ताले ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ बराबरको रक असुली गर्नुपर्ने दाबी गरेका छन् । त्यसैगरी एक वर्षको अवधिमा उद्धार, राहत तथा समन्वय शाखामा एक हजार ४४२ उजुरी परेका छन् । तीमध्ये १७३ जनाको उद्धार गरिएको र दुई हजार ४४४ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ ।

Hardik health

त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ९१६ उजुरी परेका छन् । ती मध्ये ४५५ उजुरीमा मिलापत्र गराइएको छ भने ३९० वटा मुद्दा अदालतमा पठाइएको विभागले उल्लेख गरेको छ । यसैगरी प्रहरी शाखामा तीन हजार ४०५ उजुरी परेका छन् । ती मध्ये ८६ को मात्रै मिलापत्र गराइएको छ भने प्रहरीकहाँ परेका उजुरीमध्ये दुई हजार २१७ उजुरी फस्र्योट भएका छन् । जसमा क्षतिपूर्तिबापत एक करोड ७६ लाख एक हजार ६९८ रुपैयाँ असुल गरिएको छ ।

यतिमात्र नभई एक आर्थिक वर्षमा जिटुजी सम्झौतामार्फत सरकारले कोरिया, इजरायल र बेलायतमा ११ हजार ९०१ जना श्रमिक पठाएको छ भने म्यानपावरमार्फत तीन लाख ५३ हजार १६३ जना वैदेशिक रोजगारीका लागि विदेशिएको विभागले जनाएको छ । पुनः श्रम स्वीकृति लिएर जानेको संख्या दुई लाख ८१ हजार १९५ र व्यक्तिगत श्रम स्वीकृति लिएर जाने ९५ हजार ३८ जना रहेका छन् । 

यस्तै वैदेशिक रोजगार पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिने १३७ वटा संस्था नवीकरण भएका छन् । यस अवधिमा ६२ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएका छन् भने ४३ वटाको दर्ता खारेजी तथा धरौटी फिर्ता गरेको विभागले जनाएको छ । त्यसैगरी ४२७ वटा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीको नवीकरण भएको छ ।

जिटकोमा सूचीकरण भएका ४७४ वटा म्यानपावर पनि नवीकरण भएका छन् । त्यस्तै ८९ वटा म्यानपावर कम्पनीमाथि आकस्मिक अनुगमन गरिएको छ भने १४ वटालाई निलम्बन गरी कारोबारमा बन्देज लगाइएको छ । एक वर्षमा २०७ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थामाथि अनुगमन गरिएको विभागले उल्लेख गरेको छ । 
 


प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो शुक्रबार, माघ ९, २०८२
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, माघ ९, २०८२
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी शुक्रबार, माघ ९, २०८२
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP