Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनचाँदीको भन्सार दर घटाउन तयार : अर्थमन्त्री पौडेल 
सुनचाँदीको भन्सार दर घटाउन तयार : अर्थमन्त्री पौडेल 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २२, २०८१

काठमाडौं - उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा साेमबार उनले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका हुन् ।

भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्वाधोन गर्न जरुरी रहेको स्वीकार गर्दै यस विषयमा सम्वद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने उनले प्रतिवद्धता जनाएको  नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ  । 

मन्त्री पौडलसँगको भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतमा हालै सार्वजनिक भएको बजेट मार्फत सुनचाँदीको भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर नेपालमा यस्तो दर २० प्रतिशत कायम रहेकोले ब्यापार असन्तुलन हुन नदिन तत्काल भन्सार दरलाई घटाई सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत भन्सार दर कायम गरीनु पर्ने आवश्यकता औंल्याए  ।

Hardik health

त्यसक्रममा उनले बैंकले निश्चित समयमा मात्रै सुनको आयात गर्ने तर विद्यमान ब्यवस्था अनुसार भन्सार दर भने दिन दिनै परिवर्तन भैरहने भएकोले कारोबारमा समस्या परेको हुँदा प्रत्येक १५ दिनका लागि फ्ल्याटमा भन्सार दर कायम गर्नुपर्ने र प्रत्येक १५/१५ दिनमा भन्सार प्रयोजनका लागि भन्सार दर पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए । 

हाल विद्यमान सिफारिस सिस्टमलाई ब्यवस्थित गर्दै दैनिक ५० किलो सुनको आयात गर्ने ब्यवस्था मिलाई त्यसमध्ये ३० किलो बैंक मार्फत ब्यवसायीका लागि र २० किलो उत्पादक (उद्योग) का लागि छुट्टयाउनु पर्ने खाँचो औंल्याउँदै अध्यक्ष रसाइलीले सुनको आयातमा कोटा प्रणाली कायमै रहेको खण्डमा दैनिक कोटाको आधारमा १ वर्षको ३६५ दिन कायम गरेर बजारको माग र आपूर्ति सन्तुलन हुनेगरी सिजन र अफ सिजन अनुसार मिलाई बार्षिक रुपमा तोकिएको कोटाको सिलिङ भित्र रही आयात गर्ने ब्यवस्था हुनु पर्ने बताए  । 
त्यसक्रममा तीनैवटा महासंघको तर्फवाट सुनचाँदीको क्षेत्रमा तत्काल सम्वोधन गर्नुपर्ने बिषयहरुलार्य समावेस गरिएको पत्र हस्तान्तरण गरिएको थियो । त्यसमा सुनचाँदी सँग सम्बन्धित सम्पूर्ण कार्य सम्पादनका निमित्त बाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक सम्मिलित एकद्धार प्रणााली वनाइनु पर्ने, धेरै बैंकहरु मार्फत सुन बितरण गर्नु झन्झट बढी हुने भएकोले केही सिमित बैंकहरुलाई मात्रै सुन वितरणको  जिम्मेवारी दिइनु पर्ने, कच्चा सुन आयातमा २० प्रतिशत भन्सार लाग्ने तर तयारी गहना आयातमा भने कच्चा सुन आयातमा भन्दा बढी भन्सार लाग्नु पर्नेमा जम्मा ९ दशमलव ५ प्रतिशत मात्रै भन्सार लाग्ने ब्यवस्थाले स्वदेशी कालिगढ, श्रम र शीप खेर जाने अवस्था आएकोले उक्त ब्यवस्थलाई पुनरावलोकन गरिनुपर्ने लगायतका मा ग छन् ।

यस्तै झिटी–गुण्टा अन्तर्गत पैठारी हुने सुन को सीमा बढाइनु  पर्ने, झिटी–गुण्टा अन्तर्गत भित्रिने सुनको खरीद बीलमा प्रवेश विन्दुमा भंसार कार्यालयले छाप लगाउने र सोही निस्साको आधारमा पैठारी कर्ताबाट गहना व्यवसायीले फाइन गोल्ड खरीद गर्न सक्ने प्रावधान हुनु पर्ने, सुनचाँदीको कारोबार सम्बन्धि प्रष्ट निर्देशिका बनाइनु पर्ने लगायतका माग गरिएको थियो  ।

भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किशान सुनार, निवर्तमान अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल सुनचाँदी ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, रत्न आभुषण महासंघका प्रथम उपाध्यक्ष द्धारिका शंकर, महासचिव निर वहादुर विक, काठमाडौं सुनचाँदी ब्यवसायी संघकी अध्यक्ष रोहिना शाक्य लगायतका ब्यवसायीहरुको उपस्थिति रहेको थियो । 


         
 


प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक तोला सुनको मूल्य तीन लाख एक हजार नाघ्याे
एक तोला सुनको मूल्य तीन लाख एक हजार नाघ्याे शुक्रबार, माघ ९, २०८२
आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर शुक्रबार, माघ ९, २०८२
चामल आयात गर्न करिब साढे २० अर्ब खर्च
चामल आयात गर्न करिब साढे २० अर्ब खर्च बिहीबार, माघ ८, २०८२
सुनचाँदीको मूल्यमा केही कमी
सुनचाँदीको मूल्यमा केही कमी बिहीबार, माघ ८, २०८२
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ बुधबार, माघ ७, २०८२
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर बुधबार, माघ ७, २०८२
नेप्से परिसूचकमा ४२ अंकको वृद्धि, करिब १२ अर्बको कारोबार
नेप्से परिसूचकमा ४२ अंकको वृद्धि, करिब १२ अर्बको कारोबार मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP