Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दोस्रो चरणको इपिएस परीक्षामा नौ हजार परीक्षार्थी सफल
दोस्रो चरणको इपिएस परीक्षामा नौ हजार परीक्षार्थी सफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २२, २०८१
Energy Drink Energy Drink

काठमाडौं– दक्षिण कोरिया उत्पादनमूलक क्षेत्रका लागि नेपाली कामदार लैजान लिइएको दोस्रो चरणको इपिएस कोरियन भाषा परीक्षामा झण्डै नौ हजार नेपाली परीक्षार्थी सफल भएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार एचआरडी कोरिया शाखाले सार्वजनिक गरेको दोस्रो चरणको नतिजामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

एचआरडी कोरिया शाखाले गएको वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म लिएको परीक्षामा ७९ हजार ९३७ जना सहभागी भएका थिए । जसअनुसार परीक्षामा सहभागीमध्ये ११.२१ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । इपिएस कोरिया शाखाले दोस्रो चरणको परीक्षामा उत्तीर्ण भएकाहरुले अर्को सीप परीक्षण (स्किल टेस्ट) र ‘कम्पिटेन्सी टेस्ट’ लिनुपर्ने जनाएको छ । 

सीप परीक्षण र कम्पिटेन्सी टेस्टको लागि यही साउन २३ गते बेलुका पाँच बजेसम्म परीक्षार्थीले आफ्नो सक्कल पासपोर्ट र प्रवेशपत्रसहित कागजात संलग्न गरी फाराम भरेर कार्यालयमा बुझाउनुपर्ने छ । अन्यथा परीक्षास्थलमा प्रवेश नगराइने कोरिया शाखाले जनाएको छ । सीप परीक्षण र कम्पिटेन्सी टेस्टमा सहभागी नहुने परीक्षार्थीको नाम उत्पादनमूलक क्षेत्रको भाषा परीक्षाको उत्तीर्ण सूचीमा समावेश नगराइने पनि शाखाले जनाएको छ ।

Ncell
Hardik health

उत्पादनमूलक क्षेत्रमा जानका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन फाराम भरेका थिए । जसमध्ये पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भए पनि छ हजार ३२१ जनामात्रै उत्तीर्ण भएका थिए । यसैगरी आगामी कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म लिइने तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुने इपिएस शाखाले जनाएको छ । 

रोजगारीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा जिटुजी सम्झौताअनुसार इपिएस प्रणालीमार्फत नेपाली श्रमिक पठाउने व्यवस्था छ । त्यसका लागि भाषा परीक्षा अनिवार्य उत्तीर्ण भएको हुनुपर्छ । गत वर्षदेखि भाषा परीक्षा पास गरी सीप परीक्षणमा उत्तीर्ण भएकालाई मात्र रोजगारीमा लैजाने सूचीमा राखी प्रक्रिया अगाडि बढाउने गरिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया रोजगारीमा सिण्डिकेट रोक्न प्रधानमन्त्री शाहले गरे मलेसियाका प्रधानमन्त्रीसँग फोनवार्ता
मलेसिया रोजगारीमा सिण्डिकेट रोक्न प्रधानमन्त्री शाहले गरे मलेसियाका प्रधानमन्त्रीसँग फोनवार्ता मंगलबार, असोज ६, २०८३
‘रिटर्नी’को सीप विकास तालिम पहिचान गरिने
‘रिटर्नी’को सीप विकास तालिम पहिचान गरिने मंगलबार, असोज ६, २०८३
मलेसिया ‘सिण्डिकेट’ प्रकरण: सहायक संस्थाको सूचीमा परेका व्यवसायी संघमा पुगेपछि विवाद
मलेसिया ‘सिण्डिकेट’ प्रकरण: सहायक संस्थाको सूचीमा परेका व्यवसायी संघमा पुगेपछि विवाद मंगलबार, असोज ६, २०८३
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया सोमबार, असोज ५, २०८३
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या आइतबार, असोज ४, २०८३
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स शुक्रबार, असोज २, २०८३
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण शुक्रबार, असोज २, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP