Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • केयर गिभर तालिमको प्रमाणपत्र नक्कली !
आवेदकले पेस गरेका शंकास्पद प्रमाणपत्रमाथि छानबिन गर्दै विभाग  केयर गिभर तालिमको प्रमाणपत्र नक्कली !
आइतबार, साउन २०, २०८१

काठमाडौं– इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) का लागि जान आवेदन दिँदा पेस गरिएको तालिम प्रमाणपत्र नक्कली भएको आशंका गरिएको छ । वैदेशिक रोजगार विभागले यही साउन ११ गतेसम्म प्राप्त आवेदन तथा कागजातहरुमाथि अध्ययन गरी इजरायल जाने केयर गिभरको छनोट प्रक्रिया अगाडि बढाउने क्रममा केही आवेदकहरुले नक्कली प्रमाणपत्र पेस गरेको हुनसक्ने आशंका गरिएको हो । 

विभागले गत असार ११ गते सूचना निकालेर केयर गिभरका लागि आवेदन आह्वान गरेकोमा चार हजार २४ जनाले अनलाइनमार्फत आवेदन दिएका थिए । जसमा दुई हजार २०९ जना पुरूष र एक हजार ८१५ जना महिला रहेका विभागले जनाएको छ । छनोट प्रक्रियामा रहेका केही आवेदनहरु अस्वीकृत भएको विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार आवेदन दिनेहरुमा केहीले केयर गिभरका लागि चाहिने तालिमसम्बन्धी तीन महिने कोर्शको प्रमाणपत्र नक्कली पेस गरेको आशंकामा छानबिन थालिएको छ । 

‘विभागले प्राप्त आवेदनहरुमाथि गम्भीररुपमा छानबिन तथा अध्ययन गरिरहेको छ,’ ती अधिकारीले भने, ‘नक्कली प्रमाणपत्र पेस गरेको आशंकामा केयर गिभरको तालिम प्रदान गर्न अनुमति प्राप्त तालिम प्रदायक संस्थाहरु र सिटिइभिटीद्वारा मान्यताप्राप्त संस्थालाई स्थापनादेखि हालसम्म तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण माग गरिएको छ ।’ 

Hardik health

यसअघि विभागले केयर गिभरसम्बन्धी तालिमको प्रमाणपत्र किनबेच हुनसक्ने भन्दै सम्बन्धित संस्थाहरुसँग तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण माग गरेको थियो । ती संस्थाहरुले विभागमा पेस गरेको विवरण र प्राप्त निवेदनहरुमा समावेश गरिएको प्रमाणपत्रको संख्याबीच अन्तर देखिएको बताइएको छ । ‘तालिमप्रदायक संस्थाहरुबाट पुनः विवरण माग गरिएको छ, सबै विवरण आएपछि कति आवेदकले नक्कली प्रमाणपत्र पेस गरेका रहेछन् भन्ने थाहा हुने छ,’ विभाग स्रोतले भन्यो, ‘कतिपयले हामीले पेस गरेको संख्यामा छुट भएछ भन्दै थप विवरण पनि पठाएका छन्, ती शंकास्पद हुन सक्छन् ।’

केयर गिभरका लागि प्राप्त आवेदनहरु प्रमाणीकरण गर्ने क्रम जारी रहेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । प्रमाणीकरण गरेपछिमात्रै आवेदन स्वीकृत हुने उनले बताए । आवश्यक कागजात नपुगेका आवेदनहरु स्वीकृत नहुने उनले प्रस्ट पारे । नक्कली प्रमाणपत्रका सम्बन्धमा पनि कुरा उठिरहेको उनको भनाइ छ । महानिर्देशक घिमिरेले यस विषयमा विभाग गम्भीर रहेको बताए । 
‘विभिन्न विधि, प्रक्रिया अपनाएर आवेदनसँगै पेस गरिएका कागजात नक्कली हुन् कि सक्कली भन्ने छुट्याउन सम्बन्धित टिमले काम गरिरहेको छ,’ उनले भने, ‘कुनै पनि कागजातमा शंका लाग्नेबित्तिकै छानबिनका लागि आवश्यक प्रक्रिया अपनाइने छ ।’ 
विभागले इजरायबाट माग भएअनुसार केयर गिभरमा दुई हजार जनाका लागि आवेदन आह्वान गरेको थियो । जसमा एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार रहने उल्लेख गरिएको छ । विभागले सुरुमा ८०० जनाका लागि आवेदन माग गरे पनि पछि इजरायलले कोटा थप गरेसँगै दुई हजार पु¥याएको हो ।
 


प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP