Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार बचतपत्रमा देखिएन आकर्षण
१३ वर्षको अवधिमा जारी भएका बचतपत्रमध्ये ४.९ प्रतिशतमात्र बिक्री वैदेशिक रोजगार बचतपत्रमा देखिएन आकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १५, २०८१

काठमाडौं– सरकारले रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकहरुलाई लक्षित गर्दै आह्वान गर्ने गरेको वैदेशिक रोजगार बचतपत्रमा खासै आकर्षण देखिएको छैन । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण परिचालन गर्ने औजारको रुपमा वर्षैपिच्छे निकाल्ने वैदेशिक रोजगार बचतपत्रमा विदेश गएका श्रमिक वा गैरआवासीय नेपालीले लगानी गर्न रुचि नदेखाएका कारण तोकिएबराबरको पाँच प्रतिशत पनि बिक्री हुन नसकेको पाइएको छ ।

राष्ट्र बैंकले सोमबार वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवद्र्धनका उपायसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै १३ वर्षको अवधिमा १५ अर्ब ५६ करोड रूपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि निष्कासन गरिएकोमा जम्मा ७६ करोड २३ लाख रूपैयाँको मात्रै बिक्री भएको बताएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६६÷६७ देखि वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न सुरु गरेको हो । आर्थिक वर्ष २०७९÷८० सम्मको अवधिमा २५ पटकमा १५ अर्ब ५६ करोड रूपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि निष्कासन गरिए पनि मात्रै ४.९ प्रतिशत रकम बिक्री भएको तथ्यांक छ ।

बचतपत्रको परिचालन सुरुका वर्षहरुदेखि नै अपेक्षितरुपमा बिक्री हुन नसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ । पहिलो वर्ष एक अर्बको बचतपत्र आह्वान भएकोमा ४० लाख रुपैयाँ बिक्री भएको थियो भने दोस्रो वर्ष पाँच अर्ब रुपैयाँको निष्कासन आह्वान भएकोमा ३३ लाख रुपैयाँको मात्रै बिक्री भएको बताइएको छ । त्यसपछिका अधिकांश वर्षहरुमा बचतपत्रको आह्वान ५० करोड रुपैयाँभन्दा कम भएको देखिन्छ । यस अवधिमा निष्काशन भएका सबै वैदेशिक रोजगार बचपत्र पाँच वर्ष अवधिका रहेका छन् ।

‘आर्थिक वर्ष २०६६÷६७ देखि २०७९÷८० सम्म आह्वान रकमको ४.९ प्रतिशतमात्र बिक्री हुन सकेको छ,’ प्रतिवेदनमा भनिएको छ । बचतपत्रको ब्याजदर निर्धारण गर्दा सोही वर्षको बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरको तुलनामा उच्च रहने गरेको राष्ट्र बैंकको भनाइ छ । यस अवधिमा वैदेशिक रोजगार बचतपत्रको ब्याजदर सोही वर्षको मुद्दति निक्षेपको तुलनामा ०.०१ प्रतिशतदेखि २.४२ प्रतिशतसम्म उच्च हुँदा पनि बचतपत्र खरिदमा आकर्षण नदेखिएको उल्लेख गरेको छ । 

Hardik health

वैदेशिक रोजगार बचतपत्र निष्कासनको सुरुको वर्षमा मुलुकमा दुई खर्ब ३१ अर्ब रुैियाँ रेमिट्यान्स भित्रिएकोमा पछिल्लो अवधिमा करिब छ गुणाले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९÷८० मा १२ खर्ब २० अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । त्यसैगरी, वैदेशिक रोजगारीमा जानेको संख्या ३.२ गुणाले बढेर ५६.८३ लाख पुगेको छ । यसका वावजुद पनि वैदेशिक रोजगार बचतपत्रमा प्रभाव देखिन नसकेको राष्ट्र बैंकले निचोड निकालेको छ । 

राष्ट्र बैंकले बचतपत्रप्रति आकर्षण नहुनुमा स्थलगत सर्वेक्षण गरिएको पनि उल्लेख गरेको छ । सर्वेक्षणअनुसार ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसँग टेलिफोन सम्पर्क गर्दा ७५.५ प्रतिशत म्यानपावर कम्पनीका प्रतिनिधिलाईसमेत वैदेशिक रोजगार बचतपत्रबारे जानकारी नभएको पाइएको छ । वैदेशिक रोजगारीमा जानेमध्ये ८७.२ प्रतिशतले यस्तो बचतपत्रबारे सोधखोज नै नगर्ने गरेको पाइएको उल्लेख छ ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ नेपाली नागरिकसँग सम्पन्न स्थलगत सर्वेक्षणमा पनि ३९.५ प्रतिशतसँग यसबारे पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झण्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको उल्लेख गरेका थिए । त्यस्तै, बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनुपर्ने कारणले पनि यसप्रति रूचि नबढेको बताएको प्रतिवेदनमा उल्लेख छ ।  

बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेण्टहरुसँग पनि राष्ट्र बैंकले इमेल सर्वेक्षण गर्दा ६२.५ प्रतिशत रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा सोधखोज गर्ने गरे पनि खरिदमा तत्परता नदेखाउने गरेको जवाफ आएको बताएको छ । सर्वेक्षणपश्चात् सरोकारवालाहरुसँगको छलफलबाट बचतपत्रको बिक्री बढाउन फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत छोटो भिडियो क्लिपबाट प्रचारप्रसारमा तीव्रता दिनुपर्ने, बचतपत्रको खरिद–बिक्री पूर्णरुपमा विद्युतीय माध्यमबाट गराउने र बचतपत्र खरिदको आवेदन दिँदा कागजात सजिलोसँग अपलोड हुने व्यवस्था मिलाउने सुझाव प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ ।

त्यस्तै, वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने व्यवस्था सिडिएससी प्रणालीको मेरो सेयरमा आइपिओ खरिद गर्दाकै प्रक्रियाअनुरूप बनाउने र म्यानपावर कम्पनीहरूको अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगार बचतपत्रको जानकारी दिने व्यवस्था मिलाउनेलगायतका सुझाव आएको बताइएको छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह शुक्रबार, जेठ १५, २०८३
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो शुक्रबार, जेठ १५, २०८३
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट शुक्रबार, जेठ १५, २०८३
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न शुक्रबार, जेठ १५, २०८३
चुनावमा जान संघलाई प्रशासनको अनुमति
चुनावमा जान संघलाई प्रशासनको अनुमति बिहीबार, जेठ १४, २०८३
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं'
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं' बिहीबार, जेठ १४, २०८३
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP