Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #दुर्गा प्रसाईं
  • #केपी शर्मा ओली
  • #ज्योति_विकास_बैंक
  • #विश्व_टेलिभिजन_दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साढे चार महिनापछि भण्डारी पुनः श्रममन्त्री 
साढे चार महिनापछि भण्डारी पुनः श्रममन्त्री 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १, २०८१

काठमाडौं– सत्ता समीकरणमा फेरबदल आएसँगै शरतसिंह भण्डारी पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवं प्रतिनिधिसभा सदस्य भण्डारीले झण्डै साढे चार महिना (१३२ दिन) पछि मन्त्रालयको कार्यभार सम्हाल्ने अवसर पाएका हुन् । 

मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी लिनेबित्तिकै आफूले अघिल्लो कार्यकालमा वैदेशिक रोजगार क्षेत्रमा थालेका सुधारको अभियानलाई निरन्तरता दिने बताए । उनले देशभित्रै रोजगारीको सुनिश्चितता गर्दै बाध्यकारी वैदेशिक रोजगारीको अवस्थालाई न्यूनीकरण गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे ।

पुनः मन्त्रालयको जिम्मेवारी पाएका भण्डारीले वैदेशिक रोजगारको क्षेत्र सुधार गर्ने बताए पनि अब कसरी अघि बढ्लान भन्ने प्रश्न उब्जिएको छ । यसअघि निवर्तमान श्रममन्त्री डोलप्रसाद अर्यालले आफूभन्दा अघिल्लोचोटी मन्त्री भएका भण्डारीको केही निर्णय खारेज गरेका थिए । अर्यालले जापान र कोरियामा रोजगारीका लागि नेपालीलाई पठाउने सम्बन्धमा जारी गरेको कार्यविधि स्थगित गरेका थिए । अर्यालपछि पुनः भण्डारीले नै मन्त्रालयको जिम्मेवारी पाएपछि अर्यालकै शैलीमा अघिल्लो मन्त्रीबाट भएका निर्णय र कार्यविधि उल्ट्याउनसक्ने आशंका गरिएको छ ।  

अघिल्लो कार्यकालमा मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानुपूर्व लिइने अभिमुखीकरण तालिम शुल्क ७०० रुपैयाँबाट बढाएर दुई हजार ८०० रुपैयाँ पु¥याएका थिए । उनले अभिमुखीकरण तालिम सञ्चालनका लागि मापदण्ड नै तोकेर कार्यविधि जारी गरेका थिए । यसले विदेश जाने कामदारलाई आर्थिक भार पर्ने भन्दै अर्यालको पालामा उक्त कार्यविधि खारेज गरियो ।

Hardik health

त्यस्तै वैदेशिक रोजगारीमा जान दक्ष एवं अर्धदक्ष कामदारले अंग्रेजी भाषा परीक्षा पास गर्नुपर्ने निर्णय गर्दै बनेको कार्यविधि पनि अव्यावहारिक र अनावश्यक रहेको भन्दै खारेज गरियो । इजरायलमा बिटुबी प्रणालीमार्फत कामदार पठाउन भण्डारीको पालामा गरिएको निर्णय पनि निवर्तमान मन्त्री अर्यालले खारेज गदिएका थिए ।

भण्डारीले गरेका थुप्रै निर्णय विवादित बनेको र जारी भएका कार्यविधिमाथि अध्ययन गर्नुपर्ने बताउँदै अर्यालले मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरी अध्ययन प्रतिवेदन बनाउन लगाएका थिए । सोही कार्यदलले दिएको प्रतिवेदनको सुझावको आधारमा अर्यालले भण्डारीबाट गरिएका निर्णय र जारी भएका कार्यविधि खारेज गर्ने र स्थगन गरेका थिए ।

मन्त्री भण्डारीले निवर्तमान मन्त्री अर्यालले गरेका निर्णयहरूमाथि के गर्छन् भन्ने प्रस्ट भइनसके पनि आफ्नो पालामा भएका निर्णय तथा कार्यविधिहरुलाई पुनः निरन्तरता दिने संकेत देखाएका छन् । मन्त्रालयको जिम्मेवारी पाएलगत्तै उनले आफ्नो अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिइसकेका छन् । ‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसंगति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिने छु,’ उनले प्रस्ट शब्दमा भनेका छन् ।  

मन्त्री भण्डारीले आफूलाई कुनै किसिमका नाटक र ‘स्टन्ट’ गर्ने छुट नभएको बताउँदै चुनौतीहरुको सामना नगरी परिणाम नआउने बताएका छन् । उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउन जोड दिने उल्लेख गरेका छन् । मन्त्री भण्डारीले इमान्दारपूर्वक विषयवस्तुमाथि अध्ययन नगरी प्रतिफल प्राप्त गर्न खोजे असफलता मात्रै हात लाग्नेबारे आफू जानकार रहेको बताए ।

मन्त्री भण्डारीले पुनः श्रम मन्त्रालयको जिम्मेवारी पाउनु भनेको आन्तरिक तथा वैदेशिक रोजगार क्षेत्रलाई पुनर्संरचना गर्ने अवसर प्राप्त भएको श्रम तथा आप्रवासनविज्ञ रामेश्वर नेपालले बताए । ‘मन्त्री भण्डारीले श्रम प्रशासनबारे यसअघि नै बुझिसक्नुभएको छ, पुनः श्रम मन्त्रालयकै जिम्मेवारी पाउनुले यसपटक काम नै गर्ने अवसर प्राप्त भएको छ, यसलाई उहाँले पनि मनन गर्नु भएकै होला,’ उनले भने । विशेषगरी वैदेशिक रोजगारको क्षेत्रमा नियमन, अनुगमन, नियन्त्रण गर्नुपर्ने सवालमा सरकारले कुनै उपलब्धि हासिल नगरेको नेपालको भनाइ छ ।

यस्तो अवस्थामा मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका मन्त्री भण्डारी दशकौंदेखि भइरहेको विकृति तथा विसंगतिकाविरुद्ध निर्ममरुपमा प्रस्तुत हुनुपर्ने उनको सुझाव छ । 
 


प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, मंसिर ५, २०८२
दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो 
दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो  शुक्रबार, मंसिर ५, २०८२
सरकारी र अर्धसरकारी संस्थाबाट आउन थाल्यो भिसा
सरकारी र अर्धसरकारी संस्थाबाट आउन थाल्यो भिसा बिहीबार, मंसिर ४, २०८२
चार महिनामा रोजगारीका लागि साढे दुई लाखभन्दा बढी विदेसिए
चार महिनामा रोजगारीका लागि साढे दुई लाखभन्दा बढी विदेसिए बुधबार, मंसिर ३, २०८२
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP