Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावरमार्फत रोजगारीका लागि विदेसिने तीन लाख ३५ हजार नाघ्यो
म्यानपावरमार्फत रोजगारीका लागि विदेसिने तीन लाख ३५ हजार नाघ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १६, २०८१

काठमाडौं– चालु आर्थिक वर्षमा म्यानपावर कम्पनीमार्फत तीन लाख ३५ हजार ९९७ नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले यही असार १२ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । उनीहरुलाई ९२२ वटा म्यानपावर कम्पनीले विभिन्न मुलुकमा पठाएका हुन् । 

यसरी वैदेशिक रोजगारीमा गएकामध्ये दुई लाख ९९ हजार ८३३ पुरुष र ३६ हजार १४६ महिला रहेको विभागले उल्लेख गरेको छ । विभागले व्यक्तिगत तथा पुनः श्रम स्वीकृति लिएर विदेश गएका कामदारको संख्या भने यसमा समावेश गरिएको छैन । विभागले सार्वजनिक गरेको विवरणअनुसार एउटा म्यानपावरले झण्डै एक वर्षको अवधिमा एक जनादेखि सात हजारभन्दा बढी कामदारलाई रोजगारीका लागि विदेश पठाएका छन् । एकदेखि १० जना कामदार पठाउने म्यानपावरको संख्या ३८ रहेको छ भने ७७ वटाले एक हजारभन्दा बढी कामदार पठाएका छन् । एक जनामात्रै कामदार पठाउने म्यानपावर पाँचवटा रहेका छन् ।

चालु आवको अन्तिम महिना अर्थात् असारको दोस्रो हप्तासम्म नील कमल ह्युमन रिसोर्स प्रालिले सबैभन्दा बढी कामदार विदेश पठाएको छ । यस कम्पनीमार्फत सात हजार १३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । दोस्रो स्थानमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालिबाट पाँच हजार ५५५ जना गएका छन् । त्यस्तै तेस्रो स्थानमा परेको एयर किंग्स प्लेसमेन्ट प्रालिले तीन हजार ८३७ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । यसैगरी चौथो स्थानमा रहेका प्याराडाइज इन्टरनेसनल प्रालिबाट तीन हजार ६०८ जना गएका छन् भने पाँचौं स्थानमा परेको दि रिभर ओभरसिज प्रालिले तीन हजार ५९७ जना कामदार पठाएको विभागको तथ्यांकले देखाएको छ । 

Hardik health

छैटौंमा रहेको साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालिबाट तीन हजार ५६०, सातौंमा रहेको इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिबाट तीन हजार ५५४, आठौंमा रहेको सपोर्ट ह्युमन रिसोर्स प्रालिबाट तीन हजार ३३६, नवौंमा रहेको गल्फ म्यानपावर सर्भिस प्रालिबाट दुई हजार ९२७ र दशौं स्थानमा रहेको एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्टस् प्रालिबाट दुई हजार ८९० जना नेपाली रोजगारीका लागि विदेसिएका छन् । 

यसैबीच एक आर्थिक वर्षमा १०० जना कामदार विदेश पठाउन नसक्ने म्यानपावरको नवीकरण नभई खारेजीमा जाने कानुनी व्यवस्था भएकाले २०० भन्दा बढी म्यानपावर संकटमा देखिएका छन् । ती संस्थाहरुको नवीकरणमा सरकारले सहजीकरण गरिदिनुपर्ने व्यवसायीहरुले माग गर्दै आएका छन् । यसअघि पनि सरकारले १०० जना कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनीलाई नवीकरणको अवसर दिँदै आएको थियो । 

 


प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री बुधबार, माघ २१, २०८२
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी  गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी गर्ने दुई पक्राउ मंगलबार, माघ २०, २०८२
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया मंगलबार, माघ २०, २०८२
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ सोमबार, माघ १९, २०८२
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार सोमबार, माघ १९, २०८२
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो सोमबार, माघ १९, २०८२
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP