Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जोखिम क्षेत्रमा सतर्कता बढाऊ
जोखिम क्षेत्रमा सतर्कता बढाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १३, २०८१

मुलुकमा मनसुन भित्रिइसकेको छ । लामो समय पानी नपर्दा बढेको सुक्खापन र बढ्दो तापक्रमको प्रभावमा परेका देशभरका नागरिकलाई मनसुन भित्रिएपछिको वर्षाले राहत दिलाएको छ । खेतीको सिजन भएकोले आकाशेपानीको भर पर्नुपर्ने किसानहरुलाई पनि राहत पुगेको छ । यी त मनसुनले पारेको सकारात्मक प्रभाव हुन् । तर, मनसुनसँगै विपद्को जोखिम पनि ह्वात्तै बढेको छ । मनसुनजन्य विपद्ले देशका विभिन्न स्थानमा क्षति पु¥याउने क्रम सुरु भएको छ ।

बुधबारमात्रै मुलुकभर बाढीपहिरो, चट्याङलगायतको विपत्तिले ठूलो जनधनको क्षति पु¥याएको छ । एकैदिन विपद्मा परी १६ जनाको ज्यान गएको छ । मनसुनको सुरुआतमै यति धेरै मानवीय क्षति हुनु दुःखद् विषय हो । लमजुङ, कास्की, सुनसरी, ओखलढुंगा, सुनसरी, स्याङजा, कैलालीलगायत २९ जिल्ला बाढीपहिरो र चट्याङबाट प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ । बुधबार साँझसम्म बाढीपहिरो र चट्याङका ४४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार क्षतिका पूरा विवरण अझै आइसकेको छैन । 

बुधबार विपद्बाट सबैभन्दा बढी जनधनको क्षति लमजुङमा भयो । त्यहाँको क्व्होलासाथार गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा तीनवटा घर पहिरोले पुरिँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पहिरोले लमजुङकै दोर्दी गाउँपालिकामा–९ मा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार कास्कीमा दुई बालबालिकाको पहिरोले पुरिएर मृत्यु भएको छ । एक महिला गम्भीर घाइते भएका छन् । रातभरको अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा उक्त घटना भएको बताइएको छ । कास्कीको मादी गाँउपालिका–५ चितेपानी र पोखरा महानगरपालिका–२७ आरूपाटामा पहिरोले क्षति पु¥याएको हो । 

Hardik health

कोशी प्रदेशअन्तर्गत मोरङको रतुवामाई नगरपालिका–५ मा भारी वर्षाका कारण पानी जमेको खाल्डोमा परी एक जनाको मृत्यु भएको छ । मोरङको रंगेलीमा रहेको घाँगी खोलामा आएको बाढीमा एक जना बेपत्ता भएका छन् । कोशीकै ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ थुम्कीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ । स्याङजाको पुतलीबजार नगरपालिका–१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ । 

बाढीपहिरोमात्रै होइन चट्याङले पनि विभिन्न जिल्लामा ज्यान लिएको छ । रोल्पाको सुनछहारी गाउँपालिका–३ बाहिरी गाममा दुई जनाको चट्याङ लागेर मृत्यु भएको छ । कैलालीको जोशीपुर गाउँपालिका–३ र धनगढी उपमहानगरपालिका–१८ मा चट्याङले एक–एक जनाको ज्यान लिएको छ । चट्याङबाटै कपिलवस्तुमा पनि दुई जनाको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका–८ भैसहियामा उक्त घटना भएको हो । 

यी घटनाले देशभर विपद्को जोखिम बढेको देखाउँछ । त्यसैले जोखिम न्यूनीकरणमा तीनै तहका सरकार, सुरक्षा निकाय र सरोकारवाला सबै लाग्न जरुरी देखिएको छ । विपद् कुन बेला आउँछ पत्तो हुँदैन । सम्भावित जोखिम क्षेत्रमा २४ सै घण्टा सतर्क रहौं ।
 


प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP