Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जेठमा रोजगारीका लागि ७२ हजारभन्दा बढी विदेसिए
युएईमा जानेको संख्या सबैभन्दा बढी जेठमा रोजगारीका लागि ७२ हजारभन्दा बढी विदेसिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ४, २०८१

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/८१ को ११औं महिना अर्थात् जेठमा वैदेशिक रोजगारीका लागि ७२ हजारभन्दा बढी नेपाली युवा विदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनामा ७२ हजार ८६१ जना नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका हुन् । 

विभागको तथ्यांकअनुसार नेपाली युवाहरु १०० वटा मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् । वैशाखमा भन्दा जेठमा विदेसिने नेपालीको संख्या केही बढेको छ । वैशाखमा ७० हजार ६३७ जना विदेसिएका थिए । यसअघि चैत महिनामा झण्डै ७१ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वकिृति लिएका थिए ।  

चालु आवको सुरुआती महिनादेखि (वैशाखबाहेक) संयुक्त अरब इमिरेट्स (युएई) नेपालीहरुको पहिलो गन्तव्य बनेको छ । जेठ महिनामा युएई जान २० हजार ४२४ जनाले श्रम स्वीकृति लिएका छन् । गत वैशाखमा युएई जान १६ हजार ५१२ जनाले मात्रै श्रम स्वीकृति लिएका थिए । त्यस्तै साउदी अरब दोस्रो स्थानमा परेको छ । जेठमा साउदी जान १३ हजार ३६६ जनाले श्रम स्वीकृति लिएका छन् । यसैगरी जेठमा कतार जान ११ हजार ९७३ जनाले श्रम स्वीकृति लिएका छन् । 

Hardik health

गत वर्ष नेपालीहरुको पहिलो गन्तव्य रहेको मलेसिया चौथो स्थानमा परेको छ । जेठ महिनामा मलेसिया जान आठ हजार ७५२ जनाले श्रम स्वीकृति लिएका छन् । यसैगरी पाँचांै स्थानमा परेको कुवेतमा तीन हजार ४३२ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिकको संख्यामा धेरै उतारचढाव देखिएको छैन । चालु आव सुरू भएयता कतार र साउदी जाने नेपालीको संख्या बराबरजस्तो देखिए पनि युएई जाने संख्यामा भने उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । उल्लिखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको देखिन्छ ।

Shram-on-jeth-1718689376.jpg
 

यसैगरी क्रोएसिया जान दुई हजार ९२२, रोमानिया एक हजार ९४६, बहराइन एक हजार १२१, जापान एक हजार ९३, साइप्रस ८९९, मोरिसस ८६८, माल्दिभ्स जान ७९०, र ओमानका लागि ६१८ जनाले श्रम स्वीकृति लिएका छन् । यो जेठ महिनामा श्रम स्वीकृति लिनेको संख्या हो । त्यस्तै जेठ महिनामा इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या ८५० कायम भएको छ । 

विभागबाट श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने २४ हजार ८१२ जना छन् । पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ४८ हजार ४९ जना रहेको छ । चालु आवको ११औं महिनामा श्रम स्वीकृति लिनेमध्ये सात हजार ९७५ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिकरुपमा बढ्दै गएकोसमेत विभागको तथ्यांकले देखाएको छ । 

यसरी श्रम स्वीकृति लिएर जानेहरुमा उच्च दक्षता भएकादेखि अदक्ष श्रमिक रहेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । वैशाख महिनामा उच्च दक्षता हासिल गरेका ९४ जना र पेसागत दक्षता भएका ४९० जना नेपालीहरु श्रम स्वीकृति लिएर विदेसिएका छन् । वैदेशिक रोजगारीको क्रममा सबैभन्दा बढी दक्ष कामदार गएको विभागले जनाएको छ । यो संख्या ५१ हजार ६२० रहेको छ । यस्तै अर्धदक्ष कामदारको रुपमा छ हजार २६ जना बाहिरिएका छन् । जेठ महिनामा १४ हजार ६३१ अदक्ष कामदार विदेसिएका छन् ।
 


प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP