Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा जानेलाई सहुलियतपूर्ण ऋण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई सहुलियतपूर्ण ऋण दिने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २, २०८१

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई सहुलियतपूर्ण ऋण दिने योजना अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि विदेश जाने श्रमिकले चर्को ब्याजमा व्यक्तिसँग ऋण लिनुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्य गर्न सहुलियतपूर्ण ऋण दिने योजना अघि बढाएको हो ।

वैदेशिक रोजगारीमा जान चाहने कामदारले सेवा शुल्कसमेत ऋण खोज्नुपर्ने बाध्यता देखिएको भन्दै त्यस्ता व्यक्तिहरुलाई सरकारले बैंकमार्फत सस्तो ब्याजदरमा ऋण दिने व्यवस्था मिलाउन छलफल भइरहेको मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । ‘विदेश जाने नेपाली कामदारलाई सस्तो ब्याजदरमा ऋण दिनेसम्बन्धमा विभिन्न बैंकहरुसँग कुराकानी भइरहेको छ,’ उनले भने, ‘जुन बैंकबाट ऋण उपलब्ध हुन्छ सोही बैंकमार्फत नियमित रेमिट्यान्सको कारोबार गर्नुका साथै क्रमशः साँवाब्याज भुक्तानी गर्नुपर्ने अनिवार्य व्यवस्था लागू हुने छ ।’

बैकबाट ऋण लिने व्यवस्था गर्न सके वैदेशिक रोजगारीका लागि कतिपय मुलुकमा जान लागू गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था कार्यान्वयमासमेत बल पुग्ने बताइएको छ । यसबाट वैदेशिक रोजगारीका लागि जान चाहने युवाहरुमाथि थोपरिने चर्को ब्याज र आर्थिक शोषणको अन्त्य हुने मन्त्रालयको भनाइ छ । वैदेशिक रोजगारीमा जाने कामदारका लागि बैंकमार्फत ऋण दिने व्यवस्था गरेमा म्यानपावर कम्पनीको सेवा शुल्कसमेत व्यवस्थित हुने मन्त्रालयले अपेक्षा गरेको छ । हाल अनधिकृतरुपमा लाखौं रुपैयाँ लिने गरे पनि म्यानपावरले कामदारलाई १० हजार रुपैयाँको मात्रै भरपाई दिने गरेको पाइन्छ । अनधिकृत कारोबार रोक्न तथा प्रभावकारी नियमनका लागि वैदेशिक रोजगारीमा जाँदा लाग्ने सेवा शुल्क बैंकमार्फत नै म्यानपावरलाई बुझाउने र बैंकले दिने ऋण पनि कामदारको खातामा नभई सीधै म्यानपावरको खातामा पठाउने योजना मन्त्रालयले बनाएको छ ।

Sonam Lhosar
Hardik health

गरिबी र बेरोजगारीको चपेटामा परेका अधिकांश युवाहरु विदेश जाँदा चर्को ब्याजमा ऋण लिएर म्यानपावर वा एजेन्टलाई बुझाएर जानुपर्ने बाध्यता छ । सरकारले रोजगारीका लागि मलेसियालगायत खाडी मुलुकमा जान सेवा शुल्क १० हजार रुपैयाँबाहेक अन्य शुल्क लिन नपाइने व्यवस्था गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा म्यानपावर कम्पनीहरुले कामदारबाट अनधिकृतरुपमा तीन÷चार लाख रुपैयाँसम्म असुल्ने गरेको पाइन्छ । सरकारले विगतदेखि नै वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरुलाई सहुलियतपूर्ण कर्जा दिने बताउँदै आए पनि कार्यन्वयन हुन सकेको थिएन । यद्यपि आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत वैदेशिक रोजगारीमा जाने युवालाई सहुलियत ऋण दिनेसम्बन्धमा सम्बोधन भएपछि श्रम मन्त्रालयले आवश्यक गृहकार्य थालेको बताइएको छ । जसमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विनाधितो ऋण उपलब्ध गराइने छ ।

 


प्रकाशित मिति: आइतबार, असार २, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP