Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा गैरकानुनीरुपमा रहेका नेपालीको उद्धार
मलेसियामा गैरकानुनीरुपमा रहेका नेपालीको उद्धार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ३१, २०८१

काठमाडौं– मलेसियास्थित नेपाली राजदूतावासले लामो समयदेखि गैरकानुनीरुपमा त्यहाँ बसेका र अलपत्र परेका नेपालीहरुको उद्धार गरेको छ । दूतावासले घर फिर्ती कार्यक्रममार्फत चार जनालाई उद्धार गरी स्वदेश फर्काउन पहल गरेको हो । मंगलबारमात्रै दूतावासले उद्धार गरेका सप्तरीका सरोजकुमार यादव, कालिकोटका पवनबहादुर शाहीलगायत चार जनालाई उद्धार गरी नेपाल फर्काएको छ । 

सप्तरीका यादव रोजगारीका लागि मलेसिया पुगेर १२ वर्ष बिताए । तर उनी रोजगारदाता (कम्पनी)को लापरबाहीका कारण गैरकानुनी कामदार बन्न पुगे । न उनी घर फर्कन सके, न वैधानिकरुपमा नै काम गर्न पाए । अवैधरुपमा बस्दै आएका उनी भागेर दूतावासको सम्पर्कमा पुगे । त्यसपछि दूतावासले आवश्यक विवरण लिएर उद्धार गरी सबै प्रक्रिया पूरा गरेर घर फर्काएको छ । अवैधरुपमा बसेका यादव घर फर्किन पाएपछि खुसी देखिएका छन् । ‘मलेसिया आएको १२ वर्ष भयो, यहाँ बस्ने खर्च पनि छैन, अब घर जान पाइने भइयो, सजिलो भयो, सरहरुले (दूतावासका कर्मचारी) छिट्टै मिलाइदिनु भयो,’ उनले भने ।

त्यस्तै मलेसिया पुगेको एक वर्षमै सिकिस्त बिरामी परेका पवनबहादुर शाही कम्पनीले बेवास्ता गरेपछि अलपत्र परे । कालिकोट तिलागुफा नगरपालिकाका शाही बिरामीका कारण काम गर्न नसक्ने भएपछि घर फर्किन खोजे पनि कम्पनीले साथ दिएन । ‘मलेसियामा उपचार नहुने डाक्टरको सल्लाहअनुसार नेपाल फर्किनुपर्ने भयो,’ उनले भने, ‘कम्पनीले कुनै मतलब नै गरेन, उद्धारका लागि दूतावासमा सम्पर्क गरेपछि धेरै सहयोग पाइयो, घर फर्किन पाउँदा खुसी लागेको छ ।’

Hardik health

यादव र शाही मलेसिया पुगेर अवैध हुने र बिचल्लीमा पर्ने प्रतिनिधि पात्रमात्र भएको दूतावासले जनाएको छ । मलेसियामा गैरकानुनीरुपमा बसेका र काम गरिरहेका थुप्रै नेपाली रहेको दूतावासका श्रम काउन्सिलर भोलानाथ गुरागाईंले बताए । अहिले मलेसियाले आप्रवासी कामदारलाई घर फिर्ती कार्यक्रम सञ्चालन गरिरहेकाले त्यसको फाइदा नेपालीहरुले लिनसक्ने भन्दै समयमै स्वदेश फर्किने प्रक्रिया थाल्न पनि उनले आग्रह गरे ।‘हामीले घर फिर्ती कार्यक्रमअन्तर्गत नै सम्पर्कमा आएका नेपालीहरुको उद्धार गर्ने र स्वदेश पठाउन सघाउने गरिरहेका छौं,’ गुरागाईंले भने, ‘मलेसिया सरकारले ल्याएको कार्यक्रम अवैधरुपमा बसेका कामदारहरुलाई घर फर्किन पाउने सुनौलो अवसर पनि हो ।’ मलेसियाले अवैधरुपमा बसेका आप्रवासी कामदारहरुलाई स्वदेश फर्किन गत मार्च १ देखि २०२४ डिसेम्बर अन्तिमसम्मको समयसीमा तोकेको छ ।
  


प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती बुधबार, पुस १६, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ मंगलबार, पुस १५, २०८२
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास मंगलबार, पुस १५, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस १४, २०८२
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित सोमबार, पुस १४, २०८२
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने आइतबार, पुस १३, २०८२
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP