Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • कालजयी बनाउने ध्याउन्नमा गायक थापा 
कालजयी बनाउने ध्याउन्नमा गायक थापा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २९, २०८१

काठमाडाैं‌ -  आफ्नो गीत गाउने या संगीत सिर्जना गर्ने सपना पुरा गर्नकै निम्ती यो क्षेत्रमा लाग्नेको संख्या धेरै छन् जसमा नारायण थापा पनि एक हुन् । निरन्तर रुपमा यो क्षेत्रमा लागिरहने अठोटका साथ सांगीतिक क्षेत्रमा सक्रिय थापाले महिना दिनको अन्तरालमा दुई गीत श्रोता माझ पस्केका छन् । उनले हालै सार्वजनिक गरेको ‘जुन मायाको पुजा गरें’ र ‘दिलमा आगो सल्कायौ’बाट पुष्टि हुन्छ, उनमा गीत, संगीतप्रतिको लगाब कति छ भन्ने । 

२०७२ सालमा पहिलो गीति संग्रह ‘अजम्बरी’ ल्याएका गायक थापाको गीति संग्रहभित्र चोखो मायामा, आज मृत्युले मलाई, रातभरि आएर तिम्रो याद, जलाएँ तिम्रा सारा तस्बिर, तिमीलाई नै सँधै किन लगायतका गीतहरु संग्रहित छन् । गीतकारहरु डा.राजुबाबु श्रेष्ठ, बीबी थापा, रमेश दाहाल, शुशिला पौडेल, डब्बु क्षेत्रीको शब्द एवं केशब पौडेल र गायक थापाकै संगीत रहेको उक्त संग्रहमा भुपेन्द्र रायमाझी र पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

पहिलो गीति संग्रहबाटै आफुलाई स्थापित गराउन सफल गायक थापाको २०७७ मा दोस्रो गीति संग्रह ‘परिवेस’ तथा २०७९ मा ‘आकर्षण’ गीति संग्रह बजारमा आइसकेको छ भने चाँडै नै ‘आभुषण’ गीति संग्रह बजारमा आउने क्रममा रहेको छ । गीतकारहरु काली प्रसाद रिजाल, राजेन्द्र थापा, आनन्द अधिकारी डा.कृष्णहरी बराल दिनेश सुवेदी, दिनेशराज पुरी तथा संगीतकारहरु अर्जुन पोखरेल बसन्त सापकोटा, दिपक शर्मा, गैरे सुरेश, शिखर सन्तोषजस्ता दिग्गज संगीत हस्तीसँगको सहकार्यमार्फत आफुलाई प्रमाणित गरिसकेका थापा स्थापित र चर्चित गायकसँगै कुशल संगीतकार समेत हुन् ।

Hardik health

आजकलका मुना मदन, एउटा यस्तो पुल बनास्, चोखो माया, लेख्या माया पाइएन, माया जालैमा, नघोच यो छाती, तिम्रो आकर्षणले, तिम्रो मुटु मेरो मुटुलगायतका गीतको सफलताले उनलाई यो क्षेत्रमा क्रियाशिल हुन थप उर्जा मिलेको छ । चर्चामा रहेका यि गीतहरुले थापाको सांगीतिक यात्रालाई अझै फराकिलो बनाउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ ।

हालै बजारमा आएको ‘जुन मायाको पुजा गरें’ तथा ‘दिलमा आगो सल्कायौ तिमीले’ गीतको सफलताबाट हौसिएका गायक, थापा भन्छन्, ‘थुप्रै गीतहरु रेकर्ड भएर बसेका छन्, केही दिनमा नै नयाँ गीत आउँदैछ, करिब एक दर्जन गीतहरु रेकर्डिङको क्रममा छन् । पुराना रेकर्ड भएर बसेका गीति संग्रहका तथा फुटकर गीतहरुलाई डिजिटल अडियो प्लेटफर्ममार्फत चाडै नै आभुषण इन्टरटेन्मेन्टको सहकार्य मार्फत बजारमा आउँदैछ ।’ दुई दशकदेखि नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल र समर्पित कुशल गायक थापा गीतसंगीत उत्पादन तथा बितरण कम्पनी आभुषण इन्टरटेन्मेन्टका सिईओसमेत हुन् ।

सुगम संगीतलाई अंगालेर अघि बढिरहेका अहिलेका लोकप्रिय गायक नारायण थापा भन्छन् ‘रातारात भाइरल बन्ने बजारीया गीतभन्दा पनि कालजयी पछिल्लो पुस्तालेसमेत मनपराउने गीत, संगीतलाई नै निरन्तरता दिन सकूँ र  गाउन पाइयोस् भन्ने लाग्छ ।’
 


प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP