Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २८, २०८१

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आइएलसी)लाई सम्बोधन गर्ने भएका छन् । ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन सत्रको समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार अपराह्न स्वीट्जरल्याण्डको जेनेभा जाँदै छन् ।

राष्ट्रपति पौडेलबाट उद्घाटन सत्रलाई बिहीबार सम्बोधन हुने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्बोधनका क्रममा पौडेलले विश्वको साझा चुनौती, दिगो समावेशी आर्थिक विकास, गरिबी निवारण, रोजगारी सिर्जना र वातावरण परिवर्तनबाट परेको असरको न्यूनीकरण आदिमा जोड दिने बताइएको छ ।

सम्मेलनमा सहभागी भएपश्चात् जेठ ३० गते पौडेलले आफ्नो समकक्षी स्वीट्जरल्याण्डका राष्ट्रपति भायोला एमहेर्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको पराराष्ट्रले जनाएको छ । जेनेभाबाट राष्ट्रपति पौडेल असार १ गते बर्लिन जाने र ३ गते जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टिनमियरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Hardik health

त्यसैगरी अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल आइतबार नै जेनेभा प्रस्थान गरेका छन् । मन्त्री अर्यालले जेठ ३० गते अर्थात् जुन १२ मा आइएलसीको पूर्ण बैठकलाई सम्बोधन गर्ने बताइएको छ । मन्त्री अर्यालले मंगलबार मलेसियाका मानव संसाधनमन्त्री ची क्योङ सिम र कतारका श्रममन्त्री अलि समिख अल मारीसँग दुईपक्षीय भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै १४ जुनमा कोरियाका रोजगार तथा श्रममन्त्री जङ सिक लीसँग दुईपक्षीय भेट गर्ने श्रम मन्त्रालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा आइएलओका १८७ सदस्य राष्ट्रका प्रतिनिधिले सहभागिता जनाएका छन् । सरकार, रोजगारदाता र श्रमिकका प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउने छन् । सम्मेलनमा अन्तर्राष्ट्रिय श्रम बजारमा देखिएको समस्या र समाधानको प्रयास, दीर्घकालीन रुपमा श्रमले प्रभाव पार्नेसम्बन्धी अन्तर्राष्ट्रिय श्रमको मापदण्ड, जैविक खतराविरुद्ध सुरक्षा, कार्यस्थलमा मौलिक सिद्धान्त र मानवअधिकारको रणनीति, विश्वव्यापीरुपमा मर्यादित र सुरक्षित श्रम तथा हेरचाह, र बढ्दो आप्रवसन श्रमसम्बन्धी छलफल भइरहेको बताइन्छ । यही जुन ३ बाट सुरु भएको सम्मेलन जुन १४ मा समापन हुने छ ।

 


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा सोमबार, मंसिर २२, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी शुक्रबार, मंसिर १९, २०८२
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार बिहीबार, मंसिर १८, २०८२
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP