Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘लू’को जोखिमबाट जोगिऔं
‘लू’को जोखिमबाट जोगिऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २७, २०८१

देशभर सामान्य वर्षा भएपछि निरन्तर उकालो लागेको तापक्रम केही नियन्त्रण भई राहत दिलाएको छ । तर वर्षा रोकिएसागै पुनः गर्मी बढ्दै गएको अवस्था छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम रहेको छ । तापक्रम बढेसँगै तराई क्षेत्रको जनजीवन प्रभावित हुन पुगेको छ । गर्मीसँगै विभिन्न समस्या निम्तिने हुँदा यसबाट जोगिन सतर्कता अपनाउन जरुरी छ । 

यो वर्ष तापक्रम र वर्षा दुवै औसतभन्दा बढी हुने महाशाखाले जनाएको छ । महाशाखाले जेठ ३१ गतेदेखि नेपालमा मनसुन भित्रिने अनुमान गरिएको थियो । यद्यपि, त्यसअघि नै वर्षा भएको छ । अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । 

गर्मीमा आउने तातो हावा (लू)ले स्वास्थ्यमा पु¥याउने जोखिमबाट बच्न विभिन्न उपाय अपनाउन जरुरी छ । तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहने, घरबाहिर नजाने, हलुका र सुतीका कपडा लगाउने, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक–पटक पानी तथा झोल पदार्थ पिउने गर्नुपर्दछ । तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, वान्ता हुनसक्ने भएकाले लूबाट बच्न स्वास्थ्यविद्हरुको सुझाव छ । सर्वसाधारणलाई लू तथा गर्मीका अन्य जोखिमबाट जोगाउन स्थानीय तहहरुको सक्रियता आवश्यक देखिन्छ । गर्मीबाट बच्ने उपायहरुबारे प्रचारप्रसार एवं जनचेतना जगाउन स्थानीय सरकारको भूमिका महŒवपूर्ण हुनसक्छ । त्यसैले यसमा स्थानीय तहहरुले प्रभावकारी कदम चाल्नुपर्छ । 

Hardik health

बढ्दो गर्मीको मुख्य कारण जलवायु परिवर्तन हो । नेपाल जलवायु परिवर्तनबाट धेरै प्रभावित हुने मुलुकमध्येमा पर्छ । पछिल्ला वर्षहरुमा हामीले जलवायु परिवर्तनको प्रभाव अनुभव गर्दै आएका छौं । यसले दीर्घकालमा जोखिम बढाउँदै जाने प्रस्ट छ । जलवायु परिवर्तनमा नेपालको योगदान नरहे पनि यसको प्रभाव भोग्नुपरिरहेको छ । विकसित राष्ट्रहरुका कारण भोगिरहेको यो समस्याको क्षतिपूर्तिका लागि नेपालले माग गरिरहेको छ । तर, नेपालको आवाज दरिलो भइरहेको छैन । यसलाई अझ प्रभावकारी रुपमा विश्व मञ्चमा उठाउन जरुरी छ ।
 


प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP