Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘लू’को जोखिमबाट जोगिऔं
‘लू’को जोखिमबाट जोगिऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २७, २०८१

देशभर सामान्य वर्षा भएपछि निरन्तर उकालो लागेको तापक्रम केही नियन्त्रण भई राहत दिलाएको छ । तर वर्षा रोकिएसागै पुनः गर्मी बढ्दै गएको अवस्था छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम रहेको छ । तापक्रम बढेसँगै तराई क्षेत्रको जनजीवन प्रभावित हुन पुगेको छ । गर्मीसँगै विभिन्न समस्या निम्तिने हुँदा यसबाट जोगिन सतर्कता अपनाउन जरुरी छ । 

यो वर्ष तापक्रम र वर्षा दुवै औसतभन्दा बढी हुने महाशाखाले जनाएको छ । महाशाखाले जेठ ३१ गतेदेखि नेपालमा मनसुन भित्रिने अनुमान गरिएको थियो । यद्यपि, त्यसअघि नै वर्षा भएको छ । अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । 

गर्मीमा आउने तातो हावा (लू)ले स्वास्थ्यमा पु¥याउने जोखिमबाट बच्न विभिन्न उपाय अपनाउन जरुरी छ । तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहने, घरबाहिर नजाने, हलुका र सुतीका कपडा लगाउने, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक–पटक पानी तथा झोल पदार्थ पिउने गर्नुपर्दछ । तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, वान्ता हुनसक्ने भएकाले लूबाट बच्न स्वास्थ्यविद्हरुको सुझाव छ । सर्वसाधारणलाई लू तथा गर्मीका अन्य जोखिमबाट जोगाउन स्थानीय तहहरुको सक्रियता आवश्यक देखिन्छ । गर्मीबाट बच्ने उपायहरुबारे प्रचारप्रसार एवं जनचेतना जगाउन स्थानीय सरकारको भूमिका महŒवपूर्ण हुनसक्छ । त्यसैले यसमा स्थानीय तहहरुले प्रभावकारी कदम चाल्नुपर्छ । 

Hardik health

बढ्दो गर्मीको मुख्य कारण जलवायु परिवर्तन हो । नेपाल जलवायु परिवर्तनबाट धेरै प्रभावित हुने मुलुकमध्येमा पर्छ । पछिल्ला वर्षहरुमा हामीले जलवायु परिवर्तनको प्रभाव अनुभव गर्दै आएका छौं । यसले दीर्घकालमा जोखिम बढाउँदै जाने प्रस्ट छ । जलवायु परिवर्तनमा नेपालको योगदान नरहे पनि यसको प्रभाव भोग्नुपरिरहेको छ । विकसित राष्ट्रहरुका कारण भोगिरहेको यो समस्याको क्षतिपूर्तिका लागि नेपालले माग गरिरहेको छ । तर, नेपालको आवाज दरिलो भइरहेको छैन । यसलाई अझ प्रभावकारी रुपमा विश्व मञ्चमा उठाउन जरुरी छ ।
 


प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP