Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #सानिमा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • सम्पर्कमा नआउने सहकारी खारेजी गर्न सुझाव
सम्पर्कमा नआउने सहकारी खारेजी गर्न सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २०, २०८१

काठमाडौं -  काठमाडाै‌ं महानगरपालिका कार्य क्षेत्र भइ सम्पर्कमा नआएका करिब नौ सय सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिएका छन् । “पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन भने ठेगाना उल्लेख गरेर सञ्चालक, सदस्य, बचतकर्ताहरुका नाममा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्नु, यति गर्दा पनि कोही सम्पर्कमा आएनन् भने खारेजीको प्रक्रियामा लैजानु”, सहकारीविज्ञ काशिराज दाहालले भने, “यो सहकारी समस्या समाधानका लागि थाल्नुपर्ने प्रक्रिया हो ।” 

उक्त प्रक्रिया अवलम्बन गर्न थालेपछि सरोकारवाला सम्पर्कमा आउने र  सञ्चालक नआए बचतकर्ता सम्पर्कमा आउने उनले बताए । बचतकर्ताको सम्पर्कबाट सञ्चालक भेटिने ठाउँमा पुग्न सहयोग पुग्ने शनिबार कामपा सहकारी विभागले आयोजना गरेको ‘सहकारी उत्थानका लागि अध्ययन, अनुसन्धान’ विषयक कार्यक्रममा दाहालले बताएका हुन्  ।    

कामपा कार्य क्षेत्र भएका एक हजार नौ सय २३ सहकारी संस्थामध्ये गत आर्थिक वर्षमा नौ सय ६८ सहकारीले विवरण पेस गरेका छन् ।  नियमानुसार प्रत्येक सहकारीले एक वर्षभित्र गरेको क्रियाकलापको जानकारी गराउनुपर्ने हुन्छ । विवरण पेस गर्न विभागको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि कामपाले अनुगमन गरी कारबाहीको तयारी गरेको हो ।  

Hardik health

कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले, सहकारीमा देखिएका समस्याले मुख्य असर बचतकर्तालाई परेको बताए  । कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्दै आएको छ ।

सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा कामपाले सहकारी ऐन जारी गरिसकेको थियो । सोही ऐनअनुरूप सहकारी सञ्चालन भइरहेका छन् । कामपामा रहेका सहकारीमध्ये एक हजार ६ सय २८ वटा बचत तथा ऋण सहकारी, दुई सय ६४ बहुउद्देश्यीय सहकारी, तीनवटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, तीनवटा सीपमूलक सहकारी, दुईवटा शिक्षा सहकारी छन् । 

सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका जम्मा एक-एकवटा सहकारी छन् । कामपाले पछिल्लो समय यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने तयारी गरेको छ । नेपालमा करिब ३२ हजार सहकारी छन् । 
 


प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह आइतबार, कात्तिक ३०, २०८२
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण आइतबार, कात्तिक ३०, २०८२
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि आइतबार, कात्तिक ३०, २०८२
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP