काठमाडौं- रसुवाबाढी प्रभावितको उद्धार र राहत सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न संघीय संसद् सचिवालयबाट २० कर्मचारी खटाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुरोध भए बमोजिम ती कर्मचारीलाई पठाइएको सभामुख डोलप्रसाद अर्यालको निजी सचिवालयले जनाएको छ ।
विपद्को कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउने कार्यमा सहजीकरण गर्न सङ्घीय संसद् सचिवालयले आवश्यक सहयोग र समन्वय गर्ने जनाएको छ ।