Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • कहाँ कसलाई आयो गणऽतन्त्र  ! 
कहाँ कसलाई आयो गणऽतन्त्र  ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १५, २०८१

घुँडामा फाटेको अलि पुरानो पाइन्ट, अनि देब्रे काखीले बैशाखी च्यापेर संस्कृति छात्राबास छिर्ने फलामको गेटको भित्तामा अढेस लगाउँदै जेठको धुपमा कञ्चटबाट निस्किएको पसिना शिरमा लगाएको ढाकाको टोपी फुकालेर पुछ्दै, एकोहोरो उत्तर फर्किएर टोलाएका छन् अर्जुन काका । मानिसहरु रंगीचंगी ब्लक बिछ्याएको पेटीबाट ओहोरदोहोर गरिरहेका छन् । सडकपेटीमा बिछ्याइएको रंगीन ब्लकले सहरलाई साँच्चै नै रंगीन बनाएको छ । एक जोडी युवायुवती महेन्द्र सालिकको आइल्याण्डमा मुस्कुराउँदै नारायणहिटीलाई आफ्नो पछाडि पारेर तस्बिर लिँदै छन् । अर्जुन काका आँखा झिमिक्क नगरी हेरिररहेका छन् । अनि केही स्मरण गरिरहेका छन् । 

भूइँमा रंगीन ब्लक, पेटीमा हरियालीसहितको ज्याकाराण्डा फूलै फूलले निकै आकर्षक देखिने सो क्षेत्रमा घण्टाघर देखिनेगरी फोटो खिचाउने पनि कम भने छैनन् । त्यही फोटो खिचेर रमाउँदै नारायणहिटीमा छिर्न टिकट काट्न हतारमा थिए त्रिशुले भाइ । छात्राबासको भित्तामा टोलाएर अढेस लागेका अर्जुन काकालाई देखेर त्रिशुले भाइ झस्कन्छ । बूढा मान्छे बाटो बिराएछन् कि क्या हो ! मनमनै सोच्दै काका भएको ठाउँमा पुग्छ ?
‘काका,’ त्रिशुले बोलाउँछ । 
अर्जुन काका झस्किन्छन् ! हँ ! को ? 
हत्तेरी काका चिन्नुभएन ? म के हरिकृष्णको छोरा त्रिशुले । 

हरिकृष्ण ? को हरिकृष्ण ? काका पनि बिर्सनु भो ? धेरै वर्ष भो त्यही भएर होला । बा, सहिद हुँदा म सानै थिएँ । काकाले नै सहरमा ल्याएर राख्नुभएको हैन । तपाईंको बिरानो सहराँ बस्दिन भनेर फर्कनुभो त ? ए ऽ ए बल्ल याद गरेर हरिकृष्णको छोरा  । हो त मैले नै राखिदिएको हो नि तिम्रो नाम त्रिशुल भनेर । कस्तो बिर्सेछु । हेर न दुई वर्ष भो बिर्सने रोगले च्याप्यो के बाबु । के भन्नु । उ बेला दुई–चार पुलिससँग भिडियो । अहिले बैशाखी देखाउँदै यो नभै चल्नै सकिन्न । अव उमेर पनि त भयो नि काका । साँच्ची काका तपाईंको त्यो गोली निकालेका घाउ ठीक भयो नि ? त्रिशुलेले सोध्छ ।

अव, यस्तै हो बाबु, एकैचोटी खरानी हुने बेलामा निको होला ? अचम्म पर्दै त्रिशुलले प्रश्न गर्छ, किन र काका ? युद्धका घाइते तपाईंको उपचार गर्दिने कुरा भएको थियो त ? मुस्कुराउँदै अर्जुन काका भन्छन्, कुरा भएको हो नि बाबु, काम पो नभएको त । अब हामीजस्ता मान्छेको के काम र ! पाखुरीमा बल हुञ्जेल प्रयोग गरिहाले । महेन्द्र सालिकलाई देखाउँदै, यी यो विचरो ढुंगाको सालिक फोर्न हिँडियो । के–के होला । साँच्चै नै हामीजस्ता गरिबको भाग्यको रेखा कोरिएला भन्ने सोचियो । एउटा राजा र त्यसले चलाएको राजतन्त्र फाल्न पाए जनता सुखी हुन्छन् । सामन्तवाद अन्त्य हुन्छ र समाजवाद आउँछ भन्ने रटान गरियो । तर...

Hardik health

ठीकै हो काका । हाम्रा बाले पनि ज्यान गुमाउनुभो मुलुक परिवर्तन हुन्छ भनेर तर अहिले मुलुक चलाउनेहरु नै परिवर्तन भइदिए । एउटा राजा त काकाहरुले फाल्न सफल हुनुभो । त्यसको सट्टा सयौं राजा जन्मिए । देश खोक्रो भो ! त्यही त बाबु । गाउँमा बस्ने कोही छैन । गाउँ रित्तो छ । भएको खेतबारी पनि बाँझै छ गर्न सकिएन । अलिकति उपचार गर्न भने वीर अस्पताल आको । पहिलेजस्तो सजिलो रैनछ । गणऽतन्त्रले राम्रै परिवर्तन गरिदिएछ ! मेरो पालो दुई महिनापछि अरे ! त्यही भएर यसो यहाँ आएर (सालिक देखाउँदै) आफूलाई धिक्कार्दै छु ।  के सोचे मैले, भयो अहिले भनेर ! 

त्रिशुल भन्छ, ‘अब के धिक्कार्नुहुन्छ । अब धिक्कारेर पनि के फाइदा । तपाईंहरु लड्नुभो अरूले लडाए । गरिबको बोलिदिने न ३६ सालमा गाउनेहरुले देखे न ६३ मा गाउनेले महसुस गरे । गणतन्त्र त केवल गण बोकेर हिँड्नेहरुका लागि मात्र महŒवपूर्ण मन्त्र बन्यो । चोरलाई साँचो दिए चोरी हुनबाट बच्थ्यो कि भन्ने पुरानो सोच गयो । चोरले नै सवै चलायो । राष्ट्रभक्ति नै जलायो । भए भरका बेच्यो । जल, जमिन सबै बेच्यो ! हुँदाहुँदा लक्का जवानहरुलाई पनि कसैले ‘म्यानपावर’का नाममा कसैले ‘कन्सल्टेन्सी’ का नाममा बेचिइनै रहे । यो भन्दा राम्रो गणऽ तन्त्र कहाँ आउला र काका ? 

हो नि बाबु, गणऽतन्त्र जनताका लागि कहाँ आयो र ? खै कसका लागि मात्र पो आयो ? सत्तामा गएपछि लिसो टाँसिएजस्तै टाँसिनेहरुका लागि मात्र आयो ! तर गणऽतन्त्र कहाँ आयो कहाँ आयो ? काकालाई सम्झाउँदै भन्छ, ल काका पनि तपाईंसँग संघर्ष गर्नेहरुका लागि कहाँ आएको हो त यो गणऽतन्त्र । यो त फटाहा, जाली, भ्रष्ट तस्करी गर्ने, तरबारदेखि दरबार बेच्नेसम्मलाई आको हो नि !

कठैबरा मेरो देश ! म जस्ता जनताका लागि लड्नेहरु सालिक हुनुपर्ने, अनि जनताका नाममा लुटेर खानेहरु मालिक बन्नुपर्ने कस्तो गणऽतन्त्र ल्याएछौं । हामीलाई धिक्कार्छ । म जस्ता मूर्खहरुलाई पनि धिक्कार्छ । हेर बाबु त्रिशुल जसले जेसुकै भनोस् । हिजो के थियो बुझिएन बुझाएनन् । देशलाई साँच्चै नै बनाउनुपर्छ भन्ने त यिनै एउटा महेन्द्रमात्र देखिए । गणऽतन्त्र भातमाराहरुले त देशमात्र लुटे । कहिले अदालतको हवाला दिएर लुटे, कहिले ऐन कानुनको नाममा लुटे । अहिले संघीयताका नाममा हात्ती पालेर लुटिरहेका छन् । 

त्यत्तिमात्र कहाँ हो र काका ऊ त्यो नारायणहिटी दरबार पनि चारैतिरबाट बाँडफाँड गरेर लुटिरहेका छन् । ठेक्कामा लगाएर खाइरहेका छन् । भैगो, छाडिदिनुस् । म उता गणऽतन्त्रको बिदालाई सदुपयोग गर्न उ त्यही दरबार हेर्न जाँदै छु तपाईं पनि हिँड्नुस् अनि देख्नुहुने छ गणऽतन्त्रको लुट । क–कसलाई हुँदो रैछ छुट ! विस्तारै हिँड्नुस् । ल यो बैशाखी समाउनु अनि मेरा दाहिना हात समाउनु । तपाईंले ल्याएको गणऽतन्त्र कहाँ आयो ? कसलाई आयो ? कसले थाहा पायो ? कि बालुवाटारमा आयो ! कि बालकोटमा आयो ? कि बूढानीलकण्ठमै आयो ! तपाईंहरुलाई त हात्ती आयो हात्ती आयो फुस्सा !
 


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP