Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
विचार
  • Home
  • विचार
  • गणतान्त्रिक संस्कार र आचरणको आवश्यकता
गणतान्त्रिक संस्कार र आचरणको आवश्यकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १३, २०८१

नेपाल यतिबेला सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएको छ । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले एक ऐतिहासिक प्रस्ताव पारित गरी राजतन्त्रको अन्त र गणतन्त्रको घोषणा गरिएको थियो । यसरी गणतन्त्र घोषणा गर्ने प्रस्ताव अन्तरिम संविधानबमोजिम संविधानसभामा पेस भएको थियो । कुल उपस्थित सदस्यमध्ये पक्षमा ५६० मत, विपक्षमा जम्मा चार मत र १२ अनुपस्थित भई भारी मतले पारित भएको गणतन्त्र आज १६ वर्षे बालिग भएको छ । 

अढाइ सय वर्ष पुरानो परम्परागत राजतन्त्रको विधिवत् अन्त भएको यो दिन नेपालको इतिहासमा ऐतिहासिक दिनका रुपमा रहेको छ । चिरकालपर्यन्त यो दिन ऐतिहासिक नै रहनेछ । त्यसो त नेपाल आरम्भमा गणराज्यहरुको मुलुक भनेर चिनिन्थ्यो । आजको नेपालमा थुप्रै गणराज्यहरु सञ्चालित थिए भन्ने कुरा अध्येताहरुको अध्ययनले पुष्टि पनि गरेको छ । मूलतः सामन्ती उत्पादन सम्बन्धका कारणले नेपाली समाज गणराज्यहरुबाट राजाहरुको उदय हुँदै राजतन्त्रात्मक मुलुकमा परिणत हुनु र राजतन्त्र पनि निरङ्कुश राजतन्त्रमा परिणत भई शासनभार आफनो हातमा लिदै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने सम्मको यात्रा अन्ततः एक प्रकारको राजतन्त्र अन्तको कारण बन्न पुग्यो । 

नेपालमा राजतन्त्र र गणतन्त्रको लडाई औपचारिक राजनीतिको थालनीभन्दा अघिदेखि नै भएको हो । खासगरी २००७ सालमा राणा शासनका विरुद्ध हतियारवद्ध युद्धको थालनीबाटै राणा शासन अन्तको दिशा समातेकै थियो । विश्वव्यापी परिवर्तनको लहरले नेपाललाई छाड्ने कुरा भएन । खासगरी दक्षिण भारत ब्रिटिश शासनबाट मुक्त हुनु उत्तरी छिमेकी चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भई जनवादी गणतन्त्र चीनको स्थापना हुनु नेपालमा गणतन्त्र स्थापनाको आधार थिए । तत्कालीन राजा त्रिभुवनको भारतीय दूतावासमा शरण अनि दिल्ली प्रस्थान भई दिल्ली सम्झौताका माध्यमबाट नेपालमा प्रजातन्त्रको बहाली भयो भनियो । राजा त्रिभुवनको नेपाल फिर्ता भई गरिएको सम्बोधनमा अबको नेपालको शासन प्रणाली जनताद्वारा चुनिएको वैधानिक सभाले निर्धारण गरेबमोजिम गणतन्त्रात्मक हुनेछ भन्नेबाटै आरम्भ भएको थियो । 

राजाबाट घोषणा भएको गणतन्त्र र संविधानसभा दुबै तत्कालीन राजनैतिक नेतृत्वको अक्षमताका कारणले गुम्न पुग्यो । राजतन्त्र बलियो मात्रै हैन, पटकपटक ‘कु’ गर्ने अवस्थामा पुग्यो । संविधानसभा संसदको चुनावमा गएर टङ्गियो । संविधानसभा कि संसदको चुनाव भन्ने विवादमा अदालत तानियो । अदालतका माध्यमबाट संविधानसभाको चुनाव तुहाउने र संसदको चुनावमा थन्क्याउने काम हुन पुगेको थियो । 

Hardik health

त्यही २००७ सालमा चुकेको गणतन्त्र र संविधानसभा २०६५ मा प्राप्त भएको हो । यति लामो यात्रा पार गर्न पर्दाका पीडा र चुनौती आफ्नै ठाउँमा छन् । अन्तमा जनयुद्धको बलमा नेपालमा गणतन्त्र र संविधानसभा सम्भव भएका हुन् भन्ने कुरामा विवाद गर्ने ठाउँ छैन । २००७ सालमा घोषणा गर्न चुकेको गणतन्त्र संवैधानिक राजतन्त्रमा बदलिएको थियो । त्यही संसदीय राजतन्त्र पनि २०१७ सालमा राजा महेन्द्रको फौजी काण्डले अन्त भयो । त्यसका विरुद्धको प्रतिवाद अपेक्षाकृत हुन सकेन । यस्तै अवसर २०२८ सालको झापा विद्रोहले पनि प्राप्त गरेको थियो । तर चर्को दमनका सामने केही हात लागेन । २०३६ सालको जनमत सङ्ग्रह अर्को अवसर थियो । गणतन्त्रका लागि प्रतिवद्ध कम्युनिष्टहरु वहिष्कारको पक्षमा र काँग्रेस राजासँग घाटी जोडिएको छ भन्ने अवस्थामा पटाक्षेप भए । २०४२ सालको सत्याग्रहले पनि आकार लिन सकेन । २०४६ सालको जनआन्दोलन फेरि पनि राजाँंगै सम्झौता गरेर टङगियो । गणतन्त्रको काफी सम्भावना यस पटिक पनि ट¥यो । अन्ततः जनयुद्धको थालनीले गणतन्त्रलाई सम्भव तुल्यायो । 

जनयुद्ध शान्ति प्रक्रियामा परिणत भयो । आन्दोलन फेरि पनि गणतन्त्र घोषणा नगरी टङ्गियो । फेरि पनि गणतन्त्र घोषणाको अवसर गुम्ने हो कि भन्ने भयका बीचमा अन्तरिम संविधानको निर्माण भयो । यसले राजतन्त्रको अन्त र गणतन्त्रको घोषणाको मार्गचित्र तय गरिदियो । यसरी मात्रै गणतन्त्र घोषणा सम्भव भएको हो । 

बिर्सनै नहुने कुरा के छ भने अन्तरिम संविधानमा राजतन्त्रका बारेमा संविधानसभाको पहिलो बैठकले निर्धारण गर्नेछ भन्ने त लखियो तर संविधानसभाको निर्वाचन नै नगरिदिने हो भने राजतन्त्र बाँचिरहने भ्रमका कारण संविधानमा मिति तोकेर पनि चुनाव गरिएन । दुईपटक संविधान संशोधन गरेर चुनावको मिति सार्नुप¥यो । तेस्रो पटकको अवसरमा मात्रै संविधानसभाको चुनाव सम्पन्न भयो । संविधानसभाको चुनाव भएर पनि पहिलो बैठकले घोषणा गर्ने गणतन्त्रका लागि बैठक बस्न आवश्यक थियो । तर बैठक आह्वान नै भएन । पहिलो बैठक नबसी गणतन्त्र घोषणा संविधान वमोजिम सम्भव थिएन । बढो प्रसव पिडाका साथ अन्तरिम संविधान संशोधन गरेर सहमतीय मोडेल भत्काएर बहुमतीय मोडेलमा गएपछि मात्रै बैठक बोलाउने शर्तका कारण त्यसो गर्न बाध्य भयो । बहुमतीय मोडेलको अवलम्बनपछि पहिलो बैठक बोलाएर मात्रै त्यो पनि दिन भर रातभरको माथापच्चिसीपश्चात् उज्यालो हुने बेलामा मात्रै गणतन्त्र घोषणा गर्न सम्भव भएको हो । 

यसरी आरम्भको गणराज्य २००७ देखि २०६५ सालसम्मका विभिन्न आरोह अवरोहका बीचबाट गुज्रदै गणतन्त्र नेपालमा परिणत भएको हो । यस प्रकृयामा आरम्भका कैयौं अवसरहरुमा राजनैतिक नेतृत्वले आँट गर्न नसक्दा राजासँग सम्झौता गर्न पुगेको र गणतन्त्र घोषणाको अवसर गुमाएको थियो । जनयुद्धको रापतापमा पैदा भएको नेतृत्वले सुझबुझ पु¥याएका कारण गणतन्त्र घोषणा भएको कुरा स्पष्ट छ । 

यसरी प्राप्त गरेको गणतन्त्र आज सित्तैमा प्राप्त भएको जस्तो गरिदैछ । यो गणतन्त्रको आन्दोलनमा कुर्वानी गर्नेहरुप्रति लज्जाको विषय त हुँदै हो त्यसप्रतिको उचित प्रतिवादको अभाव अर्को आक्रोसको विषय बन्न पर्दछ । आजको दिनमा गणतन्त्र प्राप्तिको अभियानमा लामवद्ध भई शहादत प्राप्त गर्ने शहिदहरुको बलिदानलाई स्मरण गर्ने हो भने मात्रै पनि गणतन्त्रप्रतिका कटुआलोचनाका बाणीहरु स्वीकार्य हुनै सक्दैनन् । 

गणतन्त्र केबल राजनैतिक उपलब्धि मात्रै हैन, जनताले रैतीबाट प्रजा र प्रजाबाट नागरिक र नागरिकबाट सार्वभौमसत्ता सम्पन्न नागरिक हुने अवसर पनि हो भन्ने कुरा बिर्सन हँुदैन । राजतन्त्रकालमा राजा र राजपरिवारलाई संविधान र कानुनभन्दा माथि राख्ने तैपनि प्रजातन्त्र दिवसमा नारा लगाउने कलाविहीन नाटक मञ्चन हुन्थे । त्यो दिनको अन्त गरिदिएको गणतन्त्रको घोषणाले मात्रै हो । त्यो आजकै दिनमा भएको हो । त्यसका लागि कैयन शहिद बेपत्ता घाइते र यातना पिडितहरुको योगदान छ भन्ने कुरा स्मरण गर्न जरुरी छ । 

आजको दिनमा गणतन्त्रप्रतिको निष्ठा व्यक्त गर्ने कुराको त्यतिकै महत्व छ । यसका अलावा पनि गणतन्त्रको संरक्षण सम्बद्र्धन र विकास अर्को कार्यभार हो । त्यो कार्यभार पुरा गर्न गणतन्त्र विरुद्धका हर्कतहरुका प्रति सम्झौताहिन सङ्घर्ष र तिनका विरुद्धको प्रतिवाद आजको आवश्यकता हो । यसैगरी गणतान्त्रिक संस्कार र आचरण अर्को अपरिहार्य आवश्यकता हो । आज गणतन्त्रलाई बदनाम गर्न राजतन्त्रको बखान गर्नेहरुको कमि त छैन नै त्यसमा पनि गणतन्त्र प्राप्तिका लागि नेतृत्व गर्ने नेताहरुका प्रतिको आक्रमण पनि सैह्य छैन । यसका लागि गणतन्त्रको आन्दोलनमा समाहित हरेक नेतादेखि कार्यकर्तासम्मले गणतान्त्रिक आचरण व्यवहार र संस्कारको अवलम्बन पूर्व शर्त हुन्छ ।

तसर्थ, आजको दिनमा गणतन्त्रप्रतिको निष्ठाका लागि आचरण व्यवहार र संस्कारप्रति पुनःएकपटक प्रतिबद्धता व्यक्त गरौँ । एउटा राजा फालेर थुप्रै राजा बनाउने गणतन्त्रको धेय हैन भन्ने जनस्तरबाट उठेको आवाजलाई पनि आत्मसात् गरी राजावादी चित्कारहरुको प्रतिवाद गर्दै गणतान्त्रिक संस्कारको प्रवद्र्धन गरौँ । यही नै सच्चा गणतन्त्र दिवसको उत्सवको अर्थ हुनेछ ।

(लेखक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख हुन् ) 
---


प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप विचार
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत्
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत् आइतबार, कात्तिक ९, २०८२
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन सोमबार, कात्तिक ३, २०८२
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार 
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार  सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP